Samajik Feed – News Portal from Nepal

आजदेखि एसीसी प्रिमियर कप सुरु हुँदै, नेपाल र मलेसिया भिड्ने

सामाजिक फीड, काठमाडौँ, ३० चैत्र । आजदेखि एसीसी प्रिमियर कप सुरु हुँदैछ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई […]

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिदै

समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन आज अपराहन्न १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ ।  महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका […]

राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइयो: लिङ्देन

सामाजिक फीड, काठमाडौँ, २८ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइएको टिप्पणी गरेका छन् । बिहीवार काठमाडौंमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘राजनीति लेखपढले मात्र हुँदैन, राजनीति अहिले पछिल्लो दिनमा एक प्रकारले विकृत जस्तो भएको […]

छिन्नमस्ता गाउँपालिकाले किसानका लागि सिँचाइको महसुल तिरिदिने

सामाजिक फीड, राजविराज, २९ चैत्र । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्नो पालिकाभित्रका किसानहरूको सिँचाइको विद्युत् महसुल तिरिदिने भएको छ। कृषि उत्पादन बढाउनका लागि कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत खेत खेतमा गाउँपालिकाले सिँचाइ सुविधा पनि पुर्‍याउने निर्णय गरेको हो। ४० हजार जनसंख्या रहेको यस पालिकामा ९५ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन् । तर, सिँचाइको अन्य विकल्प नहुँदा किसानले […]

मुस्लिम धर्मावलम्बीहरूले आज ईद मनाउँदै

सामाजिक फीड, काठमाडाैँ, २९ चैत्र । मुस्लिम धर्मावलम्बीहरूले ३० दिनको (रमजान) रोजा सकेर आज ईद मनाउँदै छन् । बुधबार सूर्यास्तपछि सव्वाल महिनाको चन्द्रमा देखिएपछि रोजा सकिएर आज ईदुलफित्र अर्थात ईद मनाइँदैछ । पवित्र ग्रन्थ कुरआन अवतरण भएको महिना रमजान (रोजा) मुस्लिम समुदायको पवित्र महिना पनि हो । ईद देशभरि धुमधामका साथ मनाइँदैछ । खाडी मुलुकमा […]

कोशीमा प्रदेशसभाको विशेष अधिवेशन आव्हान

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । कोशीमा प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले एक चौथाइ बढी सांसदले माग गरे अनुसार वैशाख ६ गते १ बजेका लागि विशेष अधिवेशन आव्हान गरेका हुन् । यसअघि प्रदेश सरकारले २०८१ जेठ ११ गते प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका गरेको थियो । तर […]

इजरायलले गल्ति गर्यो, सजाय पाउछ- इरानी सर्वोच्च नेता खामेनी

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सिरियाको राजधानीमा रहेको इरानको वाणिज्य दूतावासमा भएको आत्मघाती हमलाको लागि इजरायललाई कारबाही गर्नुपर्ने र त्यसको सजाय भोग्नुपर्ने बताएका छन् । इदको अवसरमा इरानको राजधानी तेहरानमा आयोजित एक सभालाई सम्बोधन गर्दै अली खामेनीले यस्तो बताएका हुन् । इरानको सरकारी टिभीका अनुसार खामेनीले अप्रिल […]

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् ।  samajik_feedsamajikfeed.com

विद्यालयका तत्कालिन प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध मुद्धा दायर

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको सदाशिव प्रावि, कास्कीकोटका तत्कालिन प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले तत्कालिन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदी र लेखापरीक्षक कृष्ण प्रसाद गौतमले विद्यालयको हरहिसाबमा ३ लाख ७७ हजार २७७ अनियमितता गरेको आरोप लगाएको छ । साथै विद्यालयको खर्च पारदर्शी […]

पुडासैनीलाई राष्ट्रियसभाको उपाध्यक्ष बनाउने प्रस्ताव अस्वीकृत

काठमाडौँ, २८ चैत्र । राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवार बनेकी कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । बुधबार राष्ट्रियसभामा भएको मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो । यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए । samajik_feedsamajikfeed.com