Samajik Feed – News Portal from Nepal

मधेश : बालुवाको ठाउँमा माटोमा जम्प गराइएपछि एक खेलाडी घाइते

जनकपुरधाम, ०२ वैशाख । मधेश प्रदेशको जनकपुरधाममा जारी राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगितामा एक खेलाडी घाइते भएका छन् । वैशाख ४ गतेबाट काठमाडौँमा हुन लागेको प्रतियोगितामा सहभागिताका लागि जनकपुरधाममा मधेश प्रदेशका खेलाडी छनौटका खेलहरू चलिरहेका छन् । दुई दिनदेखि रजौलस्थित श्री रामजानकी बहुउद्देश्यीय रंगशालामा छनौट प्रतियोगिता चलिरहेको हो । यसैक्रममा आइतबार एथलेटिक्सतर्फ भएको लङजम्प […]

इङल्याण्डको सी टिमविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा

समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले इङल्याण्डको सी टिमविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले इङल्याण्ड सी टिम विरुद्धको मैत्रीपूर्ण खेलका लागि २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । नेपालले वैशाख २४ मा हुने इङल्याण्ड सी विरुद्ध  मैत्रीपूर्ण खेल खेल्दै छ । […]

संघीय संसदको हिउदे अधिवेसनको अन्त्य

समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । संघीय संसदको हिउदे अधिवेसनको अन्त्य भएको छ । सभामुख देवराज घिमिरेले आज बसेको बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउदै अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन् ।   सभामुख घिमिरेले कानून निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मकरुपमा अघिल्ला अधिवेशनहरुभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको भएपनि प्रर्याप्य हुन नसकेको बताएका […]

इरानले इजरायलमा गरेका ९९ प्रतिशत मिसाइल आक्रमण आकाशमै ध्वस्त

समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । इरानले ३०० भन्दा बढी ड्रोन आक्रमण गरेको इजरायली सेनाले जानकारी दिएको छ । गएरातीदेखि इरानले इजरायलमाथि आक्रमण शुरु गरेको थियो ।  यहि अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि इरानले सो को बदलास्वरूप यो आक्रमण गरेको जनाएको छ । सो आक्रमणमा दुई इरानी सेना कमाण्डरसहित १३ […]

भाजपाद्वारा ‘मोदी की ग्यारेन्टी’ घोषणापत्र जारी

एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) ले आइतबार लोकसभा चुनावका लागि आफ्नो घोषणापत्र जारी गरेको छ । यसलाई मोदीको ग्यारेन्टी नाम दिइएको छ । दिल्लीस्थित भाजपा मुख्यालयमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डा, गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंह र अन्य नेताहरू उपस्थित थिए । प्रधानमन्त्रीले विभिन्न वर्ग र क्षेत्रका मानिसहरूलाई मञ्चमा बोलाएर […]

कांग्रेसको निष्कर्ष- सरकार संसदबाट भाग्यो

समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । नेपाली कांग्रेसले सरकारले संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम गरेको भन्दै संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णयको भर्त्सना गरेको छ । आइतबार बिहान संसदीय दलको बैठकले सरकार जनताका समस्याप्रति गैरजिम्मेवार हुदै सरकारले संसदि अन्त्य गरेकोप्रति निन्दा गरेको मुख्य सचेतक रमेश लेखकले जानकारी दिएका छन् । लेखकले बैठकका निर्णय […]

एकीकृत समाजवादीले झलनाथ र गरिमालाई दियो उपनिर्वाचनको जिम्मेवारी

समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । नेकपा एकीकृत समाजवादीले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि पुर्वप्रधानमन्त्री झलनाथ खनाल र गरिमा शाहलाई चुनावी जिम्मेवारी तोकेको छ ।   प्रतिनिधिसभा निर्वाचन इलाम-२ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सुदूरपश्चिम प्रदेशको बझाङ १ मा प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टी सचिव गरिमा शाहलाई जिम्मेवारी तोकिएको हो। चुनावमा सम्बन्धित जिल्ला […]

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । नेपाली बजारमा सुनको मुल्य घटेको छ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २२०० ले घटेर १ लाख ३६ हजार ८०० कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला […]

सलमान खानको घर बाहिर गोली चल्यो

समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । बलिवुड अभिनेता सलमान खानको घर बाहिर आइतबार गोली चलेको छ । मुम्बईको बान्द्रास्थित गैलेक्सी अपार्टमेन्ट अगाडी गोली प्रहार भएको थियो । ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुई मोटरसाइकल सवारले ४ राउण्ड फायर गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । गोली चलेपछि घरको सुरक्षा बढाइएको बताइएको छ । गोली चल्दा सलमान […]

अष्ट्रेलियामा ६ जनाको हत्या गर्नेको पहिचान, ‘मानसिक सन्तुलन’ को समस्या

समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । अष्ट्रेलियामा छुरा प्रहार गरी ६ जनाको हत्या गर्नेको पहिचान गरिएको छ ।  अष्ट्रेलियाको सिड्नीको एक सपिङ सेन्टरमा ६ जनाको हत्या गर्नु अघि चक्कु प्रहार गर्ने व्यक्तिको अष्ट्रेलिया प्रहरीले पहिचान गरेको हो । समाचार अनुसार ४० वर्षीय जोएल काउचीले शनिबार भिडभाड भएको वेस्टफिल्ड बोन्डी जंक्शन कम्प्लेक्समा आतंकित पारेका थिए, […]