Samajik Feed – News Portal from Nepal

सिरहाबाट लागूऔषधसहित दुई छोरा र बुबा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ १९ गते । सिरहाबाट लागूऔषधसहित दुई छोरासहित बुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लहान नगरपालिका वडा नं. ७ का ५५ वर्षीय राजकुमार ठाकुर र उनका छोराद्वय वर्ष २९ का प्रमोद कुमार ठाकुर र वर्ष २५ का राकेश कुमार ठाकुर छन् । लागूऔषध कारोबार गरी राखेको गोप्य सुचनाको आधारमा लागूऔषध ब्युरो जनकपुर […]

जनताले दैनिक भोगिरहेको समस्या गठबन्धनको प्राथमिकतामा नै छैन : गगन थापा

सामाजिक फीड-जनकपुरधाम, माघ १८ गते । जलेश्वर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताएका छन् । महोत्तरीको भोल्हीमा नेपाल प्रेस युनियन महोत्तरी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री थापाले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयास स्वरुप यात्रा आरम्भ गरेको बताए ।आफूहरु […]

किसानलाई दुःख दिने पाँचसय बाँदरलाई यसरी समातेर बटेश्वर गाउँपालिकाले जंगल पुर्यायो

सामाजिक फीड-जनकपुरधाम, माघ १८ गते । केही वर्षयता बाँदर आतंकले पीडित धनुषाको बटेश्वर गाउँपालिका –१ चित्रपुरका बासिन्दालाई केही राहत भएको छ । वडा नं. १ कार्यालयले भारतको मथुराबाट अनुभवी तनजनाको टोलि बोलाएर बाँदर धपाउने अभियान थालेपछि स्थानीयलाई राहत भएको छ ।एक महिनाको अन्तरालमा करिब ५ सय बाँदर समातेर जंगलमा छाडिएको वडाध्यक्ष अशोक कुमार महतोले बताए […]

सर्लाहीमा एक युवती मृत फेला, हत्याको आशंका

सामाजिक फीड-जनकपुरधाम, माघ १८ गते । सर्लाहीको बलरामा एक युवतीको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी छिन् । मंगलबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको छ ।घटना पश्चात उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएका छन् । मृतक पूजा […]

सिरहाको हिमालय सुगर मिल्समा एकजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, माघ १७ गते । सिरहाको हिमालय सुगर मिल्समा सुतेकै अवस्थामा एकजनाको मृत्यु भएको छ । नरहा गाउँपालिका–२ स्थित कर्जन्हा नगरपालिका–११, बस्तीपुरका ३२ वर्षीय अशोक दासको सुतेकै स्थानमा मृत्यु भएको हो । उँखु लोड गरिएको ट्याक्टर लिएर सोमबार साँझ ९ बजे उनी उद्योगमा आएका थिए । काँटाका लागि ट्याक्टर लाइनमा हालेर उद्योग परिसरमै रहेको […]

हेल्प मधेशी संस्थाद्वारा कबिर बाल आश्रमलाई ३६ हजार आर्थिक सहयोग

सामाजिक फीड-जनकपुरधाम, माघ १६ गते । हेल्प मधेशी संस्थाले जनकपुरधाम स्थित सदगुरु कबिर बाल वात्सल्य आश्रमलाई आर्थिक सहयोग गरेको छ । विदेशमा रहेका नेपालीहरुको संस्था हेल्प मधेशीले आश्रमलाई ३६ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । नेपालका केन्द्रीय अध्यक्ष राकेश राई र हेल्प मधेशी मलेशियाका केन्द्रिय पूर्व सचिव राजेन्द्र कुमार यादव बाल आश्रममै पुगेर ३६ […]

तेश्रो चरणमा भंगहादेखि बर्दिबाससम्म रेल सेवा संचालन गर्न काम हुँदै

रासस-जनकपुरधाम, माघ १६ गते । भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म जयनगर बर्दिबास रेल्वेको तेस्रो खण्डको काम थालिएको छ । जयनगरदेखि धनुषाको कुर्था र कुर्थादेखि महोत्तरीको भङ्गाहासम्म क्रमशः पहिलो र दोस्रो खण्डको काम सकिएर सेवा प्रारम्भ भएपछि नेपाल रेल्वे कम्पनीले यो आयोजनाको तेस्रो खण्डको काम थालेको हो । तेस्रो खण्डमा भङ्गाहादेखि बर्दिबाससम्म १७ किलोमिटर दूरीमा अहिले काम […]

जनकपुरमा दोस्रो अन्तरविद्यालय क्रिकेट हुने

सामाजिक फीड-जनकपुरधाम, माघ १६ गते । जनकपुरधाममा दोस्रो अन्तरविद्यालय क्रिकेट टी–२० प्रतियोगिता शुक्रबारदेखि हुन लागेको छ । जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा प्रतियोगिता हुन लागेको हो । मंगलबार ट्रफी प्रर्दशन गरी प्रतियोगिताको तयारी पुरा भएको संयोजक अम्भुप्रसाद साहले जानकारी दिए । राष्ट्रिय टिममा स्थानीय खेलाडीको प्रतिनिधित्व गराउने अधारको यो रनिङ प्रतियोगिताको अवधारणा […]

जनकपुरमा मधेश सभामुख क्रिकेटको पहिलो खेलमा महोत्तरी विजयी

सामाजिक फीड-जनकपुरधाम, माघ १३ गते । जनकपुरधाममा प्रथम मधेश प्रदेश सभामुख क्रिकेट कप–२०८० सुरु भएको छ । मधेश प्रदेशसभाको छैठौं वार्षिकोत्सवको अवसरमा शनिबारदेखि क्रिकेट कप सुरु भएको हो । जनकपुरधाम उपमहानगरपालिका १४ रजौलस्थित रामजानकी बहुउद्देश्य अन्तराष्ट्रिय रंगशालामा शनिबार महोत्तरी र सर्लाही बीच उद्घाटन खेल भएको थियो । पहिलो खेलमा महोत्तरीले सहज जित हात पारेको छ […]

जनकपुरमा पार्किंग गरि राखेको गरिबको अटो रिक्सामा आगजनी

सामाजिक फीड-जनकपुरधाम, माघ १३ गते । जनकपुरमा पार्किंग गरि राखेको एक अटो रिक्सामा आगजनी भएको छ । जनकपुरधाम उपमहानगरपालिका ४ मा हरिनन्दन कापरको अटो रिक्सामा गए राति अज्ञात व्यक्तिले आगजनी गरेका हुन् । सडक छेउमा पार्किंग गरि राखेको अटो रिक्सा बिहान उठ्दा जलेको अवस्थामा पाइएको छ । आगजनीले रिक्सामा धेरै क्षति पुगेको छ । केही […]