धनुषामा प्रदेश स्तरीय महिला कबड्डी सुरु, धनुषा र रौतहट विजयी

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २ गते । धनुषामा दशैँ, दिपाली र छठको अवसरमा मधेश प्रदेश स्तरीय महिला कबड्डी प्रतियोगिता सुरु भएको छ । शिव शक्ति युथ क्लवको आयोजना तथा बटेश्वर गाउँपालिका–४ कार्यालयको आर्थिक सहयोगमा बटेश्वरमा तीन दिवशीय कबडी प्रतियोगिता बिहीबारबाट सुरु भएको हो । प्रतियोगिताको उदघाटनमा भएको दुई खेलमा धनुषा र रौतहट महिला कबड्डी टिम विजय […]
नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २ गते । नवरात्रको पाँचौं दिन आज दशैं घर तथा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी […]
बिहारमा गोली दागेर एक नेपालीको हत्या

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २ गते । बिहारमा एक नेपालीको गोली दागेर हत्या भएको छ । बिहारको रमगढवामा रौतहट सदरमुकाम गौर नगरपालिका ९ का ४० वर्षीय दिलीप सिंहको अज्ञात समूहले गोली दागेर हत्या गरेका हो । रमगढवामै रहेको शिव शक्ति राइस एन्ड फ्लोर मिलमा मुन्सीका रूपमा कार्यरत सिंह मुजफ्फरपुरबाट पैसा संकलन गरेर फर्केपछि मिलको गेटमै गोली […]
महोत्तरीमा वृद्ध दम्पतिबाट झण्डै साढे ६ लाख रकम लुटेर फरार युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १ गते । महोत्तरीको गौशलाबाट दिनदहाडै वृद्ध दम्पतिबाट ६ लाख ३६ हजार रुपैयाँ लुटपाट गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मंलगवा नगरपालिका ५ भाडषरका २९ वर्षीय रमेश सहनी रहेका छन् । गत असोज ७ गते दिउँसो गौशालाको एनआइसी एसिया बैंकबाट गौशाला नगरपालिका ११ भरतपुर टोल बस्ने शम्भु महतो […]
जनकपुरमा कार्तिक ३ गते झिझिया महोत्सव हुने

सामाजिक फीडजनकपुरधाम, कार्तिक १ गते । जनकपुरमा लोकनृत्य झोझिया महोत्सव हुने भएको छ । नव मिथिला फाउन्डेसनको आयोजनामा आगामी शुक्रबार जनकपुरधामको रेल्वे स्टेसनमा झिझिया महोत्सव हुने आयोजकले जनाएको छ । बुधबार बिहान आयोजक फाउन्डेसनले पत्रकार सम्मेलन गरि केही झिझिया टीम र जनकपुरका कलेजका छात्राहरु एकै लयमा झिझिया नाच्ने जनाएको छ । मिथिलाको लोक संस्कृति, लोक […]
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिंदै

रासस-जनकपुरधाम, कार्तिक १ गते । नवरात्रको चौंथो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौंथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ […]
मधेश प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा डा. साह नियुक्त

सामाजिक फीड-जनकपुरधाम, असोज ३० गते । मधेश प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा. सोहन साहलाई नियुक्त गरेको छ । । प्रदेश सरकारको गत असोज १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । मधेस प्रदेश नीति आयोगको गठन तथा कार्य सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को […]
प्रहरीले नागरिकको भरोसा टुट्न नदेओस् : मुख्यमन्त्री यादव

सामाजिक फीड-जनकपुरधाम, असोज ३० गते । मधेशका मुख्यमंत्री सरोजकुमार यादवले नागरिकको भरोसा टुट्न नदिन नेपाल प्रहरीसँग आग्रह गरेका छन् ।‘नागरिकको पहिलो भरोसा प्रहरी हो यो भरोसा शंकाको घेरामा आउनु हुंदैन’, उनले प्रहरीहरुलाई आग्रह गर्दैै भने ।मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाममा आज आयोजित ६८ औं प्रहरी दिवसको उपलक्ष्यमा मुख्यमंत्री यादवले प्रहरीको काम एकदम गाह्रो भएको बताए […]
बटेश्वर गाउँपालिकामा प्रदेश स्तरीय महिला कबडी प्रतियोगिता हुँदै

सामाजिक फीड-जनकपुरधाम, असोज ३० गते । धनुषाको बटेश्वरमा प्रदेश स्तरीय महिला कवडी प्रतियोगिता हुने भएको छ । हिन्दु धर्माबलम्बीहरुको महान चाँड बडा दसैं, तिहार तथा छठ पर्वको अवसरमा बटेश्वर गाउँपालिका ४ स्थित शिवशक्ति युथ क्लबको आयोजना तथा गाउँपालिका कार्यालयको संयोजनमा कार्तिक २ गते (बिहीबार)देखि प्रदेश स्तरीय महिला कवडी प्रतियोगिता हुन लागेको हो । शिवशक्ति नमूना […]
धनुषा प्रहरीद्वारा ७ वटा मोटरसाइकलसहित १० लाख मूल्यको भन्सार छलिको सामान बरामद

सामाजिक फीड-जनकपुरधाम, असोज २९ गते । धनुषा प्रहरील १० लाख मूल्य बरारबको भन्सार छलिका विभिन्न समामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको सर–सामानहरु सहित ओसारपसारमा संलग्न ७ वटा मोटरसाइकलसहित १० लाख ३८ हजार ७४० बराबरको सामानहरु बरामद गरेको धनुषा प्रहरीले जनाएको छ । बरामद गरिएको उक्त सामानहरु आवश्यक कारवाहीको […]