बालेन शाहको प्रधानमन्त्री पदको शपथका लागि रास्वपाको पहल, मुख्य सचिवलाई व्यवस्थापन आग्रह

सामाजिक फीड-जनकपुरधाम, चैत १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन शाहको प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रम व्यवस्थित गर्न मुख्य सचिवसँग समन्वयको अनुरोध गरेको छ। महासचिव कवीन्द्र बुर्लाकोटीले पत्राचार गर्दै शपथ समारोहको सम्पूर्ण व्यवस्थापन मिलाइदिन आग्रह गरेका हुन्। आज चैत १२ गते नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम हुँदैछ भने भोलि चैत १३ गते रास्वपाका […]
सभापतिबाट गगनले दिए राजीनामा, बालेन नेतृत्वको सरकारमा जानुपर्ने कांग्रेसको एउटा पक्षको जोड

सामाजिक फीड-जनकपुरधाम, चैत ५ गते । नेपाली कांग्रसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्।गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार नै राजीनामा बुझाएका कांग्रेसको पदाधिकारी तहका एक वरिष्ठ नेताले जानकारी दिए। तर, थापाले दिएको राजीनामा पत्र भने […]
जग्गा विवादले लियो आमाको ज्यान

सामाजिक फीड-जनकपुरधाम, चैत ४ गते । दोधारा-चाँदनी नगरपालिका-४, माननीय चोकमा एक दर्दनाक घटना घटेको छ। स्थानीय निवासी हरिप्रसाद श्रेष्ठले आफ्नी ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गए राति श्रेष्ठले धारिलो हतियार प्रयोग गरी आमामाथि आक्रमण गरेका थिए, जसका कारण घटनास्थलमै उनको मृत्यु भएको हो। […]
सर्वोच्च अदालतमा रवि लामिछानेको सहकारी ठगी र रिट मुद्दामा आज पनि सुनुवाइ

सामाजिक फीड-जनकपुरधाम, चैत ३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर गरिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। सोमबार न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा पेश गरिएको उक्त रिट ‘हेर्दाहेर्दै’मा राखिएको थियो। महान्यायाधिवक्ता सविता भण्डारीले […]
नेपाली कांग्रेसले समानुपातिक सांसदको लागि २० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाउने कांग्रेसको निर्णय

सामाजिक फीड-जनकपुरधाम, चैत १ गते । नेपाली कांग्रेसले समानुपातिक प्रतिनिधिसभाका लागि २० जनाको बन्दसूची निर्वाचन आयोगमा पेश गर्ने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, पार्टीले पाएको २० सिटमध्ये १५ सिट महिलाका लागि र ५ सिट पुरुषका लागि छुट्याइनेछ। क्लस्टर मिलाएर ६ जनालाई आदिवासीरजनजाती, ६ जनालाई खस आर्य, र बाँकी ५ जनालाई थारु, दलित, मधेशी, […]
रास्वपाको समानुपातिक सूची तयार, ४८ महिला र ९ पुरुष समावेश

सामाजिक फीड-जनकपुरधाम, चैत १ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ। आज बसेको पार्टीको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषसहित कुल ५७ जनाको सूची अन्तिम रूप दिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। उनका अनुसार खसआर्य क्लस्टरबाट १७, आदिवासी जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट […]
समानुपातिक सांसदको सूची आज आयोगमा बुझाउँदै रास्वपा, सरकार गठनमा अझै १० दिन लाग्ने

सामाजिक फीड-जनकपुरधाम, चैत १ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट समानुपातिक प्रणालीमार्फत सांसद बन्नेहरूको नामावली आज निर्वाचन आयोगमा बुझाउने भएको छ। साथै नयाँ सरकार गठन हुन भने करिब १० दिन लाग्न सक्ने पार्टीले जनाएको छ। पार्टीको केन्द्रीय कार्यालयमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपा प्रवक्ता मनिष झाले सो जानकारी दिएका हुन्। उनका अनुसार […]
मनकामनाबाट फर्किरहेको ईभी माइक्रो दुर्घटना हुँदा ७ जनाको मृत्यु, ७ जना घाइते

सामाजिक फीड-जनकपुरधाम, फागुन ३० गते । मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो । माइक्रोमा १४ जना सवार रहेकोमा सातजनाको मृत्यु भएको […]
सुर्खेतकी १६ वर्षीय इनिसा विक प्रकरण : सीआईबीले थाल्यो अनुसन्धान

सामाजिक फीड-जनकपुरधाम, फागुन २९ गते । १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको भनिएको घटनामा प्रहरीले वैज्ञानिक र प्राविधिक दृष्टिले अनुसन्धान अघि बढाएको छ। केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०, पोलिग्राफ विज्ञ टोली र अन्य प्राविधिक टोलीहरू अनुसन्धानका लागि खटिएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार, सीआईबी टोली सुर्खेत पुगेर अनुसन्धान सुरु गरिसकेको […]
प्रतिनिधिसभा चुनावपछि स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त

सामाजिक फीड-जनकपुरधाम, फागुन २९ गते । प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएसँगै स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा चुनाव लड्न राजीनामा दिएकाहरुको ठाउँ रिक्त भएको हो ।रिक्त भएका पदहरूमा उपनिर्वाचन हुन्छ या हुँदैन भन्ने निर्क्योल अहिले छैन । स्थानीय तह निर्वाचन ऐनको दफा ३ को उपदफा […]