Samajik Feed – News Portal from Nepal

सर्लाही दुर्घटनामा घाइते नापी कार्यालयका सहयोगीको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, माघ २३ गते । सर्लाही दुर्घटनामा घाइते भएका नापी कार्यालयका सहयोगी विनोद घिमिरेको मृत्यु भएको छ । सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ५ का बासिन्दा घिमिरेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राति ८ बजे नापी कार्यालयका कर्मचारीहरू चढेको बिआर ०६ पिडी ९६४८ नम्बरको भारतीय नम्बर प्लेटको गाडी सर्लाहीको मलंगवा […]

मधेश प्रदेशमा सडक दुर्घटनामा ६ महिनामै २५५ जनाको ज्यान गयो

सामाजिक फीडजनकपुरधाम , माघ २२ गते । छ महिनामै मधेश प्रदेशमा सडक दुर्घटनामा परी दुई सय ५५ ले ज्यान गुमाएका छन। चालु आर्थिक वर्ष २०८०र८१ को छ महिनामा साना तथा ठूला चार हजार चार सय ७७ सडक दुर्घटना भएको छ । जसमा पाँच हजार ६६ जना घाइते भएका बाराको पथलैयास्थित मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयले […]

जलेश्वर कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

रासस-जलेश्वर, माघ २१ गते । जिल्ला सदर मुकाम जलेश्वरस्थित कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् । जलेश्वर नगरपालिकाको वडा नं १ स्थित सो कारागारमा दुई सय कैदीबन्दी राख्ने क्षमता भएपनि छ सय दुई राखिएका छन् । जलेश्वर कारागार कार्यालय महोत्तरीका प्रवक्ता रवीनचन्द्र ठाकुरले कारागारभित्रका कैदीबन्दीमा विभिन्न समस्या उत्पन्न हुन थालेको बताए। विसं १९१३ […]

आज बिहानैदेखि जनकपुर बजार बन्द

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । प्रहरी प्रशासनको विरोधमा जनकपुरधामका व्यवसायीहरूले आज दिउँसो २ बजेसम्मका लागि बजार बन्द गराएका छन् ।जनकपुरधाम उद्योग बाणिज्य संघको आह्वनमा आज बिहानैदेखि बजार, उद्योग र व्यवसाय बन्द छ । बिल बिजकबिना सुनको अबैध कारोबार गरेको भन्दै गत बुधबार धनुषा प्रहरीले जनकपुरधामका सुनचाँदी व्यावसायीहरू बलराम साह, अरूण ठाकुर तथा सिरहा मिर्चैयाका […]

सिरहाबाट लागूऔषधसहित दुई छोरा र बुबा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ १९ गते । सिरहाबाट लागूऔषधसहित दुई छोरासहित बुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लहान नगरपालिका वडा नं. ७ का ५५ वर्षीय राजकुमार ठाकुर र उनका छोराद्वय वर्ष २९ का प्रमोद कुमार ठाकुर र वर्ष २५ का राकेश कुमार ठाकुर छन् । लागूऔषध कारोबार गरी राखेको गोप्य सुचनाको आधारमा लागूऔषध ब्युरो जनकपुर […]

सभामुख क्रिकेट कप : ६ विकेटले जित्दै धनुषा फाइनलमा

सामाजिक फीड-जनकपुरधाम , माघ १८ गते । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा धनुषा आफ्नो स्थान सुरक्षित गरेको छ । विहीबार बारालाई ६ विकेटले पराजित गर्दै धनुषा फाइनलको यात्रा तय गरेको हो । सिरहा बुधबार नै महोत्तरीलाई पराजित गर्दै फाइनलमा पुगेका थिए । अव उपाधिको लागि शनिबार धनुषा र सिरहाबीच प्रतिस्पर्धा हुने छन् […]

कसैले राजतन्त्र ल्याउने व्यर्थ कोशिष नगर्नु : माधव नेपाल

समाजिक फीडजनकपुरधाम, माघ १८ गते । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले अहिले प्रतिगामी शक्तिले संविधानलाई समाप्त पार्नका लागि कोशिस गरिरहेको बताएका छन्। उनले इतिहास भइसकेका, हराइसकेका, उपाधियता समाप्त भइसकेका केही शक्ति राजतन्त्रलाई फेरि ब्युताउन खोजीरहेको बताए। बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले केही शक्ति राजतन्त्रलाई फेरि […]

किसानलाई दुःख दिने पाँचसय बाँदरलाई यसरी समातेर बटेश्वर गाउँपालिकाले जंगल पुर्यायो

सामाजिक फीड-जनकपुरधाम, माघ १८ गते । केही वर्षयता बाँदर आतंकले पीडित धनुषाको बटेश्वर गाउँपालिका –१ चित्रपुरका बासिन्दालाई केही राहत भएको छ । वडा नं. १ कार्यालयले भारतको मथुराबाट अनुभवी तनजनाको टोलि बोलाएर बाँदर धपाउने अभियान थालेपछि स्थानीयलाई राहत भएको छ ।एक महिनाको अन्तरालमा करिब ५ सय बाँदर समातेर जंगलमा छाडिएको वडाध्यक्ष अशोक कुमार महतोले बताए […]

सर्लाहीमा एक युवती मृत फेला, हत्याको आशंका

सामाजिक फीड-जनकपुरधाम, माघ १८ गते । सर्लाहीको बलरामा एक युवतीको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी छिन् । मंगलबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको छ ।घटना पश्चात उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएका छन् । मृतक पूजा […]

जनकपुरबाट चारजना सुनचाँदी व्यवसायी पक्राउ

समाजिक फीड जनकपुरधाम, माघ १७ गते । राजश्व अनुसन्धान विभागले जनकपुरबाट चारजना सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलराम ज्वेलर्सका संचालक बलराम साहसहित चारजना छन् । राजश्व छलेको आशंकामा उनीहरुलाई पक्राउ गरेको राजश्व अनुसन्धान विभाग कार्यालय पथलैया बाराले जनाएको छ । विभागले सिरहाको मिर्चैयाबाट समेत एक सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ […]