Samajik Feed – News Portal from Nepal

महाकुम्भमा नेपालीका लागि विशेष बसोबास र खानपानको सुविधा

सामाजिक फीड, जनकपुरधाम, माघ १७। भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालका ५० लाखभन्दा बढी तीर्थयात्रीहरु सहभागी भएका छन् । नेपाल–भारत खुला सीमाका कारण नेपालीहरुका लागि सहज भएको हो । नेपालको जनकपुरधामबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासको नेतृत्वमा नेपाली श्रद्धालुहरूको सुविधाका लागी खालसा निर्माण भएको छ । धर्मराज मन्दिर ऋषिकेशका महन्त महामण्डलेश्वर श्री विष्णुदास […]

तराई-मधेश केन्द्रित दलबीच मोर्चा बनाउन कार्यदल गठन

सामाजिक फीड-माघ १७ गते – जनकपुरधाम तराई-मधेश केन्द्रित आठ राजनीतिक दलबीच मोर्चा वा लूज एलायन्स गठनका लागि आठ सदस्यीय कार्यदल गठन गरिएको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकले प्रत्येक दलबाट एक/एक जना प्रतिनिधि रहने गरी कार्यदल बनाउने निर्णय गरेको हो। राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले कार्यदल गठन भएको जानकारी दिँदै भने, “कार्यदलले सहकार्यका सम्भावित […]

सिँचाइ संकट समाधान गर्न किसानले खोलामा बनाए बाँध

सामाजिक फीड-माघ १७ गते – जनकपुरधाम धनुषाधाम नगरपालिका–९, मुर्गिया गाउँका किसानले सिँचाइको अभाव झेल्दै आएका थिए। खेतबारीमा लगाएको बाली सुक्न थालेपछि स्थानीयले सामूहिक रूपमा मुर्गिया खोलामा माटो, बालुवा, बाँस, ढुङ्गा, र पातपतिङ्गरको प्रयोग गरी अस्थायी बाँध निर्माण गरेका छन्। स्थानीय किसान तेजिलाल यादवका अनुसार बाँधबाट करिब १५० बिघा खेतमा सिँचाइ सहज भएको छ। पाइपको माध्यमबाट […]

अमेरिका र क्यानडा पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

सामाजिक फीड-माघ १७ गते – जनकपुरधाम अमेरिका र क्यानडा पठाइदिने प्रलोभनमा रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीका अनुसार कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१ का भुवन कार्की (२५) र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-३ का नितेश पोखरेल (४२) पक्राउ परेका हुन्। भुवनले अमेरिका पठाइदिन्छु भन्दै तीनजनाबाट १ करोड रुपैयाँ ठगेका थिए भने नितेशले क्यानडाका लागि […]

नेपाल–बङ्गलादेश ऊर्जा सहकार्यलाई प्रवर्द्धन गर्दै

सामाजिक फीड-माघ १७ गते – जनकपुरधाम ढाकास्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यशालामा नेपालले बङ्गलादेशका लगानीकर्तालाई ऊर्जा क्षेत्रमा पूँजी परिचालन गर्न आग्रह गरेको छ। कार्यक्रममा राजदूत घनश्याम भण्डारीले नेपाल–बङ्गलादेश व्यापारिक सम्बन्धबारे चर्चा गर्दै पहिलोपटक नेपालबाट बङ्गलादेशले ४० मेगावाट जलविद्युत् आयात गरिसकेको उल्लेख गर्नुभयो। उहाँले ऊर्जा साझेदारीले सम्पूर्ण दक्षिण एशियालाई लाभ पुग्ने बताउँदै लगानीकर्तालाई नेपालमा व्यापारिक अवसरहरू […]

मधेश प्रदेश १०औँ राष्ट्रिय खेलकुदका लागि सक्रिय

सामाजिक फीड-माघ १७ गते – जनकपुरधाम मधेश प्रदेश सरकारले कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ। सुर्खेतमा २३ चैतदेखि सुरु हुने प्रतियोगितामा सहभागी खेलाडी छनोट तथा सहभागिता रणनीतिमा काम भइरहेको खेलकुद तथा समाज कल्याण मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेशभरिबाट ५ हजारभन्दा बढी खेलाडीको आवेदन परेपनि ६५० खेलाडी मात्र छनोट गरिनेछ। खेलकुद […]

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखपुर जाँदै, गोरखनाथ मन्दिरमा विशेष पूजा गर्ने

सामाजिक फीड-माघ १७ गते – जनकपुरधाम। पूर्वराजा ज्ञानेन्द्र शाह भारतको गोरखपुर जाने भएका छन्। हाल भैरहवामा रहेका शाह बिहीबार गोरखनाथ मन्दिरमा विशेष पूजा गर्न प्रस्थान गर्नेछन्। पूर्वराजाका संवाद सचिव फणीराज पाठकका अनुसार गोरखपुर भ्रमणका क्रममा शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्नेछन्। गोरखनाथ मन्दिरमा पूर्वराजाले परम्पराअनुसार खिचडी चढाउने कार्यक्रम रहेको छ। सोही धार्मिक परम्परालाई […]

नेपालको व्यापार र विकासमा आईटीको महत्वपूर्ण भूमिका – प्रधानमन्त्री ओली

सामाजिक फीड-माघ १७ गते – जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आईटी क्षेत्र व्यापार, व्यवसायदेखि दैनिक जीवनको महत्वपूर्ण अंग बनिसकेको बताएका छन्। नेपाल चेम्बर एक्स्पोको उद्घाटन गर्दै उनले देशको विकासमा आईटीको भूमिकाबारे जोड दिए। उनले नेपालले तीव्र आर्थिक तथा विकास गतिविधि अघि बढाइरहेको भन्दै आईटी क्षेत्र पनि उल्लेखनीय रूपमा विस्तार भइरहेको बताए। अस्थिर राजनीतिक अवस्थाका […]

विदेशमा जन्मिएका बच्चालाई अंगीकृत नागरिकता दिने व्यवस्था

सामाजिक फीड, जनकपुरधाम। माघ १७। नेपाल सरकारले नयाँ नागरिकता विधेयक प्रस्ताव गर्दै विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका व्यक्तिहरूलाई अंगीकृत नागरिकता दिने व्यवस्था गरेको छ। प्रतिनिधिसभामा पेश गरिएको नागरिकता ऐन २०६३ को संशोधन विधेयकमा यस्तो प्रावधान समेटिएको हो। बढ्दो संख्यामा विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका बालबालिकालाई अनागरिक हुनबाट जोगाउन सरकारले यो व्यवस्था अघि सारेको […]

महाकुम्भ मेलामा नेपाली तीर्थयात्रीहरूको विशेष सुविधा, खालसा निर्माण

सामाजिक फीड-माघ १६ गते – जनकपुरधाम प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालबाट ५० लाखभन्दा बढी श्रद्धालु सहभागी भएका छन्। जनकपुरधामस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासको नेतृत्वमा नेपाली तीर्थयात्रीहरूका लागि विशेष खालसा निर्माण गरिएको छ। धर्मराज मन्दिर ऋषिकेशका महन्त महामण्डलेश्वर श्री विष्णुदास महाराजले नेपाली तथा भारतीय तीर्थयात्राका लागि विशेष बसोबास तथा खानपानको सुविधा उपलब्ध गराएका […]