Samajik Feed – News Portal from Nepal

करिब पाँच कठ्ठामा लगाएको झण्डै ४ हजार गाँजाको बोट सिरहा प्रहरीद्वारा नष्ट

सामाजिक फीड-जनकपुरधाम, पुस ५ गते । सिरहामा करिब पाँच कठ्ठामा लगाएको अवैध गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ । बुधबार सिरहाको कर्जन्हा नगरपालिका ५ प्रहरी चौकी कर्जन्हा सिरहाबाट खटेको प्रहरी टोलिले बिभिन्न स्थानहरुमा लगाएको करिब ५ कठ्ठा गाँजा खेती फडानी गरेको हो । करिब ५ कठ्ठामा लगाएको अन्दाजी ४ हजार गाँजाको बोट फडानी […]

नदी अवैध दोहन गरेको आरोपमा सिरहामा प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा दायर

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । सिरहामा नदीको अवैध दोहन गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध जिल्ला अदालत सिरहामा मुद्दा दायर भएको छ । कानून विपरीत खोला ठेक्का लगाएर ढुङ्गा, गिट्टी, वालुवा उत्खन्न गरे÷गराएको अभियोगसहित धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतोसहित १८ जनाविरुद्ध डिभिजन वन कार्यालय लहान सिरहाले मुद्दा दायर गरेको हो […]

बारामा बस र ट्रक एक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको अमलेखगञ्जमा बस र ट्रक एक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । अन्य २७ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको […]

विवाहपञ्चमीका दर्शनार्थीको चापले २ दिन रेल अनटाइमली संचालन, भंगहासम्मको सेवा बन्द

सामाजिक फीड-जकपुरधाम, पुस २ गते । सीताराम विवाहपञ्चमी मेलामा आएका श्रद्धालुभक्तजनको चापलाई लक्षित गरी दुईदिनका लागि भंगहासम्मको रेल सेवा बन्द भएको छ । त्यसैगरी जकपुर जयनगर सेवा बिना तालिका आज र भोलि संचालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । कम्पनीका प्रवन्धक निरञ्जन झाले आइतबार नै एक सूचना जारी गर्दै भंगहा खण्डमा रेल सेवा बन्द […]

विवाहपञ्चमी मेलाबाट १८ जना पाकेटर पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस १ गते । जनकपुरमा विवाहपञ्चमी मेलाबाट १८ जना पाकेटमार पक्राउ परेका छन् । भीडभाडको मौकाछोपी श्रद्धालुभक्तजनको पाकेट मार्ने तथा दुव्र्यबहार गर्ने १८ जनालाई नियन्त्रणमा लिएको हो । दिउँसो १ बजेसम्म त्यति संख्यामा पाकेटमार पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनीहरुलाई जनकपुरधाम स्थित गोपाल धर्मशालामा प्रहरी यनिट स्थापना […]

धनुषामा मोटरसाइक दुर्घटना हुँदा दुई युवकको मृत्यु, एक गम्भीर

सामजिक फीड-जकपुरधाम, मंसिर २९ गते । धनुषामा तीनजना सवार मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । अन्य एकजना गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए […]

सिरहाबाट ब्राउनसुगरसहित दुई युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर २८ गते । सिरहाबाट लागूऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका ५ का १८ वर्षीय रुपेश पासवान र २४ वर्षीय कृष्णा कुमार यादव रहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार दुबैजनाको साथबाट एक ग्राम ७२ मिलग्राम ब्राउनसुगर बरामद भएको छ । […]

विवाहपञ्चमीको तेश्रो दिन आज धनुष यज्ञ मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, मंसिर २८ गते । सीताराम विवाहपञ्चमी महोत्सवको तेश्रो दिन आज जनकपुरधाममा धनुष यज्ञ मनाइँदै छ । त्रेता युगमा भगवान श्रीरामले धनुषा भाँचेर सीतासँग विवाह भएको धार्मिक मान्यता अनुसार आज भगवान् रामको प्रतिकात्मक रुप धारण गरेका बालबालिकाहरुले पनि धनुष भाँचेर धनुषयज्ञ मनाइँन्छ । अन्त्यमा, आयोध्याबाट घुम्न आएका दशरथ पुत्र श्रीरामले यज्ञमा राखिएको धनुषलाई सहजै […]

विवाहपञ्चमीको दोश्रो दिन फूलबारी लिला, जहाँ राम र जानकीको भेट भयो

सामाजिक फीड-जनकपुरधाम,मंसिर २७ गते । सप्ताहव्यापी सीताराम विवाहपञ्चमीको दोश्रो दिन आज जनकपुरधाममा फूलबारी लिला मनाइएको छ । बुधवार जानकी मन्दिर छेउकै विवाह मण्डपको फुलबारीमा भगवान राम, सीता र लक्ष्मण बिच फुलवारीमा भेटघाट गराइएको छ । बालबालिकालाई राम, सीता र लक्ष्मणको स्वरुप बनाइ त्रेता युगमा भएको पहिलो राम र सीताको पहिलो भेट झै फूलबारी लिलामा गराइन्छ […]

चुरे दोहन रोक्ने लगायतको सात सुत्रिय मागसहित वनजंगल अभियानद्वारा आन्दोलन घोषणा

सामाजिक फीडजनकपुरधाम, मंसिर २५ गते । चुरे तथा वनजंगल संरक्षण अभियानले नदीको दोहन तत्काल बन्दसहितको सात सुत्रिय माग राख्दै आन्दोलनको घोषणा गरेको छ । अभियानका अध्यक्ष सुनिलकुमार यादवले सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेका हुन् । उनका अनुसार पुस ५ गते जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाउने, पुस ११ गते वन तथा […]