Samajik Feed – News Portal from Nepal

जनकपुरमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालय उदघाटन

सामाजिक फीडजनकपुरधाम, असार २१ गते । नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालय जनकपुरमा स्थापना गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका–२, भानुचोक नजिकै भाडाको घरमा स्थापना गरिएको कार्यालयको एक समारोहबीच महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले उदघाटन गरेका हुन् । कार्यालय व्यवस्थापनमा भंगहा नगरपालिकाले फर्निचर, एसी, इन्भर्टर लगायत सामग्री उपलब्ध गराएको छ भने जनकपुरधाम उपमहानगरपालिकाले कम्प्युटर, प्रिन्टर […]

महोत्तरीमा क्रसर माफियाले खनेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असार १८ गते । महोत्तरीको गौशालामा क्रसर माफियाले खनेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका–१०, जलिल टोली निवासी दिनेश मण्डलकी ११ वर्षीया छोरी करिना कुमारी मण्डल रहेको प्रहरीले जनाएको छ । आज दिउँसो साढे ४ बजेतिर घर नजिकै रहेको मरहा खोलाको किनारमा गिट्टी–बालुवा खनिएको स्थानमा पानी जमेको […]

महोत्तरीमा टिपरबाट मोटरसाइकल चालकको मृत्यु, एकजना गम्भीर घाइते

सामाजिक फीड-जनकपुरधाम, असार १६ गते। महोत्तरीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका–१ बगराका १७ वर्षीय नीतिश भगत रहेका छन्। उनी दुर्घटनाग्रस्त मोटरसाइकलका चालक थिए। मोटरसाइकलको पछाडि सवार जनकपुरधाम उपमहानगरपालिका–४ विश्वकर्माचोकका ३२ वर्षीय रुपेश भगत गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका […]

पत्रकार दिवाकर साहको रिपोर्टपछि सप्तरी प्रहरी प्रमुखमाथि छानबिन समिति गठन

सामाजिक फीड, जनकपुरधाम –  घुस लेनदेनको आरोप लागेपछि सप्तरीका प्रहरी उपरीक्षक(SP) ढकेन्द्र खतिवडा लाई छानबिनका लागि तानिएको छ। मधेस प्रदेश प्रहरी कार्यालयले खतिवडामाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। संघीय प्रहरी इकाई जनकपुरमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक(SSP) शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन भएको मधेस प्रहरी कार्यालयले जनाएको छ। खतिवडासँगै लेनदेन आरोपमा मुछिएका सप्तरीमा कार्यरत् […]

सिरहामा करेन्ट लागेर एकजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असार ९ गते । सिरहामा खेतमा मोटरले सिंचाइ गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका–१३ का ६२ वर्षीय रामपृत पण्डित रहेका छन् । आज बिहान आफ्नै धानखेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी […]

समाचार संकलनमा पुगेकी पत्रकार चान्दनी झामाथि वडाध्यक्षको दुव्र्यबहार

सामाजिक फीड-जनकपुरधाम, असार ८ गते । धनुषाधाम नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष जयनारायण यादवले पत्रकार चान्दनी झामाथि दुव्र्यबहार गरेका छन् । वडाध्यक्षले सडक अतिक्रमण गरिरहेको स्थानीयको गुनासोपछि शनिबार बिहान समाचार संकलनमा पुगेकी टिभी टुडेकी पत्रकार चान्दनी झामाथि दुव्र्यबहार भएको हो । वडाध्यक्ष यादवले आफ्नो जग्गा जोगाउन १८ फिट सडकलाई १० फिटमा खुम्च्याउन ग्राइभेल खनेर […]

सिरहामा मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असार ६ गते । सिरहामा मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर–१२ का २९ वर्षीय नरेश मुखिया, पछाडि सवार कल्याणपुर नगरपालिका २ चतरीका २८ वर्षीय प्रदीप मुखिया र साइकल यात्री सिरहा नगरपालिका–२ का ६५ वर्षीय कुसे राय रहेको प्रहरीले जनाएको छ । सिरहाका प्रहरी प्रवक्ता […]

सिरहामा युवतीद्वारा युवकमाथि छुरा प्रहार

सामाजिक फीड-जनकपुरधाम, असार ५ गते । सिरहाको गोलबजारमा एक युवती युवकमाथि छुरा प्रहार गरेकी छन् । गोलबजार नगरपालिका १३ का २४ वर्षीय अशोक कुमार महतोमाथि छुरा प्रहार भएको हो । गोलबजार नगरपालिका ४ मा डेरागरी बसिरहेका उनलाई आज साँझतिर गोलबजार नगरपालिका २ बस्ने १७ वर्षीया युवती कोठामै पुगेर घाँटीमा छुरा प्रहार गरेको स्थानीयले बताएका छन् […]

धनुषामा खेतमा करेन्ट लागेर एक महिलाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असार ५ गते । धनुषामा खेतमा बाली जोगाउन लगाएको विद्युतीय बारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–१, ढल्केबरकी ५० वर्षीया मङ्लीदेवी महतो छन् । आज बिहान घर नजिकै रहेको तरकारी खेतमा काम गर्न जाँदा रामप्रमोद महतोले बाली जोगाउन लगाएको नांगो तारमा करेन्ट लागेर मङ्लीदेवीको मृत्यु भएको […]

रौतहटमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको ज्यान गयो

सामाजिक फीड-जनकपुरधाम, असार ४ गते । रौतहटमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका ३ डमार पोखरीकी ३० वर्षीया गुलनाज खातुन छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज अपराहन्न ४ः २० बजेको समयमा खातुनले आफ्नो सुत्ने कोठामा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते […]