Samajik Feed – News Portal from Nepal

तिहारको मुख्यदिन आज भाइटिका, मिथिलाञ्चलमा भरदुतिया मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २९ गते । तिहारको मुख्य दिन आज भाइटीका र भरदुतिया पर्व मनाइँदै छ । दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँन्छ ।दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका […]

महोत्तरी प्रहरीले पक्राउ गरेका दुई डाँका भाग्न खोजेपछि पुनः गोली दागेर नियन्त्रणमा

सामाजिक फीडजनकपुरधाम, कार्तिक २९ गते । महोत्तरीमा हतियार देखाएर आक्रमण गरी लखौंको धनमाल लुटेर फरार भएका मध्ये दुईजना डाकालाई पक्राउ गरेको छ । मंगलबार रौतहटबाट डाँका आरोपी सर्लाहीको लालबन्दी नगरपालिका—२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई महोत्तरी प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरेर ल्याउने क्रममा हतकडीसहित भाग्न खोज्दा दुबैजनामाथि प्रहरीले […]

राष्ट्रिय क्रिकेट खेलाडी गुल्सन झालाई गृह जिल्ला सर्लाहीमा अभिनन्दन

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २८ गते । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी गुल्सन झालाई गृह जिल्ला सर्लाहीमा अभिनन्दन गरिएको छ।नेपाल पत्रकार महासंघ सर्लाही शाखाले सोमवार सदरमुकाम मलंगवामा एक समारोहका बिच अभिनन्दन गरेको हो। सर्लाहीको चक्रघट्टा गाउँपालिका ७ सगरदिना स्थायी घर भई मलंगवा नगरपालिका ८ मा बस्दै आएका क्रिकेटर गुल्सन झालाई जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, […]

आज गोवर्द्धन पर्वत, बली र हलि पूजा गरिँदै

सामाजिक फीड-जनकपुरधाम,कार्तिक २८ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बलि, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । वर्षभर कृषि कर्ममा जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई आज पूजा […]

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २७ गते । सरकारले नेपालमा सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो । टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। टिकटक बन्द गर्ने निर्णय […]

आज गाई पूजा गरिँदै

रासस- जनकपुरधाम, कार्तिक २७ गते । कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र […]

आज दिपावली धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २६ गते । यमपञ्चक एवं तिहारको दोस्रो दिन आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली […]

जनकपुरधाम स्थित गुगल प्रिमियर पार्टनर IMT ले मनायो आफ्नो १०औं वार्षिकोत्सब

सामाजिक फीड- जनकपुरधाम, कार्तिक २५ गते । जनकपुरधाम स्थित प्रतिष्ठित डिजिटल एजेन्सी इन्टरनेट मार्केट टुडे (IMT) ले १० औं वार्षिकोत्सब मनाएको छ । एक दशक सफलतासाथ  पूरा गरेको IMT ले आफ्नो कार्यालयमा  शुक्रबार  वार्षिकोत्सव मनाएको हो । फाउण्डर अमित झासहित संस्थामा कार्यरत कर्मचारी एवं शुभचिन्तकहरु जनकपुरको शिवचोक स्थित रहेको कार्यालयमा केक काटेर खुसी साट्दै वार्षिकोत्सब […]

जाजरकोटका भूकम्प प्रभावितको घाउमा जनकपुरका मेडिकल टिमको मलमपट्टी

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २४ गते । जनकपुरका डाक्टरसहितको टोलि औषधिसहित पुगेर जाजरकोटका भूकम्प प्रभावितहरुको उपचार गरेका छन् । नाक कान तथा घाटी रोग विशेषज्ञ डा. सुनिल सिंह नेतृत्वको मेडिकल टिमले जाजरकोटको नलगढ नगरपालिकाको विभिन्न वडामा भूकम्प प्रभावित बिरामीहरुलाई स्वास्थ्य सेवा दिएका हुन् । नालगढा प्राथमिक उपचार केन्द्र मै पुगेर बिरामीको स्वास्थ्य जाँच गर्दै औषधि सामग्री […]

महोत्तरीबाट पाँच किशोरी दुईदिनदेखि सम्पर्कविहीन

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २३ गते । महोत्तरीबाट एकैसाथ पाँचजना किशोरी दुईदिनदेखि सम्पर्कविहीन भएका छन्। औरही नगरपालिका २ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रूवी सदा सम्पर्कबिहीन भएका हुन्। मंगलबार दिउँसो साढे ११ बजेदेखि पाँचजना किशोरीहरू एकैसाथ हराइरहेको जानकारी आएको महोत्तरीका प्रहरी प्रवक्ता […]