Samajik Feed – News Portal from Nepal

सुरु भयो कुम्भ मेला

सामाजिक फीड-पुष २९ गते , जनकपुरधाम । भारतको उत्तर प्रदेश प्रान्तमा पर्ने प्रयागराजमा आज (सोमबार) कुम्भ मेला सुरु भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार यो कुम्भ मेला महाशिवरात्रिका दिन फेब्रुअरी २६ मा समापन हुनेछ। कुम्भ मेलाका डीआईजी वैभव कृष्णले आस्थाको यस संगममा अहिलेसम्म करिब ५० लाख मानिसले डुबुल्की लगाइसकेको बताएका छन्।उत्तर प्रदेश सरकारले यसपटक कुम्भमा ४० करोड मानिस सहभागी हुने दाबी […]

स्वस्थानी व्रत कथा र माधवनारायण पूजा आजदेखि सुरु, शालीनदीमा विशेष मेला

सामाजिक फीड-पुष २९ गते , जनकपुरधाम । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायण पूजा आजबाट सुरु भएको छ। माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म घर–घरमा स्वस्थानीको कथा वाचन र श्रवण गरिन्छ। धार्मिक मान्यताअनुसार, स्वस्थानी व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने विश्वास रहेको छ। यो व्रतको शुरुवात स्नान, […]

जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको प्रमुखमा डा. बसन्त कर्ण नियुक्त

सामाजिक फीड-पुष २९ गते , जनकपुरधाम । त्रिभुवन विश्वविद्यालयले जनकपुरधामको रामस्वरुप रामसागर बहुमूखी क्याम्पसको प्रमुखमा प्राध्यापक डा. बसन्त कर्णलाई नियुक्त गरेको छ । यसअघि क्याम्पस प्रमुखका लागि५ जनाको नाउँ सर्ट लिष्टमा राखिएको थियो जसमध्ये कर्णलाई नियुक्ति गरिएको त्रिविले जनाएको छ ।क्याम्पस प्रमुखका लागि सर्ट लिष्टमा सहप्राध्यापक डा. रञ्जनकुमार सिंह, उपप्राध्यापक रेमन्त मोरबैता, प्राध्यापक वसन्तकुमार कर्ण, […]

मलेसियामा अध्यागमन कानुन उल्लंघन गर्ने १३ नेपाली निष्काशित

सामाजिक फीड-पुष २८ गते , जनकपुरधाम । मलेसिया सरकारले अध्यागमन कानुन उल्लंघन गर्ने १३ जना नेपालीलाई निष्काशन (डिपोर्ट) गरेको छ। उनीहरू गत साता मालिन्दो एयरलाइन्समार्फत काठमाडौं आइपुगेका हुन्। वैदेशिक रोजगारीका लागि विभिन्न मेनपावरमार्फत् मलेसिया पुगेका यी नेपालीहरू कम्पनी परिवर्तन गर्ने, प्रवेशाज्ञा (भिसा) को म्याद सकिएपछि समेत काम गर्नेजस्ता अध्यागमन कानुन उल्लंघनमा संलग्न रहेको आरोपमा निष्काशित […]

२७औँ भूकम्प सुरक्षा दिवस माघ २ गते मनाइने

सामाजिक फीड-पुष २८ गते , जनकपुरधाम । शहरी विकास तथा भवन निर्माण विभागले आगामि माघ २ गते २७औँ भूकम्प सुरक्षा दिवस मनाउने भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा विभागले ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ देशव्यापी विविध कार्यक्रमहरूको आयोजना गरिने जानकारी गराएको छ। दिवसको मुख्य समारोह कीर्तिपुर नगरपालिका […]

नेप्से २५.४१ अङ्कले घट्यो, कारोबार रकममा पनि गिरावट

शेयर बजार

सामाजिक फीड-पुष २८ गते , जनकपुरधाम । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४१ अङ्कले घटेर २ हजार ६०९.६७ विन्दुमा झरेको छ। आज सबै समूहको शेयर मूल्यमा गिरावट आएको छ। विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, निर्जीवन बीमा, र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो […]

जय ट्रफी एलिट कप: मधेश प्रदेशलाई ८ विकेटले हराउँदै त्रिभुवन आर्मी फाइनल नजिक

सामाजिक फीड-पुष २८ गते , जनकपुरधाम । जय ट्रफी एलिट कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्दै फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ। मधेशले दिएको झिनो २८ रनको लक्ष्य आर्मीले २ विकेटको क्षतिमा सहजै पूरा गर्यो। यसअघि, पहिलो ब्याटिङ गरेको आर्मीले ९ विकेटको क्षतिमा २२५ रन बनाएर पारी समाप्तिको घोषणा गरेको […]

सर्प व्यवस्थापन तालिम सम्पन्न

सामाजिक फीड-पुष २८ गते , जनकपुरधाम धनुषाको मिथिला बिहारी–३ (मिथिलेश्वर मउवाही) मा ३ दिने सर्प व्यवस्थापन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। मिथिला वाइल्डलाइफ ट्रस्टको आयोजनामा, सेभ द लाइभ्सको समन्वयमा र पिपल ट्रीको सहयोगमा उक्त तालिम सम्पन्न भएको हो। तालिममा प्रशिक्षकहरू रोहित गिरी, सुबोध आचार्य र देव नारायण मण्डलले सर्प व्यवस्थापन सम्बन्धी आफ्नो उत्कृष्ट ज्ञान र […]

संघीयतामाथि प्रश्न उठ्यो भने संविधानमाथि प्रश्न उठ्छ: मन्त्री लेखी

सामाजिक फीड-जनकपुरधाम, पुस २६ गते । मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले संघीयता खारेज भए संविधान पनि खारेज हुने चेतावनी दिएका छन्। जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री लेखीले संघीय संरचना खारेज हुँदा मुलुकको संविधानमाथि नै प्रश्न उठ्ने बताए। उनले भने, “अहिले एउटा समूहले तीन तहको संरचना बोझिलो भएको र विकृति बढेको भन्दै […]

जनकपुरधाममा लोकतान्त्रिक जवाफदेहितामा युवाको भूमिका माथि छलफल

सामाजिक फीड-जनकपुरधाम, पुस २६ गते । जनकपुरधाममा युवा आवाजलाई लोकतान्त्रिक जवाफदेहिताको क्षेत्रमा सशक्त बनाउन ‘आर्टिभिजम कार्यक्रम’ आयोजना गरिएको छ। आयोजक संस्था कायापलटले कला र संवादमार्फत समुदायलाई सशक्त बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रमको पहिलो सेसनमा “संघीयतापछि मधेशमा कस्तो छ लोकतान्त्रिक जवाफदेहिता?“ विषयमा गहन छलफल भएको थियो। राजनीतिक विश्लेषक मनोज साह, महिला नेतृ बिन्दु ठाकुर, […]