Samajik Feed – News Portal from Nepal

आधा दर्जन मुद्दाका फरार आरोपित १६ वर्षपछि पक्राउ

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ८ गते । पर्साका शाखा अधिकृतलाई गोली हानी हत्या गरेर फरार रहेका प्रेम गिरीलाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रेम गिरीमाथि हत्या, डकैती लगायतका जघन्य प्रकृतिका आधा दर्जन मुद्दा रहेका छन । उनलाई उनकै गाउ सखुवाप्रसौनी गाउँपालिका–५ बलुवास्थित घरबाट पक्राउ गरेको हो । उनको उमेर ७२ वर्ष हो । […]

सुनचाँदीको मुल्य घट्यो

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ८ गते । नेपाली बजारमा आज फेरी सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापा वाला सुनको मूल्य १२०० रुपैयाँले घटेर तोलामा १ लाख ४० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भैइरहेको छ ।  यसअघि सोमबार सुन तोलामा १ लाख […]

उपेन्द्र यादवको रिटमाथि आज सुनुवाइ हुँदै

सामाजिक फीड, काठमाडौँ, ८ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ । उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीश प्रकाश कुमार ढुंगाना र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासा पेशी तोकिएको छ । यसअघि सो रिटमा […]

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ८ गते । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा लोकसभा चुनावका कारण गएको शनिवारदेखि हिजो सोमवारसम्म रेल सेवा पूर्ण रुपमा बन्द गरिएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा हिजो मतदान सम्पन्न भएपछि रेलसेवा नियमित सञ्चालन […]

बैशाखको अन्त्यसम्म व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ।

समाजिक फीड,जनकपुरधाम , जेठ ८ गते । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात गरिएकोमा एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात गरिएको […]

इरानमा पाँच दिनको राष्ट्रिय शोक

सामाजिक फीड,इरान । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ । इरानको सरकारी मिडियाका अनुसार राष्ट्रपति रायसीसहित ९ जनाको निधनमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको हो । राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बरलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली […]

भारतको छत्तीसगढमा सडक दुर्घटनामा १८ जनाको मृत्यु

समाजिक फीड,जनकपुरधाम , जेठ ७ गते । भारतको छत्तीसगढको कबीरधाम जिल्लामा भएको सडक दुर्घटनामा कम्तीमा १८ मजदुरको मृत्यु भएको छ । दुर्घटनामा चार मजदुर घाइते भएका छन् जसको अवस्था चिन्ताजनक रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । कबीरधाम जिल्लाका दुई दर्जनभन्दा बढी मजदुरहरू तेन्दुपात टिपेर पिकअप गाडीमा गाउँ सेमराहा फर्किरहेका थिए । पिकअप अनियन्त्रित भई […]

बालेनको आक्रोश- फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

समाजिक फीड,जनकपुरधाम , जेठ ७ गते । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको  फोहोर नउठ्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले  भ्रष्टलाई समाउन नसकेको तर काठमाडौमा फोहोर बोक्ने चार चालकलाई पक्राउ गरेको उल्लेख गरेका छन् । बालेनले चालक रिहा नभएसम्म चालकहरु रिहा नभएसम्म सिहदरबार लगायत […]

इरानमा पाँच दिनको राष्ट्रिय शोक

समाजिक फीडजनकपुरधाम, जेष्ठ ७ गते । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ । इरानको सरकारी मिडियाका अनुसार राष्ट्रपति रायसीसहित ९ जनाको निधनमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको हो । राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बरलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ । इरानका सर्वोच्च […]

सरकार सहकारी ठगलाई जोगाउन तत्पर देखिन्छ : काँग्रेस

समाजिक फीड,जनकपुरधाम , जेठ ७ गते । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले वर्तमान सरकार सहकारीका ठगहरुलाई जोगाउन संसदीय मूल्य मान्यता, परम्परा र लोकतान्त्रिक मर्मलाई कमजोर पार्न उद्धत भएको निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरस्थित् संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको आकस्मिक बैठकको निर्णय सुनाउने क्रममा पार्टीले यस्तो निश्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले […]