Samajik Feed – News Portal from Nepal

जनकपुरमा केपी ओलीका लागि तयार गरिएको १५० किलोको माला विष्णु पौडेलको गलामा

सामाजिक फीडजनकपुरधाम , फागुन २० गते । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई जनकपुरधाममा १ सय ५१ किलोको मालाले स्वागत गरिएको छ। धनुषाको महेन्द्रनगरमा भएको राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनमा सहभागी हुन आएका पौडेललाई जनकपुर विमानस्थलमा पार्टीका कार्यकर्ताले १ सय ५१ किलोको माला लगाएर स्वागत गरेका हुन्। अध्यक्ष केपी शर्मा ओली समापन समारोहमा आउने कार्यक्रम […]

राष्ट्रिय सभाका यी २० जना सांसदको पदावधि आज सकियो, आज साँझ विदाइ गरिने

समाजिक फीड जनकपुरधाम, फागुन २० गते । राष्ट्रिय सभाका २० जना सांसदको पदावधि आज सकिएको छ । सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदहरुको आज विदाइ र नवनिर्वाचित सदस्यहरुको स्वागत हुँदै छ । २०७४ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएर ६ वर्ष कार्यकाल पूरा गरेर विदा हुनेहरुमा सबैभन्दा धेरै नेकपा एमालेका ९ जना सदस्य छन् । […]

टिकटक बन्द नगर्ने इन्टरनेट कम्पनीलाई कारबाही गर्न जसपाका सांसद प्रदिप यादवको माग

समाजिक फीडजनकपुरधाम ,फागुन १८ गते जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदिप यादवले टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकहरूलाई कारबाहीको माग गरेका छन् । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उनले सरकारले बन्द गर्ने निर्णय गरे पनि केही इन्टरनेट सेवा प्रदायकले बन्द अझै खुला छाडेको बताएका हुन्। ‘केही समयअघि सरकारले टिकटकमा प्रतिबन्ध लगायो। […]

मधेश सरकारको गठबन्धनभित्र भाँडभैलो, यादवलाई मुख्यमन्त्रीबाट हटाउने प्रयास यसरी भयो असफल

समाजिक फीड जनकपुरधाम, फागुन १७ गते । मधेश प्रदेश सरकारमा सहभागी गठबन्धन दलहरुबीच तिब्र असन्तुष्टि चुलिएको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेश प्रदेश सरकारमा अहिले पाँचवटा दल सहभागी छन् भने बाँकी साना दलहरुको समर्थन छ । तर मन्त्रालयको भागबण्डा, समन्वय र सहकार्यको विषयमा दलहरुबीच कुरा नमिल्दा गठबन्धनभित्र किचलो भएको हो । जसपा नेतृत्वको प्रदेश […]

लोसपाले केन्द्रीय समिति बैठक डाक्यो

सामाजिक फीड, काठमाडौँ, १६ फागुन । वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेसँगै लोकतान्त्रिक समाजवादी पार्टीले केन्द्रीय समिति बैठक डाकेको छ । महोत्तरीको बर्दिबासमा फागुन २७ गतेदेखि २९ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने लोसपाले जनाएको हो । पार्टीलाई सुदृढीकरण गर्दै संगठन विस्तारको कामलाई तीव्रता दिने उद्देश्यले यो बैठक बोलाइएको पार्टीले जनाएको छ । यसअघि संगठन […]

माओवादीको सातवटै प्रदेशका इन्चार्ज हेरफेर, मधेसको जिम्मेवारी लीलामणिलाई

समाजिक फीड जनकपुरधाम, फागुन १५ गते । नेकपा माओवादी केन्द्रले लीलामणि पोखरेललाई मधेस प्रदेशको इन्चार्ज तोकेको छ । पार्टीले सबै प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गर्दै उनलाई मधेस प्रदेश इन्चार्ज तोकेको हो ।  त्यसैगरी कोशीमा हरिबोल गजुरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई इन्चार्ज तोकिएको हो […]

नीति आयोगका सदस्य डा. सोहन साहलाई मधेश सरकारले पदबाट किन हटाए ?

समाजिक फीड जनकपुरधाम, फागुन १५ गते । मधेश प्रदेश सरकारले नीति तथा योजना आयोगका सदस्य डा. सोहन साहलाई पदमुक्त गरेको छ । आइतवार बसेको मन्त्रीपरिषदको निर्णय अनुसार उनलाई पदबाट हटाइएको हो । यद्दपी सोमवार मात्रै डा. साहलाई पदबाट हटाइएको पत्र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पठाएको थियो । उनलाई हटाउने कारण भने प्रदेश सरकारले खुलाएको छैन् […]

कमला नदीमा पक्की पुलको शिलान्यास गर्दै प्रधानमन्त्रीले भने ‘आगामी बजेटमा मधेशलाई विशेष व्यवस्था हुन्छ’

धनुषा, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने बताउनुभएको छ । धनुषाको सबैला नगरपालिका वडा नं ४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिको वडा नं ५ चिकना जोड्ने पक्की पुलको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले अबको नीति तथा कार्यक्रम एवं बजेटमा विशेष व्यवस्था गर्ने […]

जप्रपा र तमलोपाबीच कार्यगत एकताको घोषणा

काठमाडौँ, ९ फागुन । ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीबीच कार्यगत एकता भएको छ । बुधबार त्रिपाठी र लालले पाँचबुँदे सहकार्यपत्रमा हस्ताक्षर गरी कार्यगत एकताको घोषणा गरेका हुन् । नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, तराई–मधेशका साथै सम्पूर्ण देशमा सुशासन र […]

हिन्दु राष्ट्रको पक्षमा कांग्रेसमा हस्ताक्षर अभियान जारी

समाजिक फीड जनकपुरधाम, फागुन ८ गते । सनातन हिन्दु राष्ट्रको पक्षमा रहेका नेपाली कांग्रेसका महसमिति सदस्यहरूले हस्ताक्षर अभियान चलाएका छन्। महासमिति बैठक चलिरहेको ललितपुरको गोदावरीमा स्टल नै बनाएर हस्ताक्षर अभियान चलाएका हुन्। सनातन हिन्दु राष्ट्र नेपालको अभियानको नाममा अहिलेसम्म ४ सय महासमिति सदस्यहरूले हस्ताक्षर गरेका छन्। अभियानको पक्षमा पूर्व महामन्त्री शशांक कोइरालाबाहेक अरू शीर्ष नेताहरूले […]