Samajik Feed – News Portal from Nepal

बारामा कारको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु, दुईजना पक्राउ

सामाजिक फीडजनकपुरधाम, वैशाख २६ गते । बारामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । परवानीपुर गाउँपालिका–५ नौतन बहुर्अरीस्थित सडकमा दुर्घटना हुँदा पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । डीएल १ सिएच २३६० नम्बरको कारको ठक्करबाट स्थानीय ऋषि मुनि साहकी छोरी ६ वर्षीय प्रीति कुमारी साहको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते […]

निर्वाचन आयोगविरुद्ध अदालत जान्छु: उपेन्द्र यादव

सामाजिक फीड, काठमाडौँ, २६ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले अवैधानिक रूपमा पार्टी विभाजन गराउने काम गरेको भन्दै कानुनी उपचार खोज्ने बताएका छन् । आज पत्रकार सम्मेलनको आयोजन गरी उनले निर्वाचन आयोगमा दल दर्ता सम्बन्धी ऐन नै भएको बेलामा गैर कानुनी तरिकाले रातारात पार्टी दर्ता […]

जनकपुरमा कुकुरले टोकेर ६ वर्षिया बालिकाको मृत्यु

सामाजिक फीडजनकपुरधाम, बैशाख २६ गते । जनकपुरमा कुकुरको आक्रणबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ । पुलचोकस्थि खेल्दै डेरा नजिकै रहेको आँप घारीमा कुकुरले टोक्दा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शहिदनगर नगरपालिकाको यदुकोहा स्थायी घर भएका दिपक साहकी ६ वर्षीया छोरी मंगलवार साँझ पुलचोकस्थित डेरा नजिककै घारिमा आँप टिप्न गएकी थिइन् […]

सुहाङले लिए शपथ

समाजिक फीड,जनकपुरधाम , वैशाख २६ गते । इलाम- २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार बिहान सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्बाङले शपथ लिएका हुन् । गत बैशाख १५ गते भएको उपनिर्वाचनबाट एमालेबाट उम्मेदवार नेम्वाङ शानदार विजयी भएका थिए । नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गर्दै […]

सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार मूल्य

समाजिक फीड,जनकपुरधाम , वैशाख २६ गते । नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै १ लाख ३६ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि छापावाल […]

सन्दीपको आक्रोश- ‘गौशाला २६’ सँग कुनै सम्बन्ध प्रमाणित भए फाँसीमा दिइयोस्

सामाजिक फीड, काठमाडौँ, २६ वैशाख । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै सन्दीपले सम्बन्ध दोषी देखिए फासी नै चढाइयोस् भनेका हुन् । पछिल्लो समय उच्च अदालतमा उनले पुनरावेदन गरेको मुद्धाको सुनुवाई स्थगित हुदै आएपछि सन्दीपले सामाजिक सञ्जालमा आफु निर्दोष रहेको […]

गायिका मेनुकाको आँखामा कस्मेटिक प्रोथेस्टिक सर्जरी

सामाजिक फीडजनकपुरधाम, बैशाख २५ गते । गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ । हालै तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार लगायतको समूहले कृत्रिम आँखा राखेको हो । ‘कस्मेटिक प्रोथेस्टिक’ राखिएपनि मेनुकाको दृष्टि भने फिर्ता नआउने भएको छ ।  कस्मेटिक प्रोथेस्टिक सर्जरीले बाहिरबाट हेर्दा आँखा राम्रो देखिने र चश्मा […]

जसपा नेपालले पार्टी विभाजनविरुद्ध कानुनी उपचार खोज्ने, बुधबार पत्रकार सम्मेलन गर्दै

सामाजिक फीडजनकपुरधाम, बैशाख २५ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने निष्कर्षमा पुगेका छन् । मंगलबार पार्टी कार्यालयमा शीर्ष नेताहरूसँग गरेको अनौपचारिक छलफलबाट कानुनी उपचार खोज्ने निर्णय भएको पार्टीका प्रवक्ता मनिष समुनले जानकारी दिएका छन् । दल विभाजन सम्बन्धी कानुन नै नभएको अवस्थामा निर्वाचन आयोगले पार्टीको […]

रौतहटमा मोटरसाइकल चोरीको घटना बढदै

सामाजिक फीड जनकपुरधाम, बैशाख २५ गते । रौतहटमा मोटरसाइकल चोरी हुने क्रम बढ्दै गएको छ । रौतहटको चन्द्रनिगापुरबाट दैनिक रूपमा मोटरसाइकल चोरीको घटना बढदै गएको छ । विगत एक हप्तादेखि दैनिक एउटा मोटरसाइकल चोरी हुँदै आएको स्थानीयले बताएका छन् । पहिलाको तुलनामा मोटरसाइकल चोरीका घटनामा केही कमी आएको भएपनि पछिल्लो समय आएर चन्द्रनिगापुर क्षेत्रबाट दैनिक […]

माओवादीभित्र भाँडभैलो, दुई दर्जन केन्द्रिय सदस्यले मधेश प्रदेशको बैठक बहिस्कार गरे

सामाजिक फीड जनकपुरधाम , बैशाख २५ गते । महोत्तरीको बर्दिबासमा बसेको नेकपा माओवादी केन्द्रको प्रदेशको बैठक करिब दुई दर्जन केन्द्रिय सदस्य र वैकल्पिक सदस्यहरुले बहिस्कार गरेका छन् । अगामी भदौमा हुने प्रदेश सम्मेलनको तयारीका लागि बसेको बैठक प्रदेश इन्चार्ज लिलामणि पोखरेलको कार्यशैलीको विरोध गर्दै असन्तुष्ट नेताहरुले बहिस्कार गरेका हुन् । महोत्तरीको बर्दिबासस्थि पञ्चधुरा पार्टी प्यालेसमा […]