विवाहपञ्चमी मेलाबाट १८ जना पाकेटर पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस १ गते । जनकपुरमा विवाहपञ्चमी मेलाबाट १८ जना पाकेटमार पक्राउ परेका छन् । भीडभाडको मौकाछोपी श्रद्धालुभक्तजनको पाकेट मार्ने तथा दुव्र्यबहार गर्ने १८ जनालाई नियन्त्रणमा लिएको हो । दिउँसो १ बजेसम्म त्यति संख्यामा पाकेटमार पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनीहरुलाई जनकपुरधाम स्थित गोपाल धर्मशालामा प्रहरी यनिट स्थापना […]
जनकपुरधाममा आज धुमधामसित विवाहपञ्चमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

सामाजिक फीड जनकपुरधाम, पुस १ गते । जनकपुरधाममा आज धुमधामसित सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथिका दिन त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा आज जनकपुरधाममा आज विवाहपञ्चमी महोत्सव मनाइन्छ। प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेता युगमा […]
आज राम र जानकीको मटकोर

सामाजिक फीड-जनकपुरधाम, मंसिर ३० गते । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज मटकोर विधि मनाइँदै छ । आज धार्मिक तथा ऐतिहासिक गंगासागरमा राम र जानकीको मटकोर गरिँदैछ । आज दिउँसो १ बजे जानकी मन्दिरबाट गाजागाजा सहित पुगेर गंगासागरमा भव्य रुपमा राम र जानकीको मटकोर गरिने जानकी मन्दिरका सह महन्त रामरोशन दासले बताए । मिथिलाको परम्परा […]
विवाहपञ्चमीको चौथोदिन आज तिल्कोत्सव सम्पन्न

सामाजिक फीड– जनकपुरधाम, मंसिर २९ गते । सीताराम विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव सम्पन्न भएको छ । जानकी मन्दिरबाट आज करिब ४ सयको भार (कोसेली) लिएर राममन्दिर पुगेर भव्यतापूर्वक तिल्कोत्सव विधि सम्पन्न भएको हो । तिलकोत्सव विधि गर्न दहीचुरा, खिरपुरी, विभिन्न मिठाई, फलफुल, लताकपडासहित जानकी मन्दिरबाट भार (कोसेली)संगै बाजागाजासहित साधुशन्त जनकपुरकै राम मन्दिरमा पुग्ने गर्दछन् […]
धनुषामा मोटरसाइक दुर्घटना हुँदा दुई युवकको मृत्यु, एक गम्भीर

सामजिक फीड-जकपुरधाम, मंसिर २९ गते । धनुषामा तीनजना सवार मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । अन्य एकजना गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए […]
विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, मंसिर २९ गते । सीताराम विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट एकहजार एक भार लिएर साधुशन्त राममन्दिरमा पुगेर तिल्कोत्सव मनाइँछ । तिल्कोत्सवमालाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनु अघि बेहुली पक्षले बेहुला अर्थात बरलाई भार लिएर पुगि तिल्काउने (टीकाटालो) गर्ने विधि हुन्छ । दहीचुरा, खिरपुरी, विभिन्न मिठाई, फलफुल, […]
धनुषामा ६ वर्षीया बालिकाको बलात्कार गरी निर्मम हत्या

सामाजिक फीड-जनकपुरधाम, मंसिर २९ गते । धनुषामा एक बालिकाको बलात्कार गरी हत्या भएको छ । धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको बलात्कार गरी निर्ममतापूर्वक हत्या भएको हो । बालिकाको शव नग्न अवस्थामा स्थानीय सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा बिहीबार राति ७ बजे फेला परेको हो । कपडा भने छेउमा […]
सिरहाबाट ब्राउनसुगरसहित दुई युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर २८ गते । सिरहाबाट लागूऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका ५ का १८ वर्षीय रुपेश पासवान र २४ वर्षीय कृष्णा कुमार यादव रहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार दुबैजनाको साथबाट एक ग्राम ७२ मिलग्राम ब्राउनसुगर बरामद भएको छ । […]
थमन बिक हत्या प्रकरणमा लोसपा नेता शर्मासहित ७ जनालाई जन्मकैद, लक्ष्मीलाई सफाई

सामाजिक फीड-जनकपुरधाम, मंसिर २८ गते । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले लोसपा संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको छ । यस्तै नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोसहित दुईजनालाई सफाई दिएको छ । आज जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धव प्रसाद भट्टराईको दुई नम्बर इजलासले अन्तिम फैसला सुनाएको […]
विवाहपञ्चमीको तेश्रो दिन आज धनुष यज्ञ मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, मंसिर २८ गते । सीताराम विवाहपञ्चमी महोत्सवको तेश्रो दिन आज जनकपुरधाममा धनुष यज्ञ मनाइँदै छ । त्रेता युगमा भगवान श्रीरामले धनुषा भाँचेर सीतासँग विवाह भएको धार्मिक मान्यता अनुसार आज भगवान् रामको प्रतिकात्मक रुप धारण गरेका बालबालिकाहरुले पनि धनुष भाँचेर धनुषयज्ञ मनाइँन्छ । अन्त्यमा, आयोध्याबाट घुम्न आएका दशरथ पुत्र श्रीरामले यज्ञमा राखिएको धनुषलाई सहजै […]