लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत्र २२ गते विश्वासको मत लिने

सामाजिक फीड, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् । नेकपा माओवादीले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएपछि विश्वासको मत लिने अन्तिम दिन चैत्र २२ गते मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने भएका हुन् । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले चैत्र २२ गते बिहीबार संसद् […]
रेशम चाैधरीले ज्यान मार्ने धम्की दिएको नाउपाका एक नेताको आरोप

सामाजिक फीड, काठमाडौँ, १९ चैत्र । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक केन्द्रीय समस्य रमेश विश्वकर्माले आफूहरूमाथि ज्यान मार्ने धम्की आएको दाबी गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशमलाल चौधरीले धम्की दिएको दाबी गरेका हुन् । उनले भने- ‘यदि सुदूरपश्चिममा कमलबहादुर […]
मधेशका जेल र बाल सुधार गृहहरूको अवस्था नाजुक : सांसद सापकोटा

सामाजिक फीडजनकपुरधाम, चैत्र १९ गते । जनमत पार्टीकी सांसद गोमालाभ सापकोटाले मधेश प्रदेशका कारागार र बाल सुधार गृहहरूको अवस्था सुधारका लागि सरकारलाई आग्रह गरेकी छन् । प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट मधेश प्रदेशका कारागार र बाल सुधार गृहको अनुगमनमा जाँदा त्यहाँको दयनीय अवस्था देखेको बताइन् । ‘महोतरी जिल्लाको कारागारमा १४० कैदीबन्दीको क्षमता […]
बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज विश्वासको मत लिने

सामाजिक फीड, हेटौँडा, १९ चैत । बागमती प्रदेशसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने छ । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्मरकट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन् […]
केहि समयपछि कांग्रेस सरकारमा जाने गगन थापाको दाबी

सामाजिक फीडकाठमाडौंँ, चैत्र १६ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही समयपछि फेरी कांग्रेस सरकारमा जाने दाबी गरेका छन् । कांग्रेसले सञ्चालन गरेको समुदायमा कांग्रेस अभियान अन्तर्गत कपिलवस्तुको लबानमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले कांग्रेस सरकारमा नभएको र सरकारले केहि समयमा कांग्रेसलाई पच्छाइहाल्ने बताए । उनले आफू निरन्तर पार्टीमा निर्वाचन अघि गठबन्धन गर्न हुन […]
वन तथा वातावरण राज्यमन्त्रीमा जसपाका दीपक कार्की नियुक्त

सामाजिक फीडजनकपुरधाम, चैत्र १२ गते। जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका सांसद दीपक कार्कीलाई प्रधान मन्त्री पुष्पकमल दहाल प्रचन्डले राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री बनाइएको हो। नयाँ गठबन्धन बने […]
मुख्यमन्त्री सरोज यादवलाई चौथो पटक विश्वासको मत लिनु पर्ने

सामाजिक फीडजनकपुरधाम, चैत्र ११ गते । मधेस सरकारको मुख्यमन्त्री भएयता सरोजकुमार यादवलाई चौथो पटक विश्वासको मत लिनु पर्ने भएको छ । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई अब चौथो पटक विश्वासको मत लिनु पर्ने भएको छ । गत सोमबार कांग्रेसका मन्त्रीलाई सरकारबाट हटाएपछि शुक्रबार कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो […]
मधेशमा एमालेबाट थप तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

सामाजिक फीड-जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारमा नेकपा एमालेबाट थप एक राज्यमन्त्रीसहित चार मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले एमालेबाट थप गरेर मन्त्रीमण्डल विस्तार गरेका हुन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा सपथ […]
मधेश सरकारबाट काँग्रेसले लियो समर्थन फिर्ता

सामाजिक फीड-जनकपुरधाम, चैत ९ गते । नेपाली काँग्रेसले मधेश सरकारबाट समर्थन फिर्ता लिएको छ । काँग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन् । गत सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले काँग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेका थिए । सोही दिन उनले नेकपा एमाले संसदीय दलका […]
राजेन्द्र महतो पार्टी छोडेकोमा लोसपालाई केही अहित हुँदैन् : महन्थ ठाकुर

सामाजिक फीडजनकपुरधाम, चैत्र ८ गते । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले राजेन्द्र महतो पार्टी छोडेर गएपछि पार्टीलाई कुनै अहित नहुने बताएका छन् । महतो पार्टी छाडेर गएकाले पार्टीले उनलाई निष्कासन गरेको समेत बताए । महोत्तरीको बर्दिबासमा भएको लोसपाको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दे अध्यक्ष ठाकुरले पार्टी भित्र […]