Samajik Feed – News Portal from Nepal

जनकपुरमा रेलको ठक्करबाट एकजना घाइते, मोटरसाइकल क्षति

सामाजिक फीड-जनकपुरधाम, असोज १६ गते । जनकपुरमा रेलको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । मोटरसाइकल किचिएर पूर्णरुपमा क्षति भएको छ ।आज साँझ ७ बजेर ३५ मिनेटको समयमा जयनगरबाट भंगहा तर्फ जाँदै गरेको रेल जनकपुरको सीताचोक नजिक लिक क्रस गरिरहेको प्र–२–०२–००३ प ००९० नम्बरको मोटरसाइकल चपेटामा परको थियो । ठक्करबाट मोटरसाइकल चालक धनुषाको जनकपुरधाम उपमहानगरपालिका […]

जनकपुरमा उत्तेजक अभिव्यक्ति दिने धर्मगुरु श्रीनिवास पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज १६ गते । जनकपुरधाममा गौहत्याविरुद्ध उत्तेजक अभिव्यक्ति दिने धर्मगुरु श्रीनिवास आचार्य पक्राउ परेका छन् । उनलाई मंगलबार प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट पक्राउ गरेको हो । प्रहरीले भने उनलाई पक्राउ गर्नुको कारणबारे खुलाएको छैन। जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीका अनुसार सामान्य सोधपुछको लागि ल्याइएको हो।केहीदिन अघि जनकपुरधाममा गौ हत्याविरुद्ध निकालिएको […]

सिरहामा गोठमा लुकाएर राखेको अवस्थामा डेढ करोडको कपडा बरामद

सामाजिक फीड-जनकपुरधाम, असोज १६ गते । भारतबाट भन्सार छलेर ल्याई गोठमा लुकाएर राखेको डेढ करोड मूल्यबराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । आज बिहान सिरहा नगरपालिका १८, तारापट्टीमा गोठमा लुकाएर राखेको ७८ पोक कपडा सशस्त्र प्रहरीले बरामद गरेको हो । सो कपडा अन्दाजी मुल्य १ करोड ५६ लाख, रहेको प्रहरीको भनाइ छ । बरामद […]

जनकपुरधाममा भव्यतापूर्वक विजयादशमी मनाइने

सामाजिक फीड-जनकपुरधाम, असोज १५ गते । पहिन्दुधर्माबलम्बीको महान चाँड विजयादशमी यस वर्ष पनि जनकपुरधाममा भव्यतापूर्वक मनाउने निर्णय भएको छ । जनकपुरधामको शक्तिपीठहरु माँ राजदेवी, माँ बौद्धी तथा माँ अन्नपुर्णा अमरखाना मन्दिरमा हुने पुजा तथा बोकाबलीको व्यवस्थापनको विषयमा सोमवार सर्वपक्षीय छलफल भएको हो । महावीर युवा कमिटी र राम युवा कमिटीको आयोजनामा प्रत्येक वर्ष जस्तै यस […]

‘तीन तलाक’लाई सर्वोच्चले कानूनी मान्यता नदिएपछि मुस्लिम अगुवाहरुको आपत्ति

सामाजिक फीड-जनकपुरधाम, आसेज १५ गते । मुस्लिम समुदायमा प्रचलित ‘तीन तलाक’लाई सर्वोच्च अदालतले कानूनी मान्यता नदिएपछि मुस्लिम अगुवाहरुले आपत्ति जनाएका छन् । सर्वोच्चको फैसलाले नेपालमा धार्मिक सद्भाव विगार्ने तथा ईस्लामक धर्म प्रतिको अपमान भएको मुस्लिमहरुका अगुवाहरुले जनाएका छन् । जनकपुरधाममा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी काजिये नेपालका प्रमुख मोहम्मद उसमान वरकातीले तीन तलाक आफूहरुले ईस्लामिक […]

प्रेमिका भेट्न जाँदा अजिमको हत्या, पोखरीमा शव

सामाजिक फीड-जनकपुरधाम, असोज १५ गते । सप्तरीको खडक नगरपालिका ११ बनौलीका १८ वर्षीय मोहम्मद अजिम मुद्दिको हत्या बालिकासंगको प्रेमको कारण भएको खुलेको छ । भदौ २१ गते बेपत्ता भएका अजिमको हत्या गरेर शव पोखरीमा गाडिएको अवस्थामा शनिबार बरामद भएको थियो ।गाउँकै पोखरीमा दुईवटा प्लास्टिकको बोरामा सडेको अवस्थामा फेला परेको शव उनकै भएको सप्तरीका प्रहरी प्रवक्ता […]

महोत्तरीबाट गाँजा बिक्रीवितरण गरेको आरोपमा महिला पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज १५ गते । महोत्तरीको भंगहा नगरपालिकामा लागूऔषध गाँजा बिक्रीवितरण गर्ने गरेको आरोपमा एक महिला पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भंगहा नगरपालिका ९ हरिनमरीका सुनिल राम चमारका श्रीमती वर्ष २७ कि रिना कुमारी देवी छन् । गोप्य सूचनाको आधारमम आज बिहान साढे १० बजे उनको घरमा प्रहरीले चेकजाँच गर्दा २५० ग्राम सहित पक्राउ […]

पेट्रोलियम पदार्थको भाउ फेरि वृद्धि

सामाजिक फीड-जकपुरधाम, असोज १३ गते । पेट्रोलियम पदार्थको भाउ फेरि बढेको छ । नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा […]

हत्या गरेर बोरामा राखी फालिएको अवस्थामा पोखरीमा युवकको शव

सामाजिक फीड-जनकपुरधाम, असोज १३ गते । सप्तरीमा हत्या गरी बोरामा राखेर पोखरीमा पालेको अवस्थामा एक युवको शव फेला परेको छ । सप्तरीको खड्क नगरपालिका ११ बनौलीस्थित पोखरीमा अन्दाजी २० वर्षीय युवकको शव सडेगलेको अवस्थामा बोरामा भेटिएको हो । शव स्थानीय २० वर्षीय मो.अजिमको हुन सक्ने प्रहरीको आशंका छ । कृष्णष्टमीको दिन मेला हेर्न घरबाट हिडेका […]

पत्रकार मिश्र बने युनापको अध्यक्ष

टुडेपाटी-जनकपुरधाम, असोज १३ गते । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष अनिल मिश्र धनुषाको युवा नाट्यकला परिषद् (युनाप) को अध्यक्षमा चयन भएका छन् । शनिबार सम्पन्न युनापको ३९ औं साधारणसभाले कान्तिपुर टेलिभिजनका मधेश प्रदेश प्रमुख समेत रहेका पत्रकार मिश्रलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै नवगठित कार्यसमितिको उपाध्यक्षमा सुजित मिश्र, सचिवमा नवलकिशोर मिश्र, सहसचिवमा बृषेश […]