चिनमा आगो जस्तो फईली रहेको छ कोरोना भाईरस, विज्ञहरूका अनुसार अझै भयावह बन्ने अवस्था

१२ पुष, जनकपुरधाम। चीनमा महामारीको रुपमा फैलिएको कोरोनाले विश्वका लागि चिन्ताको विषय बनेको छ। त्यहाँका प्रायः सबै सहरमा महामारीका कारण अवस्था नाजुक बन्दै गएको छ तर चीन सरकारले अहिलेसम्म कुल कोरोना सङ्क्रमित र यस रोगबाट मृत्यु भएका व्यक्तिको तथ्यांक लुकाइरहेको छ। चीनमा हरेक दिन लाखौंको संख्यामा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यहाँ यो रोगका कारण […]
वीरगञ्जमा मोटरसाइकल चोरी गर्ने चारजना पक्राउ

१२ पौष, जनकपुरधाम। मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेका छन्। वीरगञ्ज ८ स्थित पार्किङ गरी राखेको धोबिनी गाउँपालिका ४ लंगडी बस्ने रामबाबु कुमार गुप्ताको प्र २–०३–००७ प १७६६ नम्बरको मोटरसाइकलमा मास्टर साँचोको प्रयोग गरी राम प्रवेशले चोरी गरेको हो। मोटरसाइकल लाँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले फेला पारी उनलाई […]
व्यवस्था गरिएको भन्दा विपरीत सेवासुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए, ४८ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन

१२ पुष, जनकपुधाम। गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षामा व्यवस्था गरिएको भन्दा विपरीत सेवासुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए विभिन्न व्यक्तिको ४८ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन गरेको छ। उक्त कार्यविधिमा तोकिए अनुसार वहालवाला तथा पूर्व कर्मचारी/ सुरक्षाकर्मीहरुले व्याक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ। उक्त कार्यविधिमा सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टा भित्र फिर्ता गर्न […]
Suicide Case update :- बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनले फेरि चर्चामा छ

१२ पुष, जनकपुधाम। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनले फेरि चर्चामा छ। अभिनेताको १४ जुन, २०२० मा निधन भएको थियो, जसले सम्पूर्ण राष्ट्रलाई स्तब्ध बनायो। उनको मृत्यु भएको २ वर्षभन्दा बढी समयपछि आफूलाई कूपर अस्पतालका कर्मचारी बताउने एक व्यक्तिले सुशान्तको ‘हत्या’ भएको दाबी गरेका छन्। रुपकुमार शाहको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । […]
मोबाइल उपकरण व्यवस्थापन प्रणाली शुक्रबार लाइभ हुने

१२ पुष, जनकपुधाम। देशको दूरसञ्चार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सफ्ट लन्च भएको तीन महिनापछि शुक्रबारदेखि पूर्णरुपमा मोबाइल उपकरण व्यवस्थापन प्रणाली लागू गर्ने घोषणा गरेको छ। नियामकले शनिबार एक सूचना जारी गर्दै यस वर्ष भदौ मसान्तअघि विदेशबाट व्यक्तिगत प्रयोगका लागि हातहतियार ल्याएका मोबाइल फोन प्रयोगकर्ताले अब भन्सार कार्यालयबाट इनभ्वाइस लिएर अपरेटिङ सिस्टम अपडेट गर्न आग्रह गरेको […]
अस्पतालमा नवजात शिशु छोडेर आमा फरार

१२ पौष, जनकपुरधाम। सर्लाहीको अस्पतालमा नवजात शिशुलाई फालेर एक युवती फरार भएकी हुन्। भारतको बिहार राज्य जिल्ला सितामडी सोनवर्षा बस्ने २२ वर्षीया गर्भवती युुवती सोमबार दिउँसो करिब १ बजेको समयमा प्रादेशिक अस्पताल मलंगवामा उपचारको लागि आएकी थिइन। अस्पतालको ट्वाईलेटमा सुत्केरी भई छोरा पाई बच्चा त्यहि छाडी युवती भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। […]
सुनको भाउ बढेर तोलाको एक लाख ७०० रुपैयाँ पुग्यो , चाँदी तेश्रो दिन पनि स्थिर

सामाजिकफिड-१२ पुस, जनकपुर ।सुनको भाउ महंगिएको छ। सुन तोलामा २०० रुपैयाँले बढेको छ । तिन दिन देखि चाँदीको भाउ भने स्थिर रहेको छ । नेपालको सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने सुनको […]
प्रधानमन्त्री टुङ्गियो, सबैको नजर राष्ट्रपति र सभामुख दौडमा

१२ पुष, जनकपुधाम। दोस्रो ठूलो दल नेकपा (एमाले)को समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेसँगै उनले राष्ट्रपति र सभामुख दुई अन्य प्रमुख पद पाउने पक्का भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आउँदो पाँच वर्षे कार्यकालको पहिलो आधामा सरकारको नेतृत्व गर्न अस्वीकार गरेपछि दाहाल एमालेको क्याम्पमा जाने निर्णय गरेपछि अब सात दलको नयाँ गठबन्धनले […]
आठ सदस्यीय मन्त्रिपरिषद् गठन

१२ पुष, जनकपुधाम। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। मन्त्रिपरिषद्मा विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री, नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री र रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्। नेकपा एमालेबाट पौडेल, नेकपा (माओवादी केन्द्र) मा श्रेष्ठ र नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने छन् भने मन्त्रिपरिषद्मा ज्वालाकुमारी […]
मधेस प्रदेशमा जसपा र एमालेको आलोपालो सरकार बन्ने सम्भावना

सामाजिकफिड-१२ पुस, जनकपुर । मधेश प्रदेशमा जसपा र एमालेको आलोपलो सरकार बन्ने सम्भावना बढेको छ। ५ दलीय कांग्रेसको गठबन्धन टुटेसँगै मधेस प्रदेशमा सरकार निर्माणको समिकरण फेरीएको छ। एमालेको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि मधेसमा सरकार गठनका लागि दलीय समीकरण फेरिएको हो। तत्कालीन सत्तारूढ गठन्धन र एमालेसहितको गठबन्धनसँग मधेसमा सरकार गठनका लागि […]