नेपालमा २२ लाखभन्दा बढी ड्राइभिङ लाइसेन्स प्रिन्टको प्रतीक्षामा, नवीकरणको समस्या गम्भीर

सामाजिक फीड-९ गते जनकपुरधाम नेपालमा हाल २२ लाखभन्दा बढी स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट हुन बाँकी छ, जसले सेवाग्राहीहरूलाई गम्भीर असुविधा पुर्याएको छ। लाइसेन्स छपाइको काम रोकिएको प्रमुख कारण प्राविधिक समस्या, जनशक्ति अभाव, र उपकरणहरूको अपुगता हुन्। विभागसँग महिनामा एक लाख कार्ड छाप्ने क्षमता मात्र भएकाले यो काम सम्पन्न गर्न झन्डै ११ महिना लाग्ने अनुमान गरिएको […]
बिआरआई : अनुदान स्वीकार्य, तर ऋण अस्वीकार्य : बिमलेन्द्र निधि

सामाजिक फीड, जनकपुरधाम, ७ मंसिर २०८१, शुक्रवार शुक्रबार गृह जिल्ला धनुषा आएका प्रतिनिधीसभा सदस्य समेत रहेका निधीले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै, ‘बिआरआई अनुदानको रुपमा मान्ने ऋणको रुपमा हुदैन यो कांग्रेसको अडिग धारणा हो’ बताए । केहि दिन अगाडि मात्र चिनिया राजदुतले आमन्त्रणा गरि निधीलाई डिनर सहित पारिवारिक स्वागत गरेका थिए । नेता निधीले प्रधानमन्त्री […]
महासचिव पोखरेल: लोडसेडिङ अन्त्यको नेतृत्व केपी शर्मा ओलीले गरेका हुन्

सामाजिक फीड-७ गते-जनकपुरधाम नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोडसेडिङ अन्त्यको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित जागरण सभामा सम्बोधन गर्दै महासचिव पोखरेलले दैनिक १८ घण्टा लोडसेडिङ हुने अवस्थाबाट नेपाललाई मुक्त गर्न ओलीको नेतृत्वमा योजना बनेको बताएका हुन्। ‘केपी ओली प्रधानमन्त्री भएपछि नेपालको जलस्रोतमा देखिएका समस्यालाई समाधान गरेर लोडसेडिङ […]
थमन बिक हत्या प्रकरणका एक अभियुक्त जेल चलान

सामाजिक फीड- मंसिर ७, जनकपुरधाम । सशस्त्र प्रहरीका सई थमन बिकको हत्या प्रकरणमा संलग्न एक फरार अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन्। महोत्तरीको जलेश्वर नगरपालिका-६ निवासी ५५ वर्षीय देवेन्द्र चौधरीलाई महोत्तरी जिल्ला अदालतको आदेशअनुसार जलेश्वर कारागार पठाइएको छ। कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा अदालतले बिहीबार उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। […]
उपचारको नाममा भारतीयद्दारा ठगी धन्दा जारी

सामाजिक फीड, जनकपुरधाम, २ मंसिर २०८१, आइतवार भारतीय महिला पुरुषहरुको गिरोहले उपचारको नाउँमा ठगी धन्दा चलाइरहेको प्रकाशमा आएको छ। रौतहट संग जोडिएको भारतीय सहर बैरगनियाका महिला पुरुषको गिरोह केही नेपालीलाई दलालको रूपमा परिचालन गरी जिल्लाको कैयौँ ठाउँमा उपचारको नाममा सर्वसाधारणको लाखौँ रुपैयाँ ठगी गरिरहेको प्रकाशमा आएको हो। बैरगनियाकी प्रियंका कुमारी नाम गरेकी एकजना महिलाले अगुवाई […]
एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट यू-१९ महिला टिमलाई १० लाख दिने

सामाजिक फीड, जनकपुरधाम, ३० कार्तिक २०८१, शुक्रवार, विश्वकपमा छनौट भएको नेपाली यू-१९ महिला क्रिकेट टिमलाई नेपाल प्रिमियर लिग (एनपीएल) का आठ फ्रेन्चाइजीले १० लाख नगद पुरस्कार दिने भएका छन् । आठ फ्रेन्चाइजीले शुक्रबार नेपाली यू-१९ महिला टिमलाई १० लाख पुरस्कार दिने घोषणा गरेका हुन् । नेपाली महिला यू-१९ टिमले युएईलाई पराजित गर्दै पहिलो पटक विश्वकपमा […]
नदीजन्य पदार्थ निकासीमा राज्यको ध्यान जाओस् – बर्दिवास नगरप्रमुख क्षेत्री

सामाजिक फीड, जनकपुरधाम, ३० कार्तिक २०८१, शुक्रवार, नेपाल क्रसर तथा खानी उधोग ब्यवसायी संघका पुर्व मधेश प्रदेश अध्यक्ष तथा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भनेजती नदीजन्य पदार्थ निकाल्न नसकेको गुनासो गरेका छन । खोला र नदीमा नदीजन्य पदार्थ थुप्रीएको र मानविय जोखिम निम्त्याईरहेको वताउदै नगरप्रमुख क्षेत्रीले क्रसर व्यवसायीहरुलाई राज्यले समेत उपेक्षा गरेको वताए । […]
रवि लामिछानेलाई आज पोखरा लगिदै

सामाजिक फीड, जनकपुरधाम, ३० कार्तिक २०८१, शुक्रवार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देहीबाट पोखरा लगिँदै छ । बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा मंगलबारदेखि जारी बयान बिहिबार राति सकिएपछि लामिछानेलाई आज पोखरा लैजान लागिएको हो । बयानका क्रममा प्रहरीले लामिछानेलाई मंगलबार, बुधबार […]
नेपालले बंगलादेशलाई आजदेखि विद्युत बिक्री गर्दै

सामाजिक फीड, जनकपुरधाम, ३० कार्तिक २०८१, शुक्रवार, नेपालले बंगलादेशमा बिजुली निर्यात गर्ने बाटो खुलेको छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो । भारतबाट स्वीकृति आएसँगै आज बंगलादेशलाई बिजुली बिक्री गर्ने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिएका छन् । नेपालले हरेक वर्षको जुन […]
काठमाडौँ महानगरको फोहोर व्यवस्थापनमा राजनीति गर्नेलाई मेयर बालेनको चेतावनी

सामाजिक फीड, जनकपुरधाम, ३० कार्तिक २०८१, शुक्रवार काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोरमा राजनीति गर्ने समय सकिएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले अदालतको आदेशपछि फोहोरमा भइरहेको एक खालको अवरोध पाखा लागेको बताएका हुन् । बालेनले काठमाडौँ महानगरको फोहोर व्यवस्थापनमा लगातार प्रयास गरेको भएपनि सधै अवरोध भइरहेको भन्दै महानगरले भारतको इन्दोरमा रहेको […]