काँग्रेसले माघ १६ गते जनकपुरमा चुनावी सभा गर्ने

सामाजिक फीड-जनकपुरधाम, माघ १० गते । नेपाली कांग्रेसले आगामी माघ १६ गते जनकपुरधामम प्रदेशस्तरीय चुनावी सभा गर्ने भएको छ । पहिलोपटक मधेशमा चुनावीसभा गरेर उसले चुनावी अभियान सुरु गर्ने भएको छ । सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरुले सम्बोधन गर्ने काँग्रेसका मधेशका प्रचार संयोजक नितेशकुमार गुप्ताले जानकारी दिए । सभाको लागि […]
गगन थापालाई कांग्रेस आज प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै

सामाजिक फीडजनकपुरधाम, फागुन ९ गते । नेपाली कांग्रेस आगामी फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा घोषणा गर्न लागेको छ । आज कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। दिउँसो १ बजे बस्नेगरी केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो।केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकका लागि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र […]
आज उम्मेदवारको नामावली सार्वजनिक हुँदै

सामाजिक फीड-जनकपुरधाम,माघ ८ गते । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको नामावाली आज प्रकाशन गर्दैछ । आयोगले पूर्व निर्वाचन कार्यतालिका अनुसार मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली प्रकाशन गर्न लागेको हो ।मंगलबार साँझसम्म मनोनय दर्ता भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी लिएको थियो । बुधबार साँझ नै दर्ता भएका उजुरीबारे जाँचबुझ गर्ने काम भइसकेकोले आज नामावली प्रकाशन गर्ने […]
महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवार बढी, ८८ जना स्वतन्त्र दलगत ५५

सामाजिक फीड-जनकपुरधाम,माघ ८ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी जिल्लामा दलगत उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारको संख्या बढी देखिएको छ। जिल्लामा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि चारवटै निर्वाचन क्षेत्रमा गरी ८८ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। जिल्लाका चार निर्वाचन क्षेत्रबाट दलगत उम्मेदवारी दिने संख्या भने ५५ जनामात्र रहेको छ। निर्वाचन क्षेत्र नम्बर १ मा १२ […]
प्रतिनिधिसभा निर्वाचनस् ५८३ जना युवा बने उम्मेदवार
सामाजिक फीड-जनकपुरधाम,माघ ७ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्ष तर्फ ५८३ जना युवाले उम्मेदवारी दिएका छन् ।प्रत्यक्षबाट निर्वाचित हुने १६५ सदस्यका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईले जनाएका हुन् । कुल उम्मेदवारमध्ये महिलाको संख्या ३९५ र पुरुषको संख्या ३ हजार ८८ रहेको छ । उमेर […]
सीके राउत नहटेपछि उपेन्द्रको क्षेत्र परिवर्तन, सप्तरी-२ छाडेर ३ मा पुगे

सामाजिक फीड-जनकपुरधाम,माघ ६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तिम समयमा आएर आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्। लामो समयदेखि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारीमा रहेका यादव जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उक्त क्षेत्र नछाड्ने अडान लिएपछि पछि हटेका हुन्। राउतको अडानपछि यादव अब सप्तरी निर्वाचन क्षेत्र नम्बर […]
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवारी दर्ता गराउँदै

सामाजिक फीड-जनकपुरधाम,माघ ६ गते । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवारी दर्ता गराउने भएका छन् । कांग्रेस नेता सुवास कुमार पोखरेलले सभापति थापा सर्लाही ४ बाट लड्ने निश्चित भएको जानकारी बताए । थापा यसअघि तीन निर्वाचनमा काठमाडौँ – ४ बाट उम्मेदवार बनी निर्वाचित भएका थिए । फागुन २१ मा हुने निर्वाचनका लागि […]
खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

सामाजिक फीड-जनकपुरधाम,माघ ५ गते । अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसार क्रममा मन्त्री गुप्ता जनकपुरधाममा छन् । गुप्ता रास्वपाको तर्फबाट चुनाव लड्ने तयारीमा छन् । जनकपुरधाममा रहेका मन्त्री गुप्ताले आफूले राजीनामा दिइसकेको बताए । गुप्ता काठमाडौँ महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएका रास्वपाका वरिष्ठ […]
मधेशका चार प्रदेश सांसद राजिनामा दिएर एमाले उम्मेदवार बन्दै

सामाजिक फीड-जनकपुरधाम,माघ ४ गते । नेकपा एमालेबाट मधेश प्रदेश सभाका चार जना प्रदेश सांसद प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । यीमध्ये दुई जना मधेश प्रदेशका पूर्वमुख्यमन्त्री तथा एक जना पूर्वसभामुख रहेका छन् । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका प्रदेश सांसदसमेत रहेका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहलाई नेकपा एमालेले प्रतिनिधि सभा उम्मेदवार बनाउने निर्णय […]
विशेष महाधिवेशन विवादले कांग्रेस फुट्यो

सामाजिक फीड-जनकपुरधाम, पुस ३०गते । नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको मागलाई सम्बोधन गर्न संस्थापन पक्ष तयार नभएपछि नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि कारबाही गर्ने निर्णय गरेको छ। यसैबीच, विशेष महाधिवेशन पक्षले सभापतिमा गगन थापालाई चयन […]