भारत तमिलनाडुको पटाका कारखानामा आगलागी हुँदा आठजनाको मृत्यु

एजेन्सी-जनकपुरधाम, वैशाख २७ गते । भारतको तमिलनाडुको एक पटाका कारखानामा आगलागी हुँदा आठजनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार तमिलनाडुको शिवकाशीमा रहेको पटाका कारखानामा आगलागीमा मृत्यु हुनेमा पाँच महिला छन्। दमकलका कर्मचारीले आगो नियन्त्रणमा लिएका छन्। आगलागीमा परी घाइते भएकाहरूको अस्पतालमा उपचार भइरहेको छ।
सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

भारत । भारतको सीरम इन्स्टिच्युटले डिसेम्बर २०२१ देखि कोभिशिल्ड भ्याक्सिन उत्पादन बन्द गरेको बताएको छ । यसअघि फार्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले विश्वभरका बजारबाट आफ्नो कोभिड भ्याक्सिन फिर्ता लिने बताएको थियो । भारतको सीरम इन्स्टिच्युटले एस्ट्राजेनेकासँगको सहकार्यमा कोरोना महामारीको समयमा कोविशिल्ड भ्याक्सिन बनाएको हो । भारतको सीरम इन्स्टिच्युटका प्रवक्ताले भने, ‘भारतले २०२१ र २०२२ मा उच्च स्तरको […]
बिना अनुमति हज यात्रामा आए कारवाही गर्ने साउदी अरेबियाको चेतावनी

समाजिक फीड,जनकपुरधाम , वैशाख २७ गते । साउदी अरेबियाको गृह मन्त्रालयले जुन २ बाट सुरु हुन लागेको हज यात्रालाई लिएर चेतावनी जारी गरेको छ । गृहमन्त्रालयले हजयात्राका क्रममा तोकेको नियम र निर्देशिका उल्लङ्घन गर्नेलाई जरिवाना गरिने जनाएको छ । गृहमन्त्रालयका अनुसार अनुमतिबिना हज गर्नु गैरकानुनी मानिने र हजयात्रीलाई स्वदेश फिर्ता पठाइनेछ । नियम उल्लङ्घन गरेमा […]
पुटिनले पाँचौं पटक लिए रुसको राष्ट्रपतिको शपथ

एजेन्सी-जनकपुरधाम, वैशाख २५ गते । भ्लादिमिर पुटिनले पाँचौं पटक रुसको राष्ट्रपतिको शपथ लिएका छन् । पुटिनले मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा ३३ शब्दमा शपथ लिएका थिए । यो त्यही ठाउँ हो जहाँ रुसको जार परिवारका तीन राजाहरू (अलेक्जेन्डर द्वितीय, अलेक्जेन्डर तृतीय र निकोलस द्वितीय) को राज्याभिषेक गरिएको थियो । शपथपछि पुटिनले भने, ‘हामी अझ बलियो बन्नेछौँ। […]
भारतमा आज तेस्रो चरणको मतदान हुँदै

सामाजिक फीड, काठमाडौँ । भारतमा आज लोकसभा चुनावको तेस्रो चरणको मतदान भइरहेको छ । यस चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा मतदान भइरहेको छ । तेस्रो चरणमा कुल १.८५ लाख मतदान केन्द्रमा १७.२४ करोड मतदाताले मतदान गर्ने भारतीय निर्वाचन आयोगले जनाएको छ । यस चरणमा हाइप्रोफाइल नेताहरु गृहमन्त्री अमित शाह, नागरिक उडड्यनमन्त्री […]
टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

समाजिक फीड,जनकपुरधाम , वैशाख २४ गते । पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा आतङ्ककारी हमला गर्ने धम्की दिएको छ । त्रिनिदाद र टोबागोका प्रधानमन्त्री किथ राउलीले आतंकवादी संगठनले वेस्ट इन्डिज लगायत धेरै देशहरूमा भिडियो सन्देश पठाएको बताएका हुन् । टी-२० विश्वकप जुन २ देखि जुन २९ सम्म वेस्ट इन्डिज र अमेरिकामा हुनेछ […]
जेरुसेलमस्थित अल जजिरा टिभीको कार्यालयमा इजरायली प्रहरीको छापा

एजेन्सी। इजरायली प्रहरीले जेरुसेलमस्थित एम्बेसेडर होटलमा रहेको अल जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा मारेको छ । छापा मार्दा प्रसारण उपकरणहरू जफत गरिएको बताइएको छ । इजरायलका सञ्चारमन्त्रीले सोशल मिडियामा पोष्ट गरेको भिडियोमा पुलिस अधिकारीहरू अल-जजीरा टिभी नेटवर्कको कार्यालयमा प्रवेश गरेको देखिन्छ । आइतवार, इजरायली सरकारको मन्त्रिपरिषद्ले अल-जजीरा टिभी नेटवर्कलाई देशको राष्ट्रिय सुरक्षाको लागि खतरा भएको […]
जयशंकरले भने- ‘नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन’

सामाजिक फीड, काठमाडौँ, २३ वैशाख । सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री एस जयशंकरको टिप्पणी बाहिर आएको छ । भारतीय मिडियाहरुका अनुसार विदेशमन्त्री जयशंकरले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा प्रक्रिया अगाडी बढाएर धरातलीय यथार्थ परिवर्तन नहुने टिप्पणी गरेका छन् । इण्डियन एक्सप्रेसले जयशंकरलाई उदृत गर्दै […]
टर्कीले इजरायलसँगको व्यापार बन्द गर्ने घोषणा

समाजिक फीड,जनकपुरधाम , वैशाख २१ गते । इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध रोकिएको छैन । यसैबीच, टर्कीले गाजाको मानवीय अवस्थालाई उद्धृत गर्दै तेल अवीभबाट सबै आयात र निर्यात रोकेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको व्यापार मन्त्रालयले यो घोषणा गरेको हो । टर्कीले इजरायल संलग्न आयात र निर्यात सबै उत्पादनहरू सहित […]
अदालतको अवहेलना मुद्दामा ट्रम्प दोषी ठहर

सामाजिक फीड, काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ । मंगलबार एक अमेरिकी अदालतले उनलाई अवहेलनाको अभियोगमा दोषी ठहर गरेको छ । बारम्बार ग्याग आदेश उल्लंघन गरेको भन्दै अदालतले उनलाई नौ हजार अमेरिकी डलर जरिवाना गरेको छ । ग्यागले उनलाई साक्षीहरू, न्यायाधीशहरू र गोप्य पैसा मुद्दासँग सम्बन्धित अन्य चीजहरूको बारेमा सार्वजनिक […]