Samajik Feed – News Portal from Nepal

मधेस प्रदेशमा सबैभन्दा धेरै एचआइभी एड्सका संक्रमित, दिनदिनै किन बढ्दै छ संख्या ?

सामाजिक फीड–जनकपुरधाम, जेठ ४  गते । देशभरको अनुपातमा मधेस प्रदेशमा सबैभन्दा धेरै एचाआइभी संक्रमित रहेको पाइएको छ । मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा प्रदेशमा एचआईभी संक्रमण पुष्टिको औसत दर ०।६ देखिएको हो। जबकि यसको राष्ट्रिय दर ०.५ प्रतिशत छ। प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी राजवीर यादवका अनुसार एचआईभी संक्रमण दर देशभरको […]

सर्लाहीमा पुर्वाधार कार्यालयबाट बिचौलियाले लगे ७५ लाखको योजनाका चिठ्ठी, दबाब परेपछि फिर्ता लिइयो

सामाजिक फीड–जनकपुरधाम, जेठ १ गते । चौतर्फी दबाब परेपछि सर्लाहीको पूर्वाधार विकास कार्यालय मलङ्गवाले बिचौलियालाई दिएको योजना संचालनको चिठी फिर्ता लिएको छ । कमिसन लिएर कर्मचारीले विचौलियालाई चिठी बेचेको समाचारहरु आएपछि कार्यालयले विचौलियालाई दिएको चिठी फिर्ता लिएर वडा कार्यालयलाई दिएको हो । सडक निर्माणका लागि आएको ७५ लाख रुपियाँको योजनाको चिठी वडा कार्यालयमा आएर उपभोक्ता समिती […]

धनुषामा ७ हजार ६९४ जना सुकुम्बासी, सबैलाई लालपुर्जा दिने तयारी

सामाजिक फीड–जनकपुरधाम, वैशाख ३१ गते । धनुषा जिल्लाभरीमा सात हजार ६९४ सुकुमवासी रहेको पाइएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति धनुषाले सङ्कलन गरेको तथ्याङ्क अनुसार जिल्लामा उक्त संख्यामा सुकुम्बासी र ४९७ अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ । वन क्षेत्रबाहेकको स्थानमा १० वर्षभन्दा बढी समयदेखि बसोबास गर्दै आएका व्यक्तिलाई अव्यवस्थित बसोबासीका रूपमा वर्गीकरण गरिएको छ । भूमिहीन […]

प्रहरी र अदालत मिलाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा राकेश साह पक्राउ

सामाजिक फीड–जनकपुरधाम, वैशाख ३० गते । मुद्दा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले सिरहाका एकजनालाई पक्राउ गरेको छ । प्रहरी र अदालत मिलाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको घटनामा जिल्लाको गोलबजारका एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गोलबजारका राकेश साह रहेका छन् । उनलाई ठगी तथा आपराधिक विश्वासघात गरेको कसुरमा पक्राउ गरेको […]

मधेस सहित देशभर जंगली जनावर र मानिसबीच द्वन्द बढ्दै, मधेसमा १० महिनामै जनावरको आक्रमणबाट ७ जनाको मृत्यु, १३१ घाइते

सामाजिक फीड–जनकपुरधाम, वैशाख ३० गते । मधेश प्रदेशसहित देशभर पछिल्ला वर्षहरूमा जंगली जनावर र मानवबीचको द्वन्द्व तीव्र बन्दै गएको छ । वन क्षेत्र मासिँदै जानु, चुरे तथा जंगल आसपास मानव बस्ती विस्तार हुनु र वन्यजन्तुको प्राकृतिक बासस्थान खुम्चिँदै जाँदा जंगली जनावर गाउँ पस्ने तथा मानिसमाथि आक्रमण गर्ने घटना बढिरहेको पाइएको हो ।धनुषाको मिथिला नगरपालिका क्षेत्रमा करिब तीन […]

सिरहामा भारतीय सुटर प्रयोग गरी एकजनाको हत्या अर्कामाथि पनि गोली प्रहार, तीन महिनाको अनुसन्धानपछि खुल्यो अपराधको पर्दा

सामाजिक फीड–जनकपुरधाम, वैशाख २९ गते । सिरहामा एउटै भारतीय सुटरको प्रयोग गरि एकजनाको हत्या र अर्का एकजनाको हत्याको प्रयास भएको खुलेको छ । सिरहा नगरपालिका–१ निवासी ४२ वर्षीय प्रेमनाथ यादवको हत्या भारतीय सुटर प्रयोग गरी योजनाबद्ध रूपमा गराइएको प्रहरीले खुलासा गरेको हो । तीन महिनासम्मको अनुसन्धानपछि प्रहरीले उनको हत्या पारिवारिक रिसइबीका कारण ‘सुपारी’ दिएर गराइएको निष्कर्षमा पुगेको […]

पर्सामा दुई दिनमै आठ लागुऔषध प्रयोगकर्ता पक्राउ

सामाजिक फीड–जनकपुरधाम, वैशाख २८ गते । पर्सा प्रहरीले लागुऔषध सेवनकर्ता खोजी तथा सुधार महाअभियानअन्तर्गत दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार र शनिबार सञ्चालन गरेको अभियानका क्रममा वीरगञ्ज महानगरपालिका-१६ स्थित शङ्कराचार्य गेट चेकपोइन्टबाट उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार भारतको रक्सौलबाट नेपाल प्रवेश गर्दै गरेका पैदलयात्री तथा सवारीसाधनमा […]

सर्लाहीमा सडेगलेको अवस्थामा बेवारिसे पुरुषको शव फेला

सामाजिक फीड–जनकपुरधाम, वैशाख २८ गते । सर्लाहीमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार आइतबार साँझ करिब ४ः३० बजे गोडैता नगरपालिका–६ बग्दहस्थित चिनी मिल नजिक हुलाकी सडक छेउमा बेवारिसे अवस्थामा शव भेटिएको हो । स्थानीयवासीले सडक आसपासबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी […]

डोजर लगाएर घरबार भत्काउन लागिएको भन्दै महेन्द्रनगरमा चक्काजाम गरेर स्थानीयले गरे प्रदर्शन

सामाजिक फीड–जनकपुरधाम, वैशाख २५ गते । डोजर लगाएर घरबार भत्काउन लागेको भन्दै धनुषाको महेन्द्रनगरमा प्रभावित स्थानीयले चक्काजाम गर्दै सरकार विरुद्ध प्रदर्शन गरेका छन् । क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा रहेका अव्यवस्थित बस्ती हटाउने सूचना जारी गरेपछि प्रभावित स्थानीयवासी आन्दोलित भएका हुन् । उनीहरुले शुक्रबार बिहान ७ बजेदेखि ८ बजेसम्म टायर बालेर जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध गर्दै सरकार […]

जनकपुरको राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको लागि दरखास्त आह्वान, क-कसले आवेदन दिन मिल्छ ?

सामाजिक फीड–जनकपुरधाम, वैशाख २५ गते । जनकपुरको राजर्षि जनक सहित ८ वटा विश्वविद्यालयका उपकुलपति सिफारिस गर्न दरखास्त आह्वान भएको छ। उपकुलपति सिफारिसका लागि गठित छनोट तथा सिफारिस समितिले शुक्रबार सूचना निकालेर दरखास्त आह्वान गरेको हो। रिक्त भएका त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिका लागि […]