आईपीएलमा आज मुम्बई र कोलकोता भिड्ने

भारत । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज आईपीएलमा मुम्बई इण्डियन्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदै छ । मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आईपीएलमा मुम्बई इण्डियन्सले खराब प्रदर्शन गरेको छ । मुम्बईले अहिलेसम्म १० खेलमा […]
आज विश्व प्रेस स्वतन्त्रता दिवस, विश्वभर मनाइँदै

सामाजिक फीड, काठमाडौँ, २१ वैशाख । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका नेपालसहित विश्वभर मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को […]
विभत्स अवस्थामा एक महिलाको शव फेला

सामाजिक फीड, विराटनगर, २० वैशाख । मोरङको सुन्दरहरैंचामा विभत्स अवस्थामा एक महिलाको शव फेला परेको छ। सुन्दरहरैंचा नगरपालिका–५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव आफ्नै घरभित्र अर्धनग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। महिलाको शव फेला परे पनि उनका श्रीमान् ५० वर्षीय पदमबहादुर तामाङ फरार रहेका छन्। मनमायाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले […]
देशभर इन्टरनेट प्रभावित, सेवा प्रदायकहरूले ब्याण्डविथको करिब ३ अर्ब तिरेनन्

काठमाडौँ, २० वैशाख । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन् । बिहीबार करिब ४ बजेदेखि वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो । उनीहरूले भारतीय कम्पनी एयरटेल, टाटालगायतका कम्पनीलाई ब्याण्डविथ वापतको करिब ३ अर्ब रकम नतिरेपछि इन्टरनेटको व्याण्डविथ काटिएको बताइएको छ । […]
सर्लाहीमा भीषण आगलागी, करिब सय घर जले

सामाजिक फीड, सर्लाही, २० वैशाख । सर्लाहीको विष्णु गाउँपालिका–१ स्थित बाराउद्योरण गाउँमा भीषण आगलागी भएको छ । आगलागीमा हुँदा करिब ६५ घर जलेका छन् । बिहीबार दिउँसो स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्याँस सिलिण्डर विस्फोट हुँदा गाउँका करिब ६५ घर पूर्ण रूपमा जलेको वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिए । नगरप्रमुख जवाहरलाल यादवले बाराउद्योरण गाउँमा […]
भन्सार छलेर ल्याएको १ सय ६ वटा बोइलर कुखुरा नष्ट

सामाजिक फीडजनकपुरधाम, बैशाख २० गते । भन्सार छलेर अवैध रुपमा नेपाल ल्याएको भन्दै १ सय ६ वटा बोइलर कुखुरा जिल्ला प्रहरी कार्यालय रौतहटले नष्ट गरेको छ । साइकलमा लोड गरेर ल्याउँदै गरेको बोइलर कुखुरा बौधिमाई नगरपालिका९७ मा चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिए । अवैध रुपमा भारतबाट नेपाल कुखुरा ल्याउँदै […]
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

समाजिक फीड,जनकपुरधाम , वैशाख २० गते । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति गाउँपालिका-२ जयपुर बस्ने २३ वर्षीय आयन भन्ने हर्क बहादुर धमलालाई प्रहरीले पक्राउ गरेको छ । धमलाले ती किशोरीलाई वैशाख १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । […]
सर्लाहीमा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरा गम्भीर घाइते

समाजिक फीड,जनकपुरधाम , वैशाख २० गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथमा बिहीबार बिहान स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । यसैगरी दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । बिहीबार बिहान १०ः३० बजे भएको दुर्घटनामा सागरनाथकै मीनबहादुर थापा मगरकी श्रीमती ४० वर्षीया देवीमाया थापा मगरको घटनास्थलमै मृत्यु भएको हो । देवीमायाले चलाएको […]
वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले बलिङ गर्दै

समाजिक फीड,जनकपुरधाम , वैशाख २० गते । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेलमा वेस्ट इन्डिज ए ले टस जितेको छ । वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसंगै नेपालले पहिला बलिङ गर्ने भएको […]
काठमाडौँ आजपनि विश्वकै प्रदुषित शहर

समाजिक फीड,जनकपुरधाम , वैशाख २० गते । काठमाडौँ उपत्यकाको वायु प्रदूषण अहिले पनि अस्वस्थ रहेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आजपनि काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । विहिबार १७८ एक्यूआइसहित काठमाडौँ शिर्ष स्थानमा रहेको छ । […]