मधेशका मुख्यमन्त्री सोनल कार्तिक २२ गते विश्वासको मत लिने

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १३ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आगामी कार्तिक २२ गते विश्वासको मत लिने भएका छन् । बुधबार साँझ मुख्यमन्त्री निवासमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले कार्तिक २२ गते विश्वासको मत लिने निर्णय गरेको हो । विश्वासको मत लिइसकेपछि मुख्यमन्त्री सोनलले मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेका छन् ।बैठकमा सरकारलाई […]
माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने मन्त्रीपरिषद् बैठकको निर्णय

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । आगामी माघ ११ गते सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको मन्त्रीपरिषद्को बैठकले माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए । २०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ । १९ […]
नेपालमा सामाजिक सञ्जालबन्द हुँदैन : मन्त्री खरेल

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन्। बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यमसँग आबद्ध विभिन्न संघ-संस्थासँगको छलफलका क्रममा मन्त्री खरेलले भने, सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले यसलाई बन्द गर्नुको आवश्यकता नभएको छ। उनले सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारलाई […]
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमा आजदेखी सुनुवाइ हुँदै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुने बताए । उनका अनुसार अहिलेसम्म १६ वटा मुद्दा दायर भएका […]
प्रधानमन्त्री कार्कीले सिफारिस गरेकी ४ मध्ये २ मन्त्री आज मात्र शपथ लिने

सामाजिक फीड– जनकपुरधाम, कार्तिक ९ गते । प्रधानमन्त्री सुशीला कार्कीले ४ जना मन्त्रीको नाम सिफारिस गरे पनि आज २ जनाको मात्रै शपथ हुने भएको छ। राष्ट्रपति भवन शीतल निवासमा साढे २ बजेपछि मन्त्रीहरूको शपथ कार्यक्रम हुने स्रोतले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता सिफारिस […]
मन्त्री बन्न लागेका खगेन्द्र सुनार विवादमा मुछिएपछि छलफल जारी

सामाजिक फीड– जनकपुरधाम, कार्तिक ९ गते । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाममा विवाद भएपछि अहिले छलफल चलिरहेको छ । उनलाई मन्त्रीको शपथ खुवाउने कि नखुवाउने भन्नेबारे अहिले छलफल भइरहेको उच्च स्रोतले जनाएको हो । प्रधानमन्त्री कार्कीले सुनारसहित अन्य तीन जनालाई मन्त्रीमा सिफारिस गरेकी थिइन् । […]
सुशीला कार्की आज मन्त्रीपरिषद् विस्तार गर्दै, गुप्ता खेलकुद मन्त्री बन्दै

सामाजिक फीड– जनकपुरधाम, कार्तिक ९ गते । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्न लागेकी हुन । थपिन लागेका चार मन्त्रीले आइतबार दिउँसो साढे २ बजे शपथ लिन लागेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले अढाई बजेका लागि शपथको समय निर्धारण गरिएको जानकारी दिए । प्रधानमन्त्री कार्कीले खगेन्द्र सुनार, गणपतिलाल […]
मधेस सरकार विस्तार एवं विश्वासको मत लिने सम्बन्धमा सत्तरुढ दलहरुको बैठक बस्दै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ७ गते । मधेस सरकार विस्तार एवं विश्वासको मत लिने सम्बन्धमा सत्तरुढ दलहरुको बैठक बस्दै जनकपुरधाम । मधेश प्रदेश सरकार विस्तार तथा विश्वासको मतबारे आज सत्तापक्ष दलहरूको बैठक बस्दैछ । रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार बिहान ११ बजेदेखि सत्ताघटक जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठक बस्न लागेको हो […]
जनकपुर आएर प्रचण्डले भने ‘समयमै निर्वाचन हुनुपर्छ’

सामाजिक फीड-जनकपुरधाम, कात्तिक ५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन तोकिएको समयमा हुनुपर्ने बताएका छन् । बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले सरकारलाई निर्वाचनको वातावरण बनाउन आग्रह गरे । ‘निर्वाचन तोकिएको समयमा हुनुपर्छ। सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्छ’ उनले भने ‘हिजो मात्रै दलहरूसँग भएको वार्ताबाट सरकार […]
धनुषा कांग्रेस सभापति पंजियारसहित ७ जना विरुद्ध पक्राउ पूर्जी जारी

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २ गते । धनुषाको नेपाली कांग्रेस सभापति योगेन्द्र पंजियार विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । धनुषा जिल्ला अदालतले असोज ३१ गते जिल्ला सभापति ६२ वर्षीय पंजियार र उनका छोरासहित ७ जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । क्षिरेश्वरनाथ नगरपालिका ५ बस्ने सुशिल कुमार चौधरीले दिएको ज्यानमार्ने उद्योग मुद्दामा जाहेरी दिएकोमा […]