Samajik Feed – News Portal from Nepal

आज मधेस प्रदेशसभा बैठक बस्दै

सामाजिक फीड- जनकपुरधाम, असोज ७ गते । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको मधेस प्रदेश सभाको बैठक कक्ष मर्मतपछि आज पुनः बैठक बस्न लागेको छ । बैठकका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको प्रदेश सभा सचिवालयले जनाएको छ। आन्दोलनका क्रममा आगजनीपछि ध्वस्त बनेको हललाई मर्मत गरिएको छ भने नयाँ कुर्सीसमेत व्यवस्थापन गरिएको छ।आज […]

जेन्जी आन्दोलन कति सफल भयो ?

सरोज कुमार महतो जनकपुरधाम, असोज ७ गते । लेखिरहँदा मनमा डर छ । धेरैले गाली त गर्ने हैन नि ? गरे पनि गरोस् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नागरीक जो छु । संविधान अनुसार ‘वाक’ स्वतन्त्रतको जो हक छ ।साथै, आन्दोलनको एक उदेश्य पनि हो । कहिले देखि आन्दोलन सुरु भयो ठक्याकै समय त भन्न […]

अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरू दिउँसो २ बजे शपथ लिने, संगीता मिश्राको ‘होल्ड’

सामाजिक फीड-जनकपुरधाम, असोज ६ गते । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। शपथ लिनेमध्ये राष्ट्रिय आविष्कार वैज्ञानिक महावीर पुन, टेलिभिजनकर्मी जगदीश खरेल, पूर्व न्यायाधीश अनिल सिन्हा र तत्कालीन राज्य पुनःसंरचना समितिका संयोजक मदन परियार रहेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पुनलाई विज्ञान तथा प्रविधि मन्त्री, सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति […]

प्रधानमन्त्री कार्कीले गरिन् मन्त्रीमा पाँचजनाको नाम सिफारिस, भोलि नियुक्ति र सपथ

सामाजिक फीड-जनकपुरधाम, असोज ५ गते । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् । उनले आफ्नो समूहमा साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष […]

चाक्सीबारीमा कांग्रेसका पूर्वपदाधिकारीहरूको बैठक, पार्टी एकतामा जोड

समाजिक फीड जनकपुरधाम, असोज ५ गते । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा कांग्रेसका पाँच जना पूर्वपदाधिकारीहरूको बैठक बसेको छ। बैठकमा सिंहका साथै विमलेन्द्र निधी, कृष्ण सिटौला, शशांक कोइराला र प्रकाशशरण महत सहभागी भएका थिए। सात जना पूर्वपदाधिकारीहरू सम्मिलित समूहको यो बैठकमा विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ भने अनुपस्थित रहे। समसामयिक राजनीतिक विषयमा छलफल […]

जेन–जी आन्दोलनमा ५० भारतीय कैदी फरार

समाजिक फीडजनकपुरधाम, असोज ३ गते । जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते मधेश प्रदेशका विभिन्न कारागारबाट ५० जना भारतीय कैदी भागेका छन्। उनीहरू हत्या, हातहतियार खरखजना, डकैती, लागुऔषध, खोटा मुद्रा, अपहरण, शारीरिक बन्धक तथा जबर्जस्ती करणी जस्ता गम्भीर आपराधिक मुद्दामा अदालतबाट कैद सजाय पाएका थिए। पर्सा, सर्लाही र सिरहा कारागार भने सुरक्षित रहे । ती […]

मुख्यमन्त्री सिंहको स्पष्ट घोषणा : संविधान र संघीयता जोगाउन राजीनामा दिन्न

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान र संघीयता जोगाउन आफूले राजीनामा नदिने स्पष्ट पारेका छन्। संविधान दिवसको अवसरमा मधेस सरकारले आयोजना गरेको कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले राष्ट्रपतिको भूमिकाबारे भइरहेको बहसजस्तै भविष्यमा आफ्नो कामको पनि मूल्यांकन हुने विश्वास व्यक्त गरे। मुख्यमन्त्री सिंहले प्रदेशसभामा गएर बहुमत सावित गर्ने बताउँदै, अहिलेको अवस्थामा सरकार परिवर्तनको आवश्यकता नरहेको […]

जनमत पार्टीमा पहिरो : वरिष्ठ उपाध्यक्ष सहित ६ जनाले छोडे पार्टी, सिके राउत के भन्छन ?

समाजिक फीडजनकपुरधाम, असोज २ गते । पछिल्लो समय देशको राजनीति उथलपुथल भएकै बेला जनमत पार्टीभित्र पहिरो गएको छ । उक्त पार्टीका केन्द्रीय तहका ६ जना नेताले सामुहिक रुपमा पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष सिके राउत र संगठन विभाग प्रमुख समेत रहेका उनका दाई जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन बुधवार अल्टिमेटम दिएका […]

मधेसको मुख्यमन्त्री पदबाट राजीनामा नदिँदा सिंहलाई अनुशासनको कारबाही गर्न सिफारिस गर्दै

सामाजिक फीड-जनकपुरधाम, असोज २ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा नदिएपछिलाई पार्टीले उनलाई कारबाही गर्न लागेको छ ।जनमत पार्टी मधेस प्रदेशको संसदीय दलले सिंहलाई अनुशासनको कारबाही गर्न पार्टीलाई सिफारिस गर्न लागेको हो ।जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले मुख्यमन्त्री सिंहसँग २४ घण्टे स्पष्टीकरण मागेकोमा त्यो समय पनि हिजो नै सकेको बताए […]

जेनजी आन्दोलनपछि सेनाको सुरक्षामा रहेका नेताहरू बाहिर निस्कन थाले

समाजिक फीड- जनकपुरधाम, भदौ ३१ गते । जेनजी आन्दोलन चर्किंदै जाँदा सुरक्षाका लागि सेना ब्यारेकमा स्थानान्तरण गरिएका अधिकांश नेताहरूलाई हाल फिर्ता गरिएको सैनिक स्रोतले जनाएको छ। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र केही नेताबाहेक अधिकांशलाई ब्यारेकबाट निकालिएको हो। यद्यपि केही नेताहरू अझै पनि सेनाको सुरक्षा निगरानीमा रहेका छन्, किनभने उनीहरूको वैकल्पिक बसोबास र सुरक्षाको व्यवस्था […]