सर्लाहीपछि रौतहटमा पनि एक युवकद्वारा आत्मदाह प्रयासस् पेट्रोल छर्केर आगो लगाउने घटनाले चिन्ता बढायो

सामाजिक फीड– जनकपुरधाम,असार ३१ गते । सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका एक व्यक्तिको उपचारकै क्रममा मृत्यु भएको केही घण्टामै रौतहटमा पनि एक युवकले उस्तै शैलीमा आत्मदाहको प्रयास गरेका छन्। रौतहटको गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतम कुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय […]
जनकपुरसहित मधेशभर एलपी ग्यासको चरम अभाव, उपभोक्ता मर्कामा

सामाजिक फीड– जनकपुरधाम,असार २६ गते । जनकपुरधामसहित मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । पछिल्ला केही सातायता ग्यासको नियमित आपूर्ति नहुँदा धनुषा, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा तथा पर्सासम्मका उपभोक्ताले ग्यासका लागि डिलर धाउनुपर्ने अवस्था बनेको छ। विशेषगरी कोशी, नोबेल, ग्यास प्रयोग गर्ने उपभोक्ता सबैभन्दा बढी प्रभावित भएका छन्। पर्याप्त […]
सिरहाका वन कार्यालय प्रमुख १२ हजार घुससहित रंगेहात पक्राउ

सामाजिक फीड– जनकपुरधाम,असार २४ गते । सिरहाको सब-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादव घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले मंगलबार उनलाई कर्जन्हा नगरपालिका–४मिर्चैयाबाट बाट १२ हजार रुपैयाँ घुससहित रंगेहात नियन्त्रणमा लिएको हो। अख्तियारका अनुसार कर्जन्हा नगरपालिका–२ मा रहेको एक काठ उद्योगले विभिन्न स्थानबाट ल्याएको तीन ट्रक काठको […]
रौतहटमा जग्गा विवादले लियो ज्यान, चक्कु प्रहारबाट एकको मृत्यु

सामाजिक फीड– जनकपुरधाम,असार २४ गते । रौतहटको ईशनाथ नगरपालिका-३ औरैयामा जग्गाको स्वामित्वलाई लिएर भएको विवाद हिंसात्मक बन्दा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। मंगलबार राति करिब ८ बजे स्थानीय रामबहादुर साह, बुटन साह, रामऔतार साह र उनका छोरा रामेश्वर साहबीच जग्गा सम्बन्धी पुरानो विवादलाई लिएर भनाभन भएको थियो। विवाद चर्किँदै जाँदा कुटपिट सुरु भएको र सोही […]
मधेशमा ११ महिनामा ९ अर्ब ९७ करोड रुपैयाँ मात्रै खर्च, असारको १८ दिनमै ३ अर्ब ३२ करोड रुपैयाँ निकासा

सामाजिक फीड– जनकपुरधाम,असार १९ गते । चालु आर्थिक वर्षका पहिलो ११ महिनामा ९ अर्ब ९७ करोड रुपैयाँ मात्रै खर्च गरेको मधेश प्रदेश सरकारले आर्थिक वर्ष सकिनै लागेको अन्तिम महिना असार सुरु भएयता १८ दिनमै ३ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेको छ। आर्थिक वर्षको अन्तिममा हुने असारे खर्चु फेरि दोहोरिँदा बजेट कार्यान्वयन, सरकारी संयन्त्रको कार्यक्षमता र खर्चको […]
मधेशमा छोरीका लागि खरिद गरिएका करोडौँका साइकल खिया र माकुराको जालमा गोदाममै थन्किए, बेमतलबी बन्यो सरकार

सामाजिक फीड– जनकपुरधाम,असार १६ गते । हजारौँ किशोरीलाई विद्यालयसम्म पुर्याउने उद्देश्यले खरिद गरिएका करिब पाँच हजार साइकल जनकपुरस्थित मधेश प्रदेश सरकारको गोदाममा वर्षौंदेखि धुलो माकुराको जालो र खियासँगै थन्किएका छन्। सरकारको चरम लापरवाही, राजनीतिक प्रतिशोध र प्रशासनिक निकम्मापनका कारण ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ जस्तो चर्चित कार्यक्रम नै अलपत्र परेको छ। एक समय मधेश प्रदेशकै नमुना सामाजिक […]
मधेशमा खेती बढ्यो तर आँप उत्पादन घट्यो, यस्तो छ कारण

सामाजिक फीड– जनकपुरधाम,असार १२ गते । मधेस प्रदेशमा आँपखेतीको क्षेत्रफल निरन्तर विस्तार भइरहे पनि यस वर्ष उत्पादन भने उल्लेख्य रूपमा घटेको छ। किसानले उन्नत जातका बिरुवा रोप्ने, बगैँचा व्यवस्थापन सुधार्ने र सिँचाइ सुविधामा लगानी बढाउने क्रम जारी रहे पनि प्रतिकूल मौसम र रोग–कीराको प्रकोपले उत्पादनमा ठूलो असर परेको कृषि विज्ञहरूको भनाइ छ। यसले क्षेत्रफल विस्तार मात्रले कृषि […]
मधेशबाट १२ नेता केन्द्रीय सदस्यमा विजयी, खुलातर्फ जित्ने मनिष झा एक्ला नेता

सामाजिक फीड– जनकपुरधाम,असार १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट मधेश प्रदेशबाट १२ जना नेता मात्रै केन्द्रिय सदस्यमा जित्न सफल भएका छन् । तीमध्ये एकजना मात्रै खुलातर्फबाट विजयी भएका छन । बाँकी सदस्यहरु भुगोलतर्फ प्रादेशिक क्लस्टर, समावेशी मधेशी क्लस्टर, मुस्लिम तथा राष्ट्रिय खुला समूहबाट गरी पार्टीको नयाँ केन्द्रीय समितिमा निर्वाचित भएका हुन् । […]
जनकपुरधामसहित धनुषाका तीन स्थानीय तहले ल्याउन सकेनन् बजेट, यस्तो छ कारण

सामाजिक फीड– जनकपुरधाम,असार ११ गते । धनुषाका तीन स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि नीति, कार्यक्रम तथा बजेट निर्धारित समयभित्र सार्वजनिक गर्न सकेका छैनन्। जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिका र विदेह नगरपालिकाले तोकिएको मितिमा नगरसभा सम्पन्न गर्न नसक्दा बजेट प्रस्तुत हुन सकेको छैन। जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख किशोरी साहले नगरसभा हुन नसक्नुको स्पष्ट कारणबारे आफूलाई जानकारी नभएको […]
बटेश्वरमा युवाको नेतृत्व विकासका लागि “उडान बटेश्वर युवा कार्यक्रम २०८३” सञ्चालन हँदै

सामाजिक फीड– जनकपुरधाम,असार १० गते । धनुषाको बटेश्वर गाउँपालिकामा युवाहरूको नेतृत्व, सञ्चार सीप तथा नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले “उडान बटेश्वर युवा कार्यक्रम २०८३” सञ्चालन हुने भएको छ। बटेश्वर युवा सञ्जालको आयोजनामा सञ्चालन हुने कार्यक्रममा १६ देखि ३० वर्ष उमेर समूहका एसईई उत्तीर्ण युवाहरू सहभागी हुन सक्नेछन्। दुई दिने कार्यक्रममार्फत नेतृत्व विकास, सञ्चार सीप, संघीयता तथा स्थानीय […]