Samajik Feed – News Portal from Nepal

युटूबर मिस्टर बिस्टले १५,००० भन्दा बढीको जीवन परिवर्तन गर्दै

सामाजिक फीड, जनकपुरधाम, बैशाख ३ गते प्रख्यात YouTuber मिस्टर बिस्टले नेपालमा आफ्नो टोलीको प्रभावकारी काम देखाउने भिडियो जारी गरेका छन्। १५,००० भन्दा बढी मानिसको जीवनस्तर उकास्ने लक्ष्य राख्दै उनीहरुले सिन्धुलीको फिक्कल गाउँपालिका एक अस्पताललाई सौर्य उर्जाले स्तरोन्नति गरेका छन् । यस पहलले यस क्षेत्रको विकासमा महत्त्वपूर्ण कोसेढुङ्गा चिन्हित गर्दै स्वास्थ्य सेवामा आवश्यक बिजुली र सहायता […]

जसपाको राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक

सामाजिक फीड, काठमाडौँ, ३ वैशाख । जनता समाजवादी पार्टीले पार्टीको राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने निर्णय गर्दै आवश्यक कार्यतालिका सार्वजनिक गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा बसेको केन्दीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनका लागि पार्टीको संगठित सदस्यतालगायत वैशाख ३ गतेभित्र संकलन गरिएका अभिलेख मात्रै मान्य हुनेसमेत निर्णय गरेको छ । […]

ओलीको टिप्पणी- एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखायो

समाजिक फीडजनकपुरधाम , वैशाख ३ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले नांगो रुपमा दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् । एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको घटनाक्रमलाई उदृत गर्दै एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट गरेको आरोप लगाएका हुन् । अध्यक्ष ओलीले सुदूरपश्चिममा एकीकृत समाजवादीले अराजनीतिक […]

आगलागीमा परी दुई बालबालिकाको मृत्यु

अछाम, ३ वैशाख । अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरूको मृत्यु भएको हो । स्थानीय दीपक बोहराको छोरी अन्दाजी आठ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी छ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख […]

नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित

समाजिक फीडजनकपुरधाम , वैशाख ३ गते । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित बनेको छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बर्षाले समयमा हुन सकेको छैन । हाल बर्षा रोकिएको र खेल निर्धारित ११: ४५ बजे भन्दा करिब एक घण्टा ढिला शुरु हुने बताइएको छ । समुह […]

जसपाका पूर्वसांसद प्रमोद साहमाथि सांघातिक आक्रमण, ३ जना पक्राउ

सामाजिक फीडजनकपुरधाम, बैशाख ३ गते । जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद प्रमोद साहमाथि सांघातिक आक्रमण भएको छ। आइतबार राति सर्लाहीको हरिपुर नगरपालिका–६ मा उनीमाथि आक्रमण भएको हो । आक्रमणबाट पूर्वसांसद साहको टाउकामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंहले बताए । राति १२ बजेतिर मकै बालीमा पानी लगाएर घर फर्किँदै गरेका बेला […]

सोमबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, ०३ वैशाख । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३७ हजार ५०० कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ३६ […]

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो

कुमारी समाजिक फीडजनकपुरधाम , वैशाख ३ गते । कुमारी बैंकले आज सोममबार देखि सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।  यसमा न्यूनतम १०६ रुपैयाँ वा सो भन्दा […]

राप्रपाको काठमाडौँ केन्द्रित जनप्रदर्शनका क्रममा घाइते डाँगीको मृत्यु

समाजिक फीडजनकपुरधाम , वैशाख ३ गते । राप्रपाले काठमाडौंमा गरेको जनप्रदर्शनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा निधन भएको छ । बर्दियाको मधुवन नगरपालिकाका राप्रपा अध्यक्ष समेत रहेका डाँगीको काठमाडौँस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको हो । गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले चैत्र २७ गते काठमाडौंमा गरेको प्रदर्शनका […]

नेपाली सेनाको हिमाल सफाइ टोली स्याङ्गबोचेमा

समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइको लागि १२ जना सैनिक र १ जना शेर्पा सरदारसहित १३ जनाको सफा हिमाल अभियान-२०२४ मा संलग्न रहने टोली नेपाली सेनाको हवाई साधन मार्फत स्याङ्गबोचे इलाकामा अवतरण भएको छ । अभियानलाई प्रभावकारी बनाउन स्थानीय जनसमुदायहरूसँग अन्तर्क्रिया गर्दै करिब ७ दिनको पदयात्रा पश्चात् सो […]