Samajik Feed – News Portal from Nepal

मलाई पार्टी बैठकमा ह्यारेसमेन्ट गरियो- महामन्त्री ढकाल

सामाजिक फीड जनकपुरधाम, १९ असार २०८१, बुधवार काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठकमा आफुलाई ह्यारेसमेन्ट गरेको आरोप लगाएका छन् ।  पार्टीको बैठकपछि बोल्दै महामन्त्री ढकालले बैठक लाइभ नगर्ने भए आफु नबोल्ने भनेर शुरुमै भनेको अवस्थामा आफुलाई ह्यारेसमेन्ट गरेको आरोप लगाएका हुन् । उनले भने- ‘महामन्त्रीलाई हटाउन […]

एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

सामाजिक फीड जनकपुरधाम, १९ असार २०८१, बुधवार काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा बुझाएका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसंगै मन्त्रीहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजीनामा प्रधानमन्त्रीलाई बुझाएका हुन् ।  यस अघि एमालेले मंगलबार आजसम्मको समय दिएर प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो […]

यस्तो छ आजको मौसम पूर्वानुमान

सामाजिक फीड १६ असार २०८१, आइतवार काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ […]

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सामाजिक फीड १६ असार २०८१, आइतवार काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । त्यस्तै, अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक र […]

रोहित र विराटको टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास

सामाजिक फीड१६ असार २०८१, आइतवार जनकपुरधाम, काठमाडौँ । टी-२० विश्वकप जितेपछि  भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् । खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको फाइनल खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए । रोहित शर्माले भने, ‘यो मेरो अन्तिम […]

भारतले जित्यो टी- २० विश्वकपको उपाधि

जनकपुरधाम । भारतले टी- २० विश्वकपको उपाधि जितेको छ । फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो । भारतले दिएको १७७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनाएको थियो । यस अघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर […]

मधेशमा नाबालिग विवाहको दर ५० प्रतिशतभन्दा माथि

सामाजिक फीड, जनकपुरधाम१५ असार २०८१, शनिवार जनकपुरधाम – राष्ट्रिय जनगणना–२०७८ का तथ्याङ्क अनुसार, मधेश प्रदेशमा २० वर्ष नपुग्दै विवाह गर्ने किशोरीहरूको सङ्ख्या ५० प्रतिशतभन्दा बढी रहेको पाइएको छ। तथ्याङ्कले देखाएका प्रमुख बुँदाहरू: सामाजिक जागरण अभियान:स्थानीय तहहरूले बालविवाहको समस्या समाधान गर्न विभिन्न सामाजिक सङ्घसंस्थाहरूको सहकार्यमा अभियान सञ्चालन गरिरहेका छन्। मटिहानी, बलवा, मनराशिशवा, जलेश्वर, लोहारपट्टी नगरपालिकाहरू, पिपरा […]

लद्दाखमा बाढीमा परी पाँच भारतीय सैनिकको मृत्यु

सामाजिक फीड जनकपुरधाम, १५ असार २०८१, शनिवार जनकपुरधाम। भारतको लद्दाखको सीमा रेखा नजिकै आएको बाढीमा पाँच भारतीय सैनिकको मृत्यु भएको छ । भारतीय सेनाले यो दुर्घटना लद्दाख नजिकै दौलत बेग ओल्डी क्षेत्रमा भएको जनाएको छ । शुक्रबार यी सैनिकहरू ट्याङ्कसँग अभ्यास गरिरहेको बेला नदी तर्ने क्रममा पानीको सतह एक्कासी बढेको थियो । दुर्घटना हुँदा ट्याङ्कीमा […]

फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्‍याएर पढ्नुपर्ने

सामाजिक फीड १३ असार २०८१, बिहिवार काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।  कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । […]

प्रजातान्त्रिक विचार समाज धनुषाको अध्यक्षमा पत्रकार नवीन झा मनोनित

जनकपुरधाम, असार ११ | प्रजातान्त्रिक विचार समाज धनुषाको अध्यक्षमा पत्रकार नवीन झा मनोनित भएका छन्। समाजको कन्द्रिय समितिले झालाई धनुषा अध्यक्षको जिम्मा दिदै मधेश प्रदेश भरी संगठन विस्तार गर्ने अख्तीयारी प्रदान गरेका छन्। प्रजातान्त्रिक विचार समाज नेपाली काग्रेस निकट बुद्धजिवीहरुको संगठन हो । यसले प्रजातान्त्रिक मुल्य र मान्यतामा आधार भएर विचार निर्माणमा सक्रिय रह्दै आएका […]