Samajik Feed – News Portal from Nepal

जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ

सामाजिक फीडजनकपुरधाम, कार्तिक ७ गते । जनकपुरको हनुमान मन्दिरबाट पेस्तोलसहित एक भारतीय किशोरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने पप्पु सहनीको छोरी अन्दाजी वर्ष १६ की पुजा कुमारी सहनी रहेको प्रहरीले जनाएको छ । उनलाई जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ […]

आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी महानवमी मनाइँदै

सामाजिक फीड-जनकपुृरधाम, कार्तिक ६ गते । बडा दसैंको नवौं दिन आज महानवमी मनाइँदै छ । महानवमीमा नवदुर्गा भगवतीको विशेष पूजा गरी गरिन्छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत […]

जनकपुरको राजदेवी मन्दिरमा १५ हजारभन्दा बढी बोका बलि प्रदान

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ६ गते । जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिरमा यस वर्ष १५ हजार २ सय ५१ बोकाको बली प्रदान गरिएको छ । राति ८ बजेर २० मिनेटमा सुरु भएको बोका बलि कार्यक्रम सोमबार बिहान ४ बजेसम्म चलेको थियो । महाअष्टमीको साँझ राजदेवीमा बोका बलि दिने परम्परा छ । स्थानीय महावीर युवा कमिटी, गणेश युवा […]

रौतहटमा नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ५ गते । बागमती नदीमा डुबेर रौतहटका एक बालकको मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिका ९ का बिरेन्द्र दासका ११ वर्षीय छोरा गौतम दासको मत्यु भएको हो । आइतबार दिउँसो १२ बजेको समयमा घर नजिकै रहेको कालिमन्दिर घाट बागमती नदीमा एकलै नुहाउने क्रममा पानीमा डुबेका थिए । स्थानीयले तत्कालै उद्धार गरी […]

प्रदेश स्तरीय महिला कबडीको उपाधि धनुषाले जित्यो

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ५ गते । धनुषाको बटेश्वरमा आयोजित प्रदेश स्तरीय महिला कबडी प्रतियोगिताको उपाधि धनुषाले जितेको छ । शनिबार भएको फाइनल खेलमा रौतहटलाई २६ अंकले पराजित गर्दै धनुषाले पहिलो उपाधि हात पारेको हो । निर्धारित खेल अवधिमा धनुषाको टीमले ४४ अंक बनाएर जित हात पर्दा रौतहट टीम १८ अंकमै सिमित हुन पुगे ।धनुषा टिमले […]

आज महाअष्टमी मनाइँदै, शक्तिपीठरुमा भक्तजनको भीड

सामाजिक फीड-जनकपुरधाम,कार्तिक ५ गते । नवरात्रको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ । आजको दिन शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । साथै दुर्गा सप्तशती, देवी भागवत र देवी स्तोत्र पाठ गरिन्छ । जनकपुरधामको राजदेवी, बौधीमाई, पीडरियामाई लगायतका पूजाआजा […]

नवरात्रको सातौं दिन आज फूलपाती भित्र्याइँदै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ४ गते । नवरात्राको सातौं दिन आज पूजाघरमा फूलपाती भित्र्याइँदै छ । आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष […]

दशमीमा बनाइएको देवीदेवताको प्रतिमा भक्तजनको दर्शनका लागि खुला

रासस-महोत्तरी, कार्तिक ४ गते । मधेसमा महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन् । मिथिलामा बडादसैँको अवसरमा माटो मुछेर बनाइएका दुर्गाभवानीका प्रतिमा आज महासप्तमी (फूलपाती)का दिन बेलको भेट्नुले आँखा खोलिएसँगै सर्वसाधारणको दर्शनका लागि खुला गरिएका हुन् । पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा आज दिन बिहान बेलफलको […]

जनकपुरधामबाट १० सडक मावनको उद्धार

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ३ गते । जनकपुरधाम लगायत धनुषाको विभिन्न स्थानबाट १० जना सडक मानवको उद्धार गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाबाट ७ जना र मिथिला नगरपालिकाबाट ३ जनाको उद्धार गरिएको समाजसेव प्रकाश थारुले जानकारी दिए ।बिरामी, मानसिक रोगी, अशक्त, बोल्न नसक्ने तथा फरक क्षमता भएर घरपरिवारबाट विस्थापित भइ सडकमा अलपत्र परेर कष्टकर जीवन व्यथित गरिरहेका […]

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

रासस-जनकपुरधाम, कार्तिक ३ गते । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले […]