स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, चाँदीको मूल्य पनि वृद्धि

सामाजिक फीड-जनकपुरधाम, भदौ १६ गते नेपाली बजारमा सुनको मूल्यमा पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिनको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १,७०० रुपैयाँले बढेको हो। महासंघका अनुसार, आइतबार प्रतितोला २,०३,६०० रुपैयाँमा कारोबार भएको सुन सोमबार २,०५,३०० रुपैयाँमा पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो। स्थानीय बजारमा सुनको मूल्य वृद्धि हुनुको कारण अन्तर्राष्ट्रिय […]
दशैंका लागी भदौ २९ देखि सुकिला नोट सटही हुने, जनकपुरसहित यी स्थानमा सटही गर्न सकिने

सामाजिक फीड-जनकपुरधाम, भदौ १५ गते । आउँदो दशैंका लागि सुकिला नोट सटही यही भदौ २९ गतेदेखि सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न सकिनेछ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीस्थित विभागीय कार्यालयसँगै प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज […]
सुन प्रतितोला २ लाख ६ सय रुपैयाँ, चाँदी पनि महँगियो

सामाजिक फीड-जनकपुरधाम, भदौ १३ गते । शुक्रबार सुनको मूल्यले नयाँ रेकोर्ड कायम गरेको छ। यसअघि साउन २३ गते कायम भएको रेकर्डलाई तीन सातामै तोड्दै, आज सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १२ सय रुपैयाँले महँगिएको छ। साउन २३ गते सुनको […]
जनकपुरमा ई–रिक्साको व्यापक लापरबाही, दुर्घटना र जाम बढ्यो

जनकपुरधाम, भदौ १२ गते । जनकपुरधामका सडकहरूमा अनियन्त्रित रूपमा बढ्दै गएका ई–रिक्साले ट्राफिक जाम मात्र होइन, दुर्घटनाको खतरा पनि दिनानुदिन बढाइरहेको छ। बिना दर्ता, बिना लाइसेन्स र चालकको मनपरी कारण सहर अस्तव्यस्त हुँदै गएको स्थानीयवासीको गुनासो छ। विशेषगरी जानकी चोक, जनक चोक, शिव चोक, विश्वकर्मा चोक, सीता चोक, मुरली चोक, पिडारी चोक र बसपार्क क्षेत्रमा […]
चित्रपुरमा भोलिदेखि दुईदिने आँप मेला

सामाजिक फीड–जनकपुरधाम, असार १३ गते । धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित चित्रपुरमा भोलिबाट दुई दिने आँप मेला आयोजना हुने भएको छ। स्थानीय स्तरमा उत्पादित आँपको प्रवद्र्धन, व्यवसायिक विस्तार तथा चित्रपुरलाई कृषिपर्यटन गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । ‘चित्रपुर आँप मेला महोत्सव–२०८२’ असार १४ र १५ गते मेला हुने आयोजक चित्रपुर म्याङ्गो […]
छैटौं जनकपुर साहित्य महोत्सव माघ २४-२६ गते आयोजना हुँदै

सामाजिक फीड- जनकपुरधाम माघ २२ गते – जनकपुरधाममा विगत पाँच वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको नव मिथिला फाउन्डेसनद्वारा ‘जनकपुर साहित्य महोत्सव’ यस वर्ष छैटौं संस्करणमा प्रवेश गर्दैछ। तीन दिवसीय महोत्सव माघ २४, २५, र २६ गते जनकपुरधामको ऐतिहासिक राम मन्दिर पार्कमा आयोजना गरिनेछ। यस छैटौं संस्करण महोत्सवमा साहित्य, शिक्षा, पर्यटन, नीति निर्माण, अर्थतन्त्र, सुशासन, […]
तस्करी आशंकामा बाराबाट मालबाहक ट्रक पक्राउ

सामाजिक फीड- जनकपुरधाम माघ २२ गते – तस्करीको आशंकामा बारा प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। गत सोमबार जितपुर सिमरा उपमहानगरपालिका-७ बाट राति साढे ११ बजे प्रहरीले लु१ख ७९६९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो। वीरगन्जबाट रुपन्देहीतर्फ जाँदै गरेको ट्रकमा बिल बिजक भन्दा बढीको सामान देखिएपछि नियन्त्रणमा लिइएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक […]
नेपालको व्यापार घाटा ७ खर्ब २३ अर्ब रुपैयाँ नाघ्यो

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालको व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.४ प्रतिशतले वृद्धि भएको हो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ९.८ प्रतिशतभन्दा […]
तराई वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा दास चयन

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । तराई वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा रौतहटका हृदय नारायण दास चयन भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी निकट फोरमको बैठकले दासको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति पुनर्गठन गरेको हो। कार्यसमितिमा प्रथम उपाध्यक्ष संजय चौधरी, द्वितीय उपाध्यक्ष खातुन राईन, तृतीय उपाध्यक्ष निर्मल राय आमात्य, महासचिव बिरेन्द्र कुमार यादव, सचिव हाकिम राय, तथा […]
अमेरिकाले आयातीत वस्तुमा कडाइ, चीन, क्यानडा र मेक्सिको प्रभावित

सामाजिक फीड-जनकपुरधाम , माघ २० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा नयाँ ट्यारिफ (शुल्क) लागू गर्ने निर्णय गरेका छन्। उक्त निर्णय १ फेब्रुअरी २०२५ (१९ माघ २०८१) देखि प्रभावकारी भएको छ। ओभल अफिसमा आयोजित मिडिया ब्रिफिङका क्रममा ट्रम्पले यो जानकारी दिएका हुन्। नयाँ नीतिअनुसार, अमेरिकाले मेक्सिको र क्यानडाबाट […]