सिराहामा छोराको हत्या गरेको आरोपमा आमा पक्राउ

समाजिक फीड,जनकपुरधाम , वैशाख १४ गते । सिरहा जिल्लामा एक महिला आफ्नै छोराको हत्या गरेको आरोपमा पक्राउमा परेकी छिन्। सखुवानन्कारकट्टी गाउँपालिका वडा ५ घर भई लहान नगरपालिका १ मा बस्दै आएकी ३४ वर्षीया सरीता कुमारीलाई छोराको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ। गत मंगलवार विहानैदेखि पाँच वर्षीय छोरा आयुश नभेटेको उनले छिमेकीहरुलाई बताएकी थिइन्। छिमेकीहरु […]
नेपाली सेनामा खुल्यो जागिर, ३१९ जनाको दरखास्त आह्वान

समाजिक फीड,जनकपुरधाम , वैशाख १४ गते । नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले विहिबार सूचना प्रकाशित गर्दै प्राविधिक(हवाई(विविध सेवातर्फ ३१९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो । नेपाली सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टलदेखि ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति […]
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

समाजिक फीड,जनकपुरधाम , वैशाख १४ गते । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार छापावाल […]
विहारको पटनामा होटलमा आगलागी हुदा ६ जनाको मृत्यु

समाजिक फीड,जनकपुरधाम , वैशाख १३ गते । भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आगलागीमा दुई जना गम्भीर घाइते भएका छन् । आगलागीबाट १२ जनालाई उद्धार गरी पटना मेडिकल कलेज अस्पताल लगिएको छ । यो आगलागी ग्यास […]
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

समाजिक फीड,जनकपुरधाम , वैशाख १३ गते । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । भोलि शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक […]
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, १३ वैशाख । पर्सामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पर्सा प्रहरीका अनुसार आज बिहान वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ नम्बरको मोटरसाइकलमा सवार अर्जुन पटेलको मृत्यु भएको हो । उनको नाम पहिचान भएपनि ठेगाना पहिचान भइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका उनको थप उपचारको […]
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

सामाजिक फीड, काठमाडौँ, १३ वैशाख । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईनरुवा नगरपालिका-३ घर भई काठमाडौँ चन्द्रागिरी नगरपालिका-११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका-५ घर भई काठमाडौँ महानगरपालिका-१६ वनस्थली बस्ने २७ वर्षीय विवेक […]
धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीयबीच झडप,९ शेल आश्रुग्यास प्रहार

सामाजिक फीडजनकपुरधाम, बैशाख १३ गते । धनुषाको औरही गाउँपालिकामा प्रदर्शन गरिरहेका स्थानीय र प्रहरीबीच झडप भएको छ । औरही गाउँपालिका १ पौडेश्वरस्थित सडक बन्द गरी टायर बालेर प्रदर्शन गरिरहेका स्थानीय र प्रहरीबीच झडप हुँदा तीनजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिती तनावग्रस्त बनेपछि प्रहरीले ९ […]
मधेस प्रदेशकी मन्त्री बेची लुंगेलीले सम्हालिन् श्रम मन्त्रालयको जिम्मेवारी

सामाजिक फीडजनकपुरधाम , बैशाख १३ गते । मधेश प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट बिना विभागीय मन्त्रीको शपथ लिएकी बेची लुंगेली श्रम तथा यातायात मन्त्रीको पदभार ग्रहण गरेकी छन्। गत वैशाख ६ गते विना विभागीय मन्त्रीको शपथ लिएकी उनले आज मन्त्रालयको पदभार ग्रहण गरेकी हुन् । यस्तै माओवादी केन्द्रबाट विनाविभागीय मन्त्री रहेका भरतप्रसाद साहले अर्थ मन्त्रालय लिने […]
भोलिदेखी कक्षा १२ को परिक्षा सुरु हुँदै, परिक्षा केन्द्रमा अनलाइनबाटै प्रश्नपत्र पठाइने

सामाजिक फीडजनकपुरधाम , बैशाख १३ गते । मधेश प्रदेश सहित देशभर शुक्रवारबाट कक्षा १२ को परिक्षा सञ्चालन हुन लागेको छ । परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना […]