दोस्रो संस्करणको एनपीएल आजदेखि कीर्तिपुरमा सुरु

सामाजिक फीड-जनकपुरधाम, मंसिर १ गते । नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरू हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा सोमबारदेखि दोस्रो संस्करणको एनपिलएल सुरू हुन लागेको हो। मंसिर २७ गतेसम्म चल्ने एनपीएलमा ८ फ्रेञ्चाइज टोलीबीच खेल हुने छ। एनपिएलमा जनकपुर बोल्ट्स, विराटनगर किंग्स, काठमान्डु गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी […]
मक्का-मदिना मार्गमा बस दुर्घटना : ४२ भारतीय यात्रुको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, मंसिर १ गते । मक्काबाट मदिना जाँदै गरेको एक बस साउदी अरबमा दुर्घटनामा पर्दा ४२ भारतीय यात्रुको मृत्यु भएको छ। सोमबार हैदराबादका यात्रुहरू लिएर मक्काबाट मदिना जाँदै गरेको बस डिजेल ट्याङ्करसँग ठोक्किँदा आगलागी भएको थियो। मृतकमध्ये २० महिला र ११ बालबालिका रहेको प्रारम्भिक रिपोर्टले जनाएको छ। अधिकांश यात्रु हैदराबादबाट उमरा तीर्थयात्राका लागि गएको […]
मधेस प्रदेश : लागूऔषध गाँजासहित एक जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर १ गते । सर्लाही प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । सोमबार बिहान ५ बजेतिर लालबन्दी नगरपालिका ६, स्थित शिव मन्दिरबाट ३८ किलो ८९० ग्राम गाँजा बरामद गरेको प्रहरीले जनएको हो । गाँजा ल्याइँदै गरेको सुराकीको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा खटेको प्रहरी टोलीले […]
नेपाल-भारत सीमा भएर आउजाउ गर्नेको विवरण राख्न भारतको प्रस्ताव

सामाजिक फीडजनकपुरधाम, कार्तिक ३० गते । भारतले नेपाल-भारत सीमानाकाबाट आउजाउ गर्नेहरूको विवरण राख्न नेपाल पक्षलाई प्रस्ताव गरेको छ । भारतको नयाँ दिल्ली स्थित आयोजित नवौँ सीमा सुरक्षा समन्वयात्मक बैठकमा भारतीय गृह मन्त्रालयका सचिव गोविन्द मोहनले यस्तो प्रस्ताव राखेका हुन् । उनले प्रस्ताव राखेपनि सीमानाका भएर आउजाउ गर्नेहरूको अभिलेख राख्ने निर्णय अहिले भएको छैन । सशस्त्र […]
मधेश मुख्यमन्त्री नियुक्ति विवाद: रिटमाथि आज सर्वोच्चमा सुनुवाइ

सामाजिक फीडजनकपुरधाम, कार्तिक ३० गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति तथा शपथविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आइतबार सुनुवाइ गर्ने भएको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ तोकिएको हो। आइतबार अन्तरिम आदेशसम्बन्धी छलफल केन्द्रित रहनेछ। हालैका दिनमा राजनीतिक रूपमा अस्थिर देखिएको मधेश सरकारले सबैभन्दा ठूलो दल नेकपा एमालेका […]
मधेशमा सातदलीय गठबन्धनका सांसदहरु आज पनि धर्नामा

सामाजिक फीडजनकपुरधाम, कार्तिक ३० गते । मुख्यमन्त्री नियुक्ति विवादलाई लिएर सात दलीय गठबन्धनका सांसद आज पनि धर्ना बसेका छन् । मधेश भवन अगाडि बाटो छेकेर नेपाली काँग्रेससहित सात दलका सांसदहरु धर्नामा बसेका हुन् ।शनिबार उनीहरु सभामुख रामन्चद्र मण्डलको कारबाहीको माग गर्दै प्रदेशसभाको चौरमा खुल्ला प्रदेशसभा बैठक बसेका थिए । गत कार्तिक २४ गते प्रदेश प्रमुख […]
सभामुखले पदमुक्त गरेका सांसदले मागे विगत एक वर्षका हाजिरीका नक्कल

सामाजिक फीडजनकपुरधाम, कार्तिक २८ गते । मधेशमा सभामुखले पदमुक्त गरेका सांसदले संसदमा उपस्थित भएको हाजिरी लगायतको कागजातमाग गरेका छन् । जसपा नेपालका प्रदेश सांसद सञ्जयकुमार यादव र नागरिक उन्मुक्ति पार्टीकी प्रदेश सांसद उर्मिला सिंहले संसदमा हाजरी भएको विगत एक वर्ष यताको हाजिरीको नक्कलसहितको कागजात मागेका हुन् । प्रदेश सभा सचिवालयका सचिवलाई सम्बोधन गरेर मागिएको सूचनामा […]
राप्रपाद्वारा मन्त्री कञ्चन विच्छा साहलाई सांसदसहित पार्टीबाट हटाउने सिफारिस

सामाजिक फीडजनकपुरधाम, कार्तिक २८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अनुशासन समितिले मधेस प्रदेश सरकारकी मन्त्री कञ्चन विच्छा साहलाई कड़ा कारबाही सिफारिस गरेको छ। समितिले उनलाई सांसद र पार्टीको साधारण सदस्यता दुवैबाट हटाउन पार्टी नेतृत्व समक्ष प्रस्ताव पेश गरेको हो। पार्टीलाई जानकारी नदिई एमाले नेतृत्वको मधेस सरकारमा मन्त्री बनेको र अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट फिर्ता […]
महोत्तरीमा प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जना पक्राउ

सामाजिक फीडजनकपुरधाम, कार्तिक २८ गते । महोत्तरी प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ परेका छन् । भारतको बिहारको जिल्ला वैशाली पतेपुर वडा नं.५ बस्ने २७ वर्षीय गोबिन्द राम र २१ वर्षीय एकवाल मोहम्मदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टिकाराज बरालले बिहीबार […]
नवनियुक्त प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले गरे पदभार ग्रहण
सामाजिक फीड-जनकपुरधाम, कार्तिक २७ गते । मधेशका नवनियुक्त प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले आज पदभार ग्रहण गरेका छन् । काठमाडौंबाट जनकपुरधाम आएका उनलाई विमानस्थलमा र प्रदेश प्रमुख कार्यालयमा भव्य स्वागत गरिएको छ । प्रदेश प्रमुख कार्यालयमा पदभार ग्रहण गर्न पुगेका लाभलाई रातोकार्पेटमा स्वागत गरिएको छ । गत सोमबार प्रध्यापक डा। लाभलाई संघीय सकरारको सिफारिसमा राष्ट्रपति रामचन्द्र […]