Samajik Feed – News Portal from Nepal

सरकार विरुद्ध जनकपुरमा पनि जेनजीको प्रदर्शन (तस्वीरहरू)

सामाजिक फीड-जनकपुरधाम, भदौ २३ गते । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी) हरुले जनकपुरमा पनि प्रदर्शन गरेका छन । सोमबार जानकी मन्दिरबाट जनक चोक हुँदै उनीहरु प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन्। इन्ड क्रप्सन, आइएम वीथ जेनजी मुभमेन्ट, स्टोप क्रप्सन, युथ युनाइटेड फ्युचर ब्राइट लगायतका प्लेकार्ड बोकेर […]

धनुषामा अगामी असोज २ र ३ गते सर्प महोत्सव हुने, के के हुन्छ महोत्सवमा ?

सामाजिक फीड-जनकपुरधाम, भदौ २३ गते । धनुषामा अगामी असोज २ र ३ गते विभिन्न कार्यक्रमसहित नेपाल सर्प महोत्सव आयोजना हुने भएको छ। सर्प संरक्षणको महत्त्वबारे जनचेतना जगाउने उद्देश्यले मिथिला वाइल्डलाइफ ट्रष्ट र सेभ द लाइभ्स सोसाइटीको संयुक्त आयोजनामा मिथिला विहारी नगरपालिकामा नेपाल सर्प महोत्सव तेस्रो संस्करणको आयोजना हुन लागेको हो ।‘मानव र सर्पबीच सह अस्तित्व […]

वीरगञ्जमा कांग्रेसका क्षेत्रीय सभापतिको ठाउँमा परीक्षा दिइरहेका उनका छोरा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ २२ गते । पर्साको वीरगन्जमा बुवाको ठाउँमा परीक्षा दिइरहेका छोरालाई प्रहरीले पक्राउ गरेको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा बुवाको नाममा परीक्षा दिँदै गरेको अवस्थामा नेपाली कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुद्धिनका छोरा २५ वर्षीय महमद अफताबलाई पक्राउ गरिएको प्रहरीले जनाएका छन् । कांग्रेस क्षेत्रीय सभापति साहबुद्धिन र उनका छोरा अफताब वीरगन्ज महानगरपालिका–३ छपकैयाका […]

काठमाडौंबाट पुर्वतर्फ जाँदै गरेका सर्लाहीका एकजनालाई खोलाले बगायो, अर्की महिला घाइते

सामाजिक फीड-जनकपुरधाम, भदौ २२ गते । बाढीले बगाउँदा सर्लाहीका एकजना पुरुष बेपत्ता भएका छन । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाउँदा एक जना बेपत्ता भएका हुन् । अर्का एक जनालाई उद्धार गरिएको र उनी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । बेपत्ता हुनेमा सर्लाहीको हरिवनका २७ […]

मधेश प्रदेशभर दिवंगत पुर्खालाई सम्झेर तर्पण गरियो, यस्तो छ महत्व

सामाजिक फीड-जनकपुरधाम, भदौ २२ गते । मधेश प्रदेशका विभिन्न ठाउँमा दिवंगत पुर्खाको आत्माको शान्ति र मोक्षको कामना गर्दै तर्पण गरिएको छ । भाद्र पूर्णिमाको अवसरमा आइतबार मिथिलाञ्चलका विभिन्न ठाउँमा दिवंगत पुर्खालाई सम्झेर तर्पण हो । जनकपुरधामको गंगासागर पोखरीमा बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको थियो। श्रद्धालुहरू काँक्रो, अक्षता र फूलमाला बोकेर आएका थिए। उनीहरूले पोखरीमा स्नान […]

जनकपुरमा विद्यार्थीको असामाजिक गतिविधि नियन्त्रण गर्न माग

सामाजिक फीड-जनकपुरधाम, भदौ २१ गते । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) जनकपुरले विद्यार्थीहरूबीच बढ्दै गएको असामाजिक गतिविधि नियन्त्रणका लागि उद्योग वाणिज्य संघ र होटल व्यवसायीलाई ज्ञापनपत्र बुझाएको छ । जनकपुरधाम उपमहानगरपालिका भित्रका विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू विद्यालयको ड्रेसमै पसलमा गएर चुरोट, खैनी, गुट्खा जस्ता स्वास्थ्यलाई हानी पु¥याउने सामग्री सेवन गर्ने, जन्मदिन […]

आज मोहम्मद जयन्ती मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

सामाजिक फीडजनकपुरधाम, भदौ २० गते । इस्लाम धर्मावलम्बी आज धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जनकपुरधामसहित देशभर जन्मजयन्ती मनाउँदैछन्।इस्लाम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाहु अलै वसल्लामको जन्मदिन मानिन्छ ।इस्लाम धर्मवलम्बी यस महिनाको ९ तारिखदेखि नै उत्सवमय वातावरणमा ‘मोहम्मद डे’ अर्थात् मोहम्मदको जन्मदिन मनाउँछन् ।पर्वका अवसरमा मुस्लिम बस्तीमा […]

महोत्तरीको एक विद्यालयको दिवाखाजामा छेपारो परेपछि ६० बालबालिका अस्पताल भर्ना

सामाजिक फीडजनकपुरधाम, भदौ १९ गते । दिवा खाजामा छेपारो परेपछि महोत्तरीको एक विद्यालयका ६० बालबालिका अस्पताल भर्ना भएका छन् । पिपरा गाउँपालिका ६ रतौली स्थित आदर्श माध्यमिक विद्यालयका बालबालिकाको दिवाखाजामा छेपारो परेको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश महतोका अनुसार आज दिउँसो खाजामा एक बालकको प्लेटमा दिएको खाजामा छेपारो परेको थियो । ती बालकले […]

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते । मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुरधाम । मधेश प्रदेश सरकारले शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । मोहम्मद जयन्तीको अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो । बिहीबार गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन् । फाएजा फहमीदाफाएजा फहमीदा […]

मधेशमा साक्षरता दर सबैभन्दा कम, कसरी थाहा पाउने को साक्षर छन वा छैनन् ?

सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते । जनकपुरधाम मधेश प्रदेशको साक्षरता दर हेर्दा यहाँको शैक्षिक अवस्था दयनीय रहेको देखिन्छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रतिवेदन अनुसार मधेश प्रदेशमा सबैभन्दा कम साक्षरता दर देखिएको हो । यहाँ ६३.५ प्रतिशत व्यक्ति मात्रै साक्षर छन । यो दर सातवटै प्रदेशमध्ये न्यून हो । साक्षरताका १२ वटा सूचक […]