Samajik Feed – News Portal from Nepal

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

सामाजिक फीड, बुटवल, २२ चैत्र । लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी राजीनामा दिएका छन् । बिहीबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामा दिएका हुन् । यसअघि माओवादी र एकीकृत समाजवादीले सरकार छोडेपछि उनले आज विश्वासको मत लिने तालिका रहेको थियो । तर उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् । यस अघि […]

आठ महिनामा ९ खर्ब ६१ अर्ब रेमिटेन्स भित्रियो

सामाजिक फीड, काठमाडौँ, २२ चैत्र । चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको रेमिटेन्स भित्रिएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रेमिटेन्स २१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स २५.३ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा रेमिटेन्स १८.८ प्रतिशतले […]

सोनिया गान्धी बनिन् राज्यसभा सांसद

सामाजिक फीड, भारत । भारतीय नेशनल कांग्रेस नेतृ सोनिया गान्धीले  राज्यसभा सांसदको सपथ लिएकी छन् । सोनिया राजस्थानबाट राज्यसभा सांसद बनेकी हुन् । बिहीबार भारतको नयाँ संसद भवनमा उपराष्ट्रपति जगदीप धनखरले गान्धीसहितअन्य राज्यसभा सांसदहरूलाई सपथ गराएका हुन् । सोनिया गान्धी पहिलो पटक राज्यसभा सांसद बनेकी हुन् । उनी राजस्थानबाट राज्यसभामा निर्विरोध निर्वाचित भएकी थिइन् । नेहरू-गान्धी […]

जसपाले बझाङबाट जाग्रीलाई बनायो उम्मेदवार

सामाजिक फीड, काठमाडौँ, २२ चैत्र । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बझाङ प्रदेश सभाको उपनिर्वाचनमा रामबहादुर जाग्रीलाई उम्मेदवार बनाएको छ । जसपाको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जाग्री २०७९ को निर्वाचनमा पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए । त्यसैगरी इलाम -२ मा भने जसपाले पहिचान […]

सिरहाबाट ब्राउन सुगरसहित एकजना पक्राउ

सामाजिक फीडजनकपुरधाम , चैत्र २२ गते । सिरहा प्रहरीले ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका वडा नं। ६ का ३८ वर्षीय रामएकवाल गिरी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बिहीबार बिहान करिब साढे १० बजेको समयमा गोलबजार ६ लक्ष्मी मन्दिर स्थित गिरीले आफ्नो घरमा लागूऔषध लुकाई छिपाई राखेको […]

वृद्धाको हत्यामा संलग्न युवक प्रहरीको फन्दामा

सामाजिक फीडजनकपुरधाम, चैत्र २२ गते । सर्लाहीको बागमती नगरपालिका(४, जिरायतमा एक वृद्धाको हत्यामा संलग्न युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । स्थानीय बौधु महतोकी श्रीमती ७० वर्षीय पार्वतीकुमारी महतो भन्ने पार्वतीदेवीको मङ्गलबार साँझ आफ्नै घरमा हत्या भएको थियो । प्रहरीले पार्वतीको हत्यामा संलग्न रहेका रौतहटको वृन्दावन नगरपालिका–५, नरकटिया बस्ने ३९ वर्षीय प्रमोद झा भन्ने प्रमोद […]

नेपाल प्रहरीका १९ इन्स्पेक्टर डिएसपीमा बढुवा

सामाजिक फीडजनकपुरधाम, चैत्र २२ गते । नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा भएका छन्। प्रहरी प्रधान कार्यालयको बुधबार बसेक बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका १९ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो। डिएसपीमा बढुवा हुनेहरूमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यररत निर्मल पनेरू, इलाका प्रहरी […]

विभिन्न ठाउँबाट तीन जना मृत फेला

सामाजिक फीडजनकपुरधाम, चैत्र २२ गते । देशका विभिन्न ठाउँबाट तीन जनाको मृत्यु भएको छ । मोरङ, काभ्रे र पर्सामा तीन जना मृत अवस्थामा फेला परेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका(६ जागृति टोल बस्ने ४५ वर्षीय निर्मला लिम्बु सोही ठाउँस्थित भोर्जना पैनिमा बुधबार मृत अवस्थामा फेला परेकी छन् । त्यसैगरी काभ्रेको खानिखोला गाउँपालिका(७ त्रिवेणीघाटस्थित त्रिवेणीघाट सामुदायिक […]

रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

सामाजिक फीडजनकपुरधाम,चैत्र २२ गते । रौतहटमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । गरूडा नगरपालिका-३ मलाही टोल बस्ने ४० वर्षीय मनोज सहनीको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । आफ्नै घरको कलमा नयाँ मोटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । यस […]

रौतहटमा ह्वाट्सएप ग्रुप बनाएर चिट चोराएको आरोपमा माविका प्रअसहित पाँचजना शिक्षक पक्राउ

सामाजिक फीडजनकपुरधाम , २२ गते । रौतहटमा ह्वाट्सएपमा एसईई ग्रुप बनाएर चिट चोराएको आरोपमा रौतहट प्रहरीले माविका प्रअसहित पाँचजना शिक्षकलाई पक्राउ गरेको छ। विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी एलिजा गिरीले जानकारी दिइन्। पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका-१ स्थित मावि पथराकोटका प्रअ उतिचन्द्र यादव, सरस्वती मावि परीक्षा केन्द्रका परीक्षा निरीक्षक […]