Samajik Feed – News Portal from Nepal

मधेश सरकारबाट बाहिरियो माओवादी, अल्पमतमा सरकार

समाजिक फीड,जनकपुरधाम , वैशाख ३० गते । जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका छन् । राजीनामा दिनेमा उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साह रहेका छन् ।  साथै माओवादी केन्द्रले आजै सरकारबाट […]

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

समाजिक फीड,जनकपुरधाम , वैशाख ३० गते । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आइतबार राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो । भेटमा देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्डले जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम […]

अल्लु अर्जुनविरुद्ध मुद्दा दर्ता

सामाजिक फीड, भारत । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनविरुद्ध मुद्दा दर्ता भएको छ । उनीविरुद्ध आन्ध्र प्रदेश प्रहरीले मुद्दा दर्ता गरेको हो । आन्ध्र प्रदेशमा लोकसभा चुनावसँगै विधानसभा चुनाव हुँदैछ। नांघाल सिटबाट अल्लु अर्जनका साथी शिल्पा रवि चन्द्र किशोर रेड्डीले उम्मेदवार दिएका छन्। चुनाव प्रचारको अन्तिम दिन अल्लु अर्जुन साथीलाई समर्थन गर्न पुगेका थिए। तर […]

जसपा नेपालले आज निर्वाचन आयोगविरुद्ध मुद्दा दायर गर्ने

सामाजिक फीड, काठमाडाैँ, ३० वैशाख । जनता समाजवादी पार्टी नेपालले आज निर्वाचन आयोगविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर गठित अशोक राईको जसपालाई आयोगले मान्यता दिएपछि मुद्दा दायर गर्न लागिएको हो । त्यो मान्यता कानुन विपरीत रहेको भन्दै जसपा नेपालले सर्वोच्चमा आजै रिट दायर गर्न लागेको पार्टी […]

एमाले नेता डा. नवलकिशोर साह (आजपा)मा प्रवेश

समाजिक फीड,जनकपुरधाम , वैशाख ३० गते । नेकपा एमाले सर्लाहीका सदस्य डा. नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्। साहलाई आजपा अध्यक्ष प्रभु साहले आइतबार पार्टीमा प्रवेश गराएका हुन्।  उनलाई आजपा अध्यक्ष साहले टिका खादा लगाएर स्वागत गरे। पार्टीमा स्वागत गर्दै साहले उनलाई प्रवेशको उज्जवल राजनीतिक भविष्यको शुभकामना दिए। samajik_feedsamajikfeed.com

सभामुखले कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतकहरुसँग छलफल गर्दै

समाजिक फीड,जनकपुरधाम , वैशाख ३० गते । सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकहरुको बैठक बोलाएका छन् । सभामुख घिमिरेले आज दिउँसो २ बजे सिंहदरवारस्थित कार्यकक्षमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ […]

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

समाजिक फीड,जनकपुरधाम , वैशाख ३० गते । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरोको बैठक सोमबार हुने भएको छ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिने छ । पार्टीको आज सम्पन्न हुने स्थायी कमिटीका निर्णय उपर पनि […]

भरतपुरमा विद्यार्थी लिन गएको बसमा आगजनी

समाजिक फीड,जनकपुरधाम , वैशाख ३० गते ।  चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेका छन् । विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेर भागेको विद्यालयले जानकारी दिएको हो । आगलागीबाट बस पूर्ण रुपमा जलेको छ । तीनवटा मोटरसाइकलमा आएका […]

नेपाल आइडल फेम गायक रवि ओड प्रहरीको नियन्त्रणमा

समाजिक फीड,जनकपुरधाम , वैशाख ३० गते । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुर प्रहरीका अनुसार गायक ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् । उनीविरूद्ध श्रीमतीले गत चैत २१ गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन्। त्यसबेला […]

करेन्ट लागेर एक जनाको मृत्यु

सामाजिक फीड, काठमाडौँ, २९ वैशाख । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका-९ रामनगरकी २८ वर्षीया कुसुम देवी महतोको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो । श्रीमानलाई करेन्ट लागेर जोगाउन जाँदा श्रीमतीको करेन्ट लागेर मृत्यु भएको हो । घर अगाडि ११ हजार भोल्टको तारमा वाइफाईको तार बेरिएर भुईँमा झरेको अवस्थामा […]