Samajik Feed – News Portal from Nepal

चार उत्कृष्ट उद्योगलाई कर दिवसमा सम्मान

janakpur-vat-office

सामाजिक फीड, जनकपुरधाम,९ मंसिर २०८१, आइतवार १३ औँ राष्ट्रिय कर दिवस २०८१ का अवसरमा जनकपुरधाममा विभिन्न चार उद्योग सम्मानित भएका छन् । जनकपुरधाममा शनिबार आयोजित कार्यक्रममा क्षीरेश्वर डिस्टिलरी धनुषा, रक्षा ट्रेडर्स एण्ड सप्लायर्स महोत्तरी, नेपाल भेनियर उद्योग सर्लाही तथा सुनिता आयल सेन्टर सिन्धुलीलाई आन्तरिक राजस्व कार्यालयले सम्मान गरेको छ । आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख […]

डाक्टरको सामुहिक राजीनामापछि प्रादेशिक अस्पतालको सेवा ठप्प

सामाजिक फीड, जनकपुरधाम,९ मंसिर २०८१, आइतवार जलेश्वरस्थित प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ । तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि सेवा प्रभावित भएको हो । तलब, भत्तालगायत सुविधा नपाएकाले आफूहरूले सामूहिक राजीनामा गरेको अर्थोपेडिक डा सरोज भगतले बताए । अस्पताल व्यवस्थापन समितिले ती विशेषज्ञ चिकित्सकलाई बेवास्ता गरेको स्थानीयको आरोप छ । उक्त अस्पतालमा दैनिक दुई […]

कञ्चनपुरमा बस दुर्घटना हुँदा २९ जना घाइते

महेन्द्रनगर । कञ्चनपुरमा विप्लव कार्यकर्ता सवार बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। धनगढीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना४ख ७७५५ नम्बरको बस कलुवापुरस्थित बनरामा दुर्घटना भएको हो। धनगढीमा नेत्रविक्रम चन्द (विप्लव)को कार्यक्रममा सहभागी भएर महेन्द्रनगर फर्कंदै गरेको बस दुर्घटनामा परेको हो। दुर्घटनामा २९ जना कार्यकर्ता घाइते भएका छन्। दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला […]

बच्चालाई अनलाइन खतराबाट जोगाउने प्रभावकारी उपायहरू

सामाजिक फीड, जनकपुरधाम,७ मंसिर २०८१, शुक्रवार आजकल बालबालिका कम उमेरमै इन्टरनेट प्रयोग गर्न थालिरहेका छन्, जसका कारण उनीहरू अनलाइन खतरामा परिरहेका छन्। संयुक्त राष्ट्र संघका अनुसार, हरेक आधा सेकेन्डमा एक बच्चा अनलाइन हुन्छ, र यसले बालबालिकाको सुरक्षामा चिन्ता बढाइरहेको छ। हालै वेस्टर्न सिड्नी विश्वविद्यालयको अध्ययनले देखाएको छ कि अनलाइन प्लेटफर्ममा बालबालिकाको पहुँच मात्र बढेको छैन, […]

बयान सकेपछि पूर्वडीआईजी जोशी पोखरा फर्काइए, रविको ल्याउने प्रक्रिया सुरु

सामाजिक फीड, जनकपुरधाम,७ मंसिर २०८१, शुक्रवार  कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ । मंगलबार साँझ पोखराबाट काठमाडौं ल्याइएका जोशीको बुधबार र बिहीबार बयान लिइएको थियो । जोशीसँग जिल्ला सरकारी वकिल कार्यालयमा दुई दिन बयान लिइएको थियो । बयान सकिएपछि जोशीलाई आजै पोखरा फिर्ता गर्न लागिएको छ । […]

अक्सन विजेता लुम्बिनी लायन्स, विदेशी आगमनपछि नयाँ चुनौती ?

सामाजिक फीड, जनकपुरधाम,७ मंसिर २०८१, शुक्रवार  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेल मार्की प्लेअर रहेको टिम हो लुम्बिनी लायन्स । फर्चुना हेल्थ केयरको स्वामित्वमा रहेको लुम्बिनी लायन्स अक्सनमा भाग्यमानी बन्दा नेपालका राम्रा खेलाडीहरु अनुबन्ध गर्न सफल भएको थियो । लुम्बिनीमा रोहितसँगै हाल राष्ट्रिय टिममा रहेका विकेटकिपर ब्याटर अर्जुन साउद छन् । यस्तै राष्ट्रिय […]

महोत्तरी सिडिओ कार्यालयका नायब सुब्बा घुससहित पक्राउ

सामाजिक फीड, जनकपुरधाम,७ मंसिर २०८१, शुक्रवार जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट एक कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोककुमार यादव छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई आज सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । सवारी […]

पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा लुम्बिनीमा हजार बुद्ध मन्दिरको पूजा सम्पन्न

सामाजिक फीड, जनकपुरधाम,७ मंसिर २०८१, शुक्रवार पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गरेका छन्। मन्दिर उदघाटन अवसरमा त्यहाँ पूजाआजा कार्यक्रम राखिएको छ । शुक्रबार बिहान चार्टर विमानमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएका उनका समर्थक, शुभेच्छुक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, कार्यकर्तालगायतले स्वागत गरेका थिए । पूर्व राजा ज्ञानेन्द्र शुक्रबार दिउँसो चार […]

सर्वसाधारणलाई जुत्ताको माला लगाउनेलाई कानूनी कारबाही

सामाजिक फीड, जनकपुरधाम,७ मंसिर २०८१, शुक्रवार रौतहट स्थित विभिन्न पूर्वाग्रह राखेर सर्वसाधारण लाई जुत्ताको माला लगाएर घुमाउने वडाध्यक्ष सहित ४ जनामाथि मुद्दा दर्ता गरिएको छ।  जुत्ताको माला लगाएर सर्वसाधारणलाई घुमाउने गढीमाई नगरपालिका ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनीसहित ४ जनामाथि इलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता गरिएको हो। गरूडा नगरपालिका ३ मलाही बस्ने परीक्षण सहनीले […]

विदेश पठाउने निहुँमा ५ युवती बेचबिखन प्रयास, एक युवक पक्राउ

सामाजिक फीड, जनकपुरधाम, ७ मंसिर २०८१, शुक्रवार  विदेश पठाउने बहानामा ५ युवतीलाई बेचबिखन गर्न लागेको आरोपमा एक युवक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–१४ का ४४ वर्षीय राजु तामाङ भनिने राजकुमार थिङ छन् । थिङलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले पक्राउ गरेको हो । उनले गाउँका ५ युवतीलाई ललाइफकाई भारत पुर्‍याएर बेच्न […]