भारतको राजकोटस्थित गेम जोनमा भिषण आगलागी, १२ बालबालिकासहित २७ जनाको मृत्यु

समाजिक फीड,जनकपुरधाम , जेठ १३ गते । भारतको राजकोटस्थित टीआरपी गेम जोनमा शनिबार भएको भीषण आगलागीमा कम्तिमा २७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ बालबालिका पनि रहेको प्रहरीले बताएको छ । सहरको मावरोडस्थित टीआरपी गेम जोनमा शनिबार आगो लागेको थियो । आगो यति भीषण थियो कि पाँच किलोमिटर टाढाबाट धुवाँको मुस्लो देखिएको थियो । […]
नारायणगढ–मुग्लिन सडकमा पहिरो, डोजर चालकको मृत्यु

समाजिक फीड,जनकपुरधाम , जेठ १३ गते । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना डोजर चालकको मृत्यु भएको छ । सडक डिभिजन कार्यालय चितवनका अनुसार मृतकको पहिचान हुन बाँकी रहेको छ । आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो । पहिरोले मेसिनमा पनि क्षति […]
सहकारी ठगीविरुद्ध कांग्रेसको आज विरोध प्रदर्शन

समाजिक फीड,जनकपुरधाम , जेठ १३ गते । नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै आज विरोध प्रदर्शन गर्दै छ । अहिलेसम्म संसदमा मात्र विरोध गर्दै आयेको कांग्रेस अब भने सोहि मुद्धालाई सडकमा लिएर जान लागेको हो । कांग्रेसले पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । आज […]
पोखरीमा डुबेर दुई बालकको मृत्यु

सामाजिक फीड, जनकपुरधाम, १३ जेठ । जनकपुरधामको देवपुरा रुपैठास्थित पोखरीमा डुबेर दुई बालकको मृत्युभएको छ । जनकपुरधाम–२० देवपुरा रुपैठाका जयनारायण महतोका छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानका छोरा ६ वर्षीय आदित्य पासवानको डुबेर मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको छ । samajik_feedsamajikfeed.com
चीनको सैन्य अभ्यास – ताइवानलाई घेरा हाल्दै

सामाजिक फीड जनकपुर, ११ जेठ २०८१, शुक्रवार विलियम लाइ ताइवानको नयाँ राष्ट्रपति बनेको तीन दिनपछि चीनले ताइवान वरिपरि सैन्य अभ्यास सुरु गरेको थियो। चीनको सैन्य अभ्यास बिहीबार बिहान सुरु भएको थियो चिनियाँ जनमुक्ति सेनाका प्रवक्ता ली सी द्वारा व्यक्त गरिएको अभ्यासलाई “पृथकतावादी गतिविधि” को “विरुद्ध “शक्तिशाली प्रतिरोधक” को रुपमा भनिएका छन् । चीनसँग सम्बन्ध व्यवस्थापन […]
प्रेस मञ्च बाराका अध्यक्ष यादव प्रेस युनियनमा प्रवेश

सामाजिक फीड, बारा ११ जेठ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको भ्रातृ संगठन नेपाल प्रेस मञ्च बाराका अध्यक्ष पवन यादव नेपाली कांग्रेसको भ्रातृ संगठन प्रेस युनियनमा प्रवेश गरेका छन् । बाराको सदरमुकाम कलैयामा शुक्रवार आयोजित कार्यक्रममा उनले जसपा नेपालको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै प्रेस मञ्च परित्यागको घोषणा गरेका थिए। उनलाई नेपाल प्रेस युनियन बाराका अध्यक्ष […]
भक्तपुरमा इन्जिनियर मृत फेला

समाजिक फीड,जनकपुरधाम , जेठ ११ गते । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर नवीनकुमार पोखरेल भक्तपुरमा मृत अवस्थामा भेटिएका हुन् । बिहीबार बिहान करिब १० बजेतिर भक्तपुरको लोकन्थलीस्थित एक घरमा ५७ वर्षीय पोखरेल घरको रेलिङमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । पोखरेल मृत फेला परेको प्रहरी वृत्त ठिमीका डिएसपी प्रेमसागर केसीले बताए। पोखरेल झुण्डिएको […]
उपराष्ट्रपति यादव र इजरायलका राजदूतबीच भेटवार्ता

सामाजिक फीड, काठमाडौँ, ११ जेठ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजरायली राजदूत हानान गोडर गोल्डबर्गरले शिष्टाचार भेटवार्ता गरेका छन् । आज उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उनीहरूबीच दुई पक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोगलगायत आपसी हित र चासोका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । सो अवसरमा उपराष्ट्रपति यादवले नेपाल र इजरायलबीच […]
भारतको छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा आठ संदिग्ध माओवादी मारिएको दाबी

समाजिक फीड,जनकपुरधाम , जेठ ११ गते । भारतको छत्तीसगढको नारायणपुरमा भएको भिडन्तमा सुरक्षा बलले आठ संदिग्ध माओवादी मारिएको दाबी गरेको छ । खोजी कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । भारतीय मिडियाका अनुसार बुधवार राति नारायणपुरको रेकावा क्षेत्रमा माओवादी भएको खबर आएपछि नारायणपुर, विजापुर र दन्तेवाडा गरी तीन जिल्लाका बस्तर […]
कैलाश सिरोहियालाई बयान गराइँदै

सामाजिक फीड,काठमाडौँ, ११ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला सरकारी वकिल कार्यालय धनुषामा बयान गराइँदै छ । बयान पूरा भएपछि उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यसअघि अदालतले दिएको तीन दिनको म्याद आज सकिएको छ । शुक्रबार दोस्रोपटक म्याद लिइनेछ । दोहोरो नागरिकता लिएको […]