धनुषामा साढे चार हजार निर्वाचन प्रहरी भर्ना गरिँदै

सामाजिक फीड-जनकपुरधाम, पुस २५ गते । आगामी फागुन २१ मा हुनेप्रतिनिधिसभा निर्वाचनका लागि धनुषामा ४ हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति धनुषाले जारी गरेको निर्वाचन प्रहरी भर्ना सम्बन्धी एकिकृत सूचनामा उक्त सङ्ख्यामा निर्वाचन प्रहरी भर्ना गर्न लागिएको जनाइएको हो । सहायक प्रमुख जिल्लाद्वारा जारी सूचनामा स्वीकृत […]
महोत्तरीको २५८ मध्ये १६३ वटा मतदानस्थल अतिसंवेदनशील

सामाजिक फीड-जनकपुरधाम, पुस २५ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा महोत्तरीका १६३ वटा मतदानस्थल अतिसंवेदनशील क्षेत्रमा परेका छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा २५८ वटा मतदानस्थल कायम गरिएकोमा १६३ वटा मतदानस्थललाई अतिसंवेदनशील वर्गमा राखिएको हो । यस्तै, ८९ वटा मतदानस्थल संवेदनशील वर्गमा र छ वटा मतदानस्थललाई सामान्य वर्गमा राखिएको जिल्लास्थित सुरक्षा […]
माओवादी केन्द्रका मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीद्वारा पार्टी परित्याग

सामाजिक फीड-जनकपुरधाम, पुस २४ गते । नेकपा माओवादी केन्द्रका मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीले पार्टी सदस्यताबाट राजीनामा दिएका छन् ।उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हुलाकमार्फत राजीनामा पत्र पठाएका हुन् । पूर्व अध्यक्ष माओवादी केन्द्रलाई सम्बोधन गरी लेखिएको राजीनामा पत्रमा अन्सारीले एक हिन्दी गीतको अंश उद्धृत यो गीत अब तपाईंको स्मृतिमा मात्र मात्र बाँकी रहने […]
युवा तथा खेलकुद मन्त्री गुप्ता विरुद्ध अख्तियारमा उजुरी

सामाजिक फीड-जनकपुरधाम, पुस २४ गते । अमेरिका भ्रमण प्रकरणको छानबिन गरी कारबाही गर्न माग गर्दै युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । मुलुक बचाउने नागरिक (ममुबना) अभियानका प्रमुख युवराज सफलले मन्त्री गुप्ताले फर्जी आयोजक र फर्जी निमन्त्रणा पत्रका आधारमा मन्त्रिपरिषद्बाट अमेरिका भ्रमण स्वीकृत गराइएको भन्दै अख्तियारमा […]
सुन-चाँदीको भाउ घट्यो,सुन तोलामा २ हजारले घट्यो

सामाजिक फीड-जनकपुरधाम, पुस २४ गते । बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि पुस […]
मधेस प्रदेश: चरेससहित दुई जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस २४ गते । प्रहरीले पर्साको पोखरिया क्षेत्रबाट लागूऔषध चरेससहित दुई जना पक्राउ गरेको छ । बिहीबार बिहान इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बिन्दवासिनी गाउँपालिका–२ अन्तर्गत गर्दील चोकदेखि पूर्व पोखरिया–वीरगन्ज सडक खण्डमा चेकजाँचका क्रममा दुबै जनालाई पक्राउ गरेको हो । प्रहरीले वीरगन्ज महानगरपालिका १५ मुडली बस्ने २० वर्षीय […]
मधेशमा जसपाबाट तीनजनाको उम्मेदवारी, महन्थ गठबन्धनका उम्मेदवार

सामाजिक फीड-जनकपुरधाम, पुस २३ गते । मधेशमा जसपा नेपालबाट राष्ट्रिय सभा सदस्यका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ । जसपाबाट अल्पसंख्यक तर्फ शैलेश चौधरी, महिला तर्फ चन्दा साह र दलित तर्फ चमेली देवी दासको उम्मेदवारी दर्ता भएको हो । अन्यबाट भने लोसपाका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् । महन्थलाई जसपा नेपाल, नेपाली काँग्रेस […]
मधेश प्रदेशमा काँग्रेसबाट २ र एमालेबाट एकजनाको उम्मेदवारी

सामाजिक फीड-जनकपुरधाम, पुस २३ गते । मधेशमा चारजना राष्ट्रिय सभा सदस्यकाले लागि हुने निर्वाचनको लागि नेपाली काँग्रेस र नेकपा एमालेबाट एकजना उम्मेदवारी परेको छ ।नेपाली काँग्रेसबाट अल्पसंख्याक तर्फ सप्तरीका रञ्जित कर्णको उम्मेदवारी दर्ता भएको छ भने दलित तर्फ रौतहटका धर्मेन्द्र पासवानको उम्मेदवारी परेको हो । यस्तै महिला तर्फ महोत्तरीकी एमालेकी रेखा झाले उम्मेदवारी दर्ता गराएकी […]
मधेशमा नेकपाबाट चारजनाको उम्मेदवारी

सामाजिक फीड-जनकपुरधाम, पुस २३ गते । मधेश प्रदेशमा नेकपाबाट चारजनाको उम्मेदवारी दर्ता भएको छ । अल्पसंख्याक तर्फ रौतहटका रामानन्द प्रसाद, अन्य तर्फ सर्लाहीका लक्ष्मण पौडेल, दलित तर्फ सर्लाहीका सम्भु पासवान र महिला तर्फ धनुषाकी समी अग्रवालको उम्मेदवारी परेको हो । राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग गठबन्धन नभएपनि नेकपाले छुट्टै उम्मेदवारी दिएको हो । फाएजा फहमीदाफाएजा […]
मलंगवा बजार बन्द गराउँदै हिँड्ने ६ जना पक्राउ, अवस्था सामान्य

सामाजिक फीड-जनकपुरधाम, पुस २३ गते । सर्लाहीको मलंगवा बजार बन्द गराउँदै हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले हिरासतमा लिएका उनीहरुसंग सोधपुछ गरिरहेको छ । जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोजकुमार राईका अनुसार बुधबार बिहान मलंगवा बजार बन्द गराउँदै हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । बिहान केहीबेर बजारमा […]