सिरहामा ब्राउन सुगर बिक्री गर्ने दुई जना पक्राउ, घरबाट ब्राउन सुगर बरामद

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते । सिरहा प्रहरीले ब्राउन सुगर बेच्ने दुई जना युवकलाई पक्राउ गरेको छ । मिर्चैया नगरपालिका ७ जिवा टोल बस्ने २६ वर्षीय सन्तोष साह र २५ वर्षीय दिपेन्द्र कुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो । बुधबार साँझ मिर्चैया ७ जिवा टोल स्थित लागूऔषध ब्राउन सुगर बिक्रि बितरण […]
अग्नीसाईर कृष्णसवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी निरन्तर विवादमा स् मालिसपछि अब राजिनामा काण्ड

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते । सप्तरीको अग्नीसाईर कृष्णसवरन गाउँपालिका पछिल्लो समय निरन्तर विवादमा छ । अध्यक्ष दिनानाथ चौधरीको कार्यालयमा वडाध्यक्षले मालिस गरेको भिडियो भाइरलपछि अहिले उनको राजीनामा विवादले पालिका तातेको छ । असोज ५ गते मितिको पालिका अध्यक्ष चौधरी राजिनामा पत्र बुझाएको भन्दै कार्तिक १८ गते कार्यपालिका बैठकले स्वीकृत गरेको छ । उपाध्यक्ष कल्पना […]
जेनजी सहिदको नाममा एकजना मुस्लिमको नाम मात्र समावेश गरेको भन्दै मुस्लिम जेनजीको आपत्ति

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरेकोमा सबै मुस्लिमलाई समावेश नगरेको भन्दै मुस्लिम जेनजी समुहले आपत्ति जनाएको छ । सुशिला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएका दुई जना युवा मध्ये एकजनाको नाम मात्र सहिद सूचीमा समावेश गरिएको भन्दै सरकारको असमान र विभेदपूर्ण व्यवहारप्रति मुस्लिम जेनजीले आपत्ति […]
विहारमा पहिलो चरणको मतदान जारी : तेजस्वी, खेसारीदेखि मैथिलीसम्म मैदानमा

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरणको मतदान अहिले जारी छ । पहिलो चरणमा राज्यका १८ जिल्लाका १२१ विधानसभा सीटमा मतदान भइरहेको छ। १२१ सीटका लागि भैरहेको पहिलो चरणको निर्वाचनमा १ हजार ३१४ उम्मेदवार चुनावी मैदानमा छन । भारतीय संचारमाध्यमका अनुसार पहिलो चरणमा मतदान गर्ने मतदाताको संख्या करिब ३ […]
नाबालिकाको चरित्र हत्या गरेको आरोपमा सिरहाका १ जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १९ गते । सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले सिरहाका एक जनालाई पक्राउ गरेको छ ।सिरहाको कल्याणपुर नगरपालिका ११ घर भएका २२ वर्षीय जीवनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । सोमबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साहले म्यासेन्जरमा कुराकानी गर्ने क्रममा पीडितलाई ललाई फकाई प्रलोभनमा पारी संवेदनशील अंगहरू […]
जसपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १९ गते जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आज बस्न लागेको छ । आज बिहान ११ बजेदेखि ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा बैठक सुरु हुने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन, पार्टीको सङ्गठनात्मक कार्ययोजना तथा प्रस्तावलगायत एजेन्डामा बैठक केन्द्रित हुने […]
दोस्रो संस्करणका लागि जनकपुर बोल्ट्सको नयाँ जर्सी सार्वजनिक

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १८गते । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि जनकपुर बोल्ट्सले नयाँ जर्सी सार्वजनिक गरेको छ । मंगलबार पहिलो संस्करणका विजेता समेत रहेको जनकपुरले सामाजिक सञ्जालमार्फत जर्सी सार्वजनिक गरेको हो । जनकपुरको जर्सीमा पिंक र गाढा ब्लु रङको प्रयोग भएको छ । दोस्रो संस्करणका लागि जनकपुरले हालसम्म वायन पार्नेल र लाहिरु मिलान्थालाई विदेशी […]
बिहारमा हुन लागेको विधानसभा चुनावलाई लिएर सीमामा कडाई

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १८गते । भारतको बिहार राज्यमा नोभेम्बर ६ तारिखदेखि हुन गइरहेको विधानसभा चुनावलाई लिएर नेपाल भारत सीमा १० गजामा कडाइ गरिएको छ । चुनावमा हुने अवाञ्छित गतिविधिलाई मध्यनजर गर्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले सशस्त्र प्रहरी बलसँगल समन्वय गरी सीमामा कडाइ गरिएको हो । सशस्त्र प्रहरी बल प्रदेश प्रदेशका डीआइजी कृष्ण ढकालका अनुसार भारतीय […]
सर्वोच्च अदालतद्वारा आगजनी सम्बन्धी जाहेरी, ६२ करोड क्षतिको अनुमान

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १८गते । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते आगजनी भएको सम्बन्धमा अनुसन्धान गर्न सर्वोच्च अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी बुझाएको छ। आगजनी सम्बन्धी जाहेरी पाएसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सुरू गरिसकेको एसएसपी रमेश थापाले जानकारी दिएका छन् । कात्तिक १३ गते सर्वोच्च अदालतले लेटरप्याडमै घटना सम्बन्धमा आगजनी गर्नेहरूको पहिचान गरी […]
सप्तरीको सदा टोलमा हैजा संक्रमण फैलिएको पुष्टि

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १८गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ मा रहेको सदा टोलमा हैजा संक्रमण पुष्टि भएको छ । झाडापखालाबाट एकै परिवारका तीन जनाको मृत्यु भएकोसदा टोलमा जनप्रतिनिधिसहित ८० जना बिरामी रहेकामा सिकिस्त ५ जनालाई अस्पताल भर्ना गरिएको छ । सदा टोलमा शौचालय छैन भने स्वास्थ्यकर्मीले सबैको दिसा परीक्षणसमेत गरेका छैनन् । सदा टोलका ३३ वर्षीय बुचन सदाको […]