आज जनै पूर्णिमा र रक्षाबन्धन मनाइँदै
सामाजिक फीड जनकपुरधाम, साउन २४ गते । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं […]
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, साउन २३ गते । सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ कटैयाका ४२ वर्षीय शम्भुकुमार इसर रहेका छन् । जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार आज बिहान इसर गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको […]
बारामा ऐलानी जग्गा बिबादमा कोदालो प्रहार, ७ जनाविरुद्ध जाहेरी

सामाजिक फीड-जनकपुरधाम, साउन १६ गते । बारामा ऐलानी जग्गा विवादमा घेरा हालेर कोदालो प्रहार गरी ज्यान मार्न खोजेको दावीसहित प्रहरीमा ७ जनाविरुद्ध जाहेर परेको छ । बाराको बारा गढी गाउँपालिका ३ का सुन्दरपुरका ४० नन्दलाल चौधरी र २७ वर्षीय हरिन्द्र पासवानसमेतले ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका हुन् । बारागढी गाउँपालिका ३ […]
महोत्तरीको पीपरा पोखरीमा डुबेर एक युवकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, साउन १५ गते । महोत्तरीको पिपरा स्थित पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका ७ बनौलीका ३० वर्षीय मुरारी झा छन् । गाउँ नजिकै दुर्गा मन्दिर छेउको सार्वजनिक पोखरीमा बुधबार साँझ उनी डुबेका थिए । स्थानीयले खबर गरेपछि सशस्त्र प्रहरीको गोताखोरले खोजतलास गरेपछि उनको शव फेला परेको महोत्तरीका […]
जनकपुरमा एक महिला मृत फेला, दाइजो लागि हत्या गरेको माइत पक्षको दावी

सामाजिक फीड-जनकपुरधाम, साउन १२ गते । जनकपुरमा एक महिला मृत फेला परेका छन् । जनकपुरधाम उपमहानगरपालिक ४ राराब कलेजज नजिक आफ्नै घरमा चन्दन मण्डलका श्रीमती २३ वर्षीया शोभा मण्डल राति मृत फेला परेकी हुन् । राति साढे १२ बजेतिर घरमा झुण्डेर मृत्यु भएको खबर पुगेको थियो । प्रहरी जाँदा ओछ्यानमा शव फेला परेको जिल्ला प्रहरी […]
सिरहाबाट गोली प्रहार गरी लागूऔषध कारोबारी पक्राउ

सामाजिक फीड– जनकपुरधाम, साउन १० गते । सिरहामा प्रहरीले गोली प्रहार गरी एक भारतीयलाई लागूऔषध खैरोहिरोइनसहित पक्राउ गरेको छ । सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार शनिबार दिउँसो पौनै ४ बजेतिर भारतबाट नेपाल तर्फ बी.आर. ३२ एम ७३३८ नम्बरको भारतीय मोटरसाइकसहित छिरेका श्यामसुन्दर पासवानलाई प्रहरीले नवराजपुर गाउँपालिका ४ कुसण्डि स्थित प्रहरीले रोक्न खोजेका थिए […]
सिरहामा भाइ र बुहारीबीचको झग्डा छुट्टाउन गएका दाईको खुकुरी प्रहार गरी हत्या

सामाजिक फीड-जनकपुरधाम, साउन ९ गते । सिरहामा भाई र बुहरीबीचको झग्डा छुट्टाउन गएका दाईको खुकुरी प्रहार गरी हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका–३ का ३५ वर्षीय मोतीराम सदाकोे उनको आफ्नै भाई २५ वर्षीय श्याम सदाले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका बिहीबार राति ९ बजेतिर […]
धनुषामा सिंचाइ गरिरहेका किसानको करेन्ट लागेर मृत्यु
सामाजिक फीड-जनकपुरधाम, साउन ८ गते । धनुषामा मोटरबाट खेतमा सिंचाइ गर्ने क्रममा करेन्ट लागेर एकजना किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको हंसपुर नगरपालिका ३ मलहनिया बस्ने ६० वर्षीय असर्फी महरा छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार उनलाई बुधबार दिउँसो पौने ४ बजेतिर आफ्नै खेतमा पानी सिंचाइ गर्ने क्रममा मोटरबाट करेन्ट […]
महिनाथपुर बोर्डरमा एसएसबीमाथि आक्रमण, बन्दुक खोस्ने प्रयास गर्दा गोली चल्यो

सामाजिक फीड-जनकपुरधाम, साउन ७ गते । नेपाल भारत सीमाको धनुषा स्थित महिनाथपुर नाका पारी एसएसवी जवानमाथि आक्रमण भएको छ । भारत तर्फ जयनगर अनुमण्डलको बासो पट्टी थाना अन्तर्गत महिनाथपुर बोर्डरमा बिहान १० बजे एसएसबी जवानको बन्दुक खोस्न खोज्दा गोली चलाएको छ । त्यस क्रममा आक्रमण गर्ने एकजनाको कम्मरमा गोली लागेको भारतीय प्रहरीले जनाएको छ । […]
सर्लाहीको कबिलासी नगरपालिका कार्यालयमा चोरी, सामानसहित पाँच युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, साउन ६ गते । जनकपुरधाम, साउन ६ गते । सर्लाहीको कबिलासी नगरपालिका कार्यालयबाट चोरी भएको सामानसहित पाँच युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कबिलासी नगरपालिका ८ का २२ वर्षीय रोहित मिश्र, ४० वर्षीय सुरेन्द्र राय, वर्ष २० का राजु पासवान, बर्ष २२ का ललका पासवान र वर्ष १९ का दिपक पासवान रहेको […]