धनुषामा दुईवटा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ११ गते । धनुषाको ढल्केवरमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन् । मृत्यु हुनेमा मिथिला नगरपालिका–१ लक्ष्मीनिवास बस्ने २८ वर्षीय राकेश राउत छन् । शनिबार दिउँसो धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित सडकमा बा.७९ प ४७५५ नम्बरको मोटरसाइकल र ज.२ प ८३०१ नम्बरको मोटरसाइकल एकआपसमा […]
आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ११ गते । आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहण राति २ः३८ मिनेटमा समाप्त हुने छ । ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म […]
महोत्तरीमा ५० रुपैयाँको सिक्री विवादले साथीको हत्या, मावली आएका दुई भारतीय युवक पक्राउ

सामाजिक फीड- जनकपुरधाम, कार्तिक १० गते । महोत्तरीमा मेलामा ५० रुपैयाँमा पाइने सिक्रीको विवादले युवकको हत्या भएको खुलेको छ । पिपरा गाउँपालिका–५ हर्दिया टोलका १९ वर्षीय आशिक पासवानको मेलामा भएको समान्य विादमा दुई युवकले छुरा घोपीघोपी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले संगै मेला गएको दुईजना भारतीय नागरिकतालाई पक्राउ […]
महोत्तरीमा छुरा प्रहार गरी एक युवकको हत्या, दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १० गते । महोत्तरीमा छुरा प्रहरा गरी एक युवकको हत्या भएको छ । महोत्तरीको पिपरा गाउँपालिका ५ हर्दियाटोलका राजनारायण पासवानको छोरा १९ वर्षीय आशिक पासवानको हत्या भएको हो ।हत्या भएको अवस्थामा आशिकको शव बिहीबार साझ स्थानीय जगदिश शाहको खेतमा फेला परेको थियो ।युवकको दुर्गा मेलामा भएको विवादको निहुमा स्थानीय दुई युवकले मिलेर […]
आठजना भारतीय नागरिकलाई कतारमा मृत्यु दण्डको फैसला

एजेन्सी-जनकपुरधाम, कार्तिक १० गते । जासुस गरेको अभियोगमा कतारको अदालतले ८ जना भारतीय नागरिकलाई मृत्यु दण्ड हुने फेसला सुनाएको छ। कतारको दोहामा पक्राउ परेका आठ जना पूर्वनौसैनिक अधिकारीलाई त्यहाँको अदालतले मृत्यु दण्डको फैसला सुनाएको भारतको विदेश मन्त्रालयले यसको पुष्टि गरेको छ। सन् २०२२ को अक्टोबरदेखि कतारमा कार्यरत लरहेका उनीहरुमाथि पनडुब्बी कार्यक्रमका लागि जासुसी गरेको आरोपमा […]
जनकपुरको धान खेतमा मृत फेला परेका युवकको पहिचान खुल्यो

चान्दनी झा-जनकपुरधाम, कार्तिक ९ गते । जनकपुरधामको धान खेतमा मृत फेला परेका युवक जनकपुरकै रहेको खुलेको छ । प्रहरीका अनुसार मृतक जनकपुरधाम उपमहानगरपालिका २४ बसहिया बस्ने फुलगेन महराका अन्दाजी २५ वर्षीय छोरा रुपेश महरा रहेका छन् । बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ बेला स्थित धान खेतमा अपरिचित युवकको शव फेला परेको थियो । टाउको, मुख […]
मुन्नी मिश्रि भलिबलको सेमिफाइनलमा सामुदायिक विकास युवा क्लब

सामाजिक फीड-महोत्तरी, कार्तिक ९ गते । महोतरीको कान्तिबजारमा जारी दोश्रो ‘स्व। मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’ को सेमिफानलमा आयोजक सामुदायिक विकास युवा क्लब प्रवेश गरेको छ । बिहिबार भएको पहिलो क्वटर फाइनलमा भरतपुरलाई सोझो २ सेटले पराजित गर्दै आयोजक सामुदायिक विकास युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । दोश्रो दिनको पहिलो नकआउट चरणको […]
मलंगवामा स्थानीय र प्रहरीबीच झडप, कडा सुरक्षाबीच मुर्ति विसर्जजन

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ८ गते । सर्लाहीको सदरमुकाम मलंगवामा दुर्गाको पूजाको प्रतिमा विसर्जन गर्न जाने क्रममा झडप भएको छ । स्थानीय र प्रहरीबीच झडप भएको हो । स्थानी प्रशासनले निर्धारण गरेको रुट विपरीत मलंगवाको जिविस चोकको दुर्गा पूजाको मुर्ति सेलाउन जाने क्रममा प्रहरीले रोकेपछि झडप भएको थियो । झडपमा परेर दुईजना प्रहरी घाइते भएको सर्लाहीका […]
महोत्तरीमा दोश्रो मुन्नी मिश्रि स्मृती पुरुष भलिबल सुरु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ८ गते । नेकपा एमालेकी प्रदेश सांसद शारदा देवी थापाले लागुऔषध दुव्र्यशनको कुलतबाट युवालाई बचाउन र समाजमा सदभाव काय गर्न खेलकुदको विकास आवश्यक रहेको बताएका छन् । महोतरीको गौशाला नगरपालिका–१२ स्थित सामुदायिक विकास युवा क्लबले आयोजनामा बुधबार देखि सुरु भएको दोश्रो ‘स्व.मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’ को उदघाटन गर्दै सांसद […]
रावण बधसँगै जनकपुरमा सकियो दसैंको तामझाम

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ८ गते । जनकपुरधाममा रावण बधसँगै दसैंको तामझाम सकिएको छ । विजयादशमीको अवसरमा दशमीको दिन मंगलबार साँझ रावण बध र लंकादहन गरिएको हो । जनकपुरको गंगासागर र धनुष सागरको बीचमा रावणको प्रतिमा निर्माण गरी रावणलाई ‘बध’ गरिएको हो । यो संगै घटस्थापनादेखी जनकपुरधाममा सुरु दसैं मेला सकिएको छ । जनकपुरधाममा दसैंमा यहाँका […]