वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

समाजिक फीड,जनकपुरधाम , वैशाख १७ गते । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन्। भक्तपुर नगरपालिका-३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई बलात्कार आरोपमा प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो। फाजुले ती बालिकालाई पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले पक्राउ […]
भोजपुरमा जिप दुर्घटना

समाजिक फीड,जनकपुरधाम , वैशाख १७ गते । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खस्दा एक जनाको ज्यान गएको हो। दुर्घटनामा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राईको मृत्यु भएको जिल्ला […]
सिरहामा तीनवर्षीया बालिकाको घाँटी थिचेर हत्या , आमाछोरी पक्राउ

सामाजिक फीडजनकपुरधाम, बैशाख १७ गते । सिरहामा हराइरहेकी तीनवर्षीया बालिकालाई छिमेकीले घाँटी थिचेर हत्या गरेको खुलेको छ । सिरहा नगरपालिका १८ बस्ने रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या भएको प्रहरीले जनाएको छ ।उनको हत्या गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका १८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी […]
धनुषामा पुरुषको शव फेला

समाजिक फीड,जनकपुरधाम , वैशाख १७ गते । धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ। पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको उनको भनाइ छ। samajik_feedsamajikfeed.com
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

समाजिक फीड,जनकपुरधाम , वैशाख १७ गते । सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यता, सोमबार तेजाबी सुनको […]
वीरगञ्जमा प्रहरीले गोली चलाएर एक आरोपीलाई लियाे नियन्त्रणमा

सामाजिक फीड, वीरगन्ज, १८ वैशाख । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा लिएको छ । झण्डै डेढ वर्ष अगाडि काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न भनिएका एक आरोपीलाई वीरगञ्जमा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो । गोली प्रहारबाट घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान रहेको स्रोतको दाबी छ । उनको साथबाट प्रहरीले […]
हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ

सामाजिक फीड, काठमाडौँ, १६ बैशाख । फेसबुकमार्फत् सम्पर्क गरी हवाई टिकट मिलाई दिने भन्दै ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ५ बस्ने सुनिता लामिछाने रहेकी छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टीलीले पक्राउ गरेको हो। सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी हवाई टिकट मिलाई दिने […]
पूर्वाधार कार्यालय गौरमा लगाएको ताला कांग्रेस आफैले खोल्यो

रौतहट, १६ वैशाख । कांग्रेस नेताहरूले पूर्वाधार विकास कार्यालय गौरमा चार दिनअघि लगाएको ताला खोलिएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको पहलमा जिल्ला प्रशासन कार्यालय रौतहटमा आइतवार बिहान बसेको सर्वपक्षीय बैठकमा भएको सहमतिपछि पूर्वाधार विकास कार्यालयको ताला खोलिएको हो । नेपाली कांग्रेसका जिल्ला सभापति सुनिलकुमार यादवको अगुवाइमा कांग्रेसका नेता कार्यकर्ताहरूले पूर्वाधार कार्यालयको ताला खोलेका […]
रोमाञ्चक खेलमा वेस्ट इन्डिज ए सँग १० रनले पराजित भयो नेपाल

समाजिक फीड,जनकपुरधाम , वैशाख १६ गते । वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ । सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १० रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १५० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित […]
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

पर्सा, १६ वैशाख । पर्साको कालिकामाई गाउँपालिका-१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद कुर्मीलाई उनकै घरबाट चरेस जस्तो देखिने पदार्थ १७ किलोसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । रौतहट, कटहरिया नगरपालिका-२ […]