Skip to main content

श्री एयरलाइन्सको लापरवाहि ; जनकपुर विमानस्थल

२५ असोज, जनकपुरधाम। जनकपुर देखि काठमाडौँ प्रस्थान गर्ने श्री एयरलाइन्स सधै ढिलो नै उडान गर्छ। यात्रुहरु को निर्धारित समयमा आए पनि प्लेनको अतोपतो पनि हुदैंन। सर्वसाधारणलाई सधै पर्खेर बस्नु परिरहेको हुन्छ। एयरलाइन्सले वास्तै नगरी यात्रुहरुलाई अलपत्र अवस्थामा विमानस्थलमा पर्खाई गर्न बाध्य बनाईदिन्छन। ७ बजे उड्ने जहाज साढे ९ बजे ढिलो प्रस्थान गर्दा एक युवाले देखायो […]

धनुषाको चारवटै निर्वाचन क्षेत्रमा यतिजनाले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरायो, तल विवरण हेनुहोस्।

प्रतिनिधि सभातर्फधनुषा-१ मा : २५ जनाधनुषा-२ मा : १६ जनाधनुषा-३ मा : ३१ जनाधनुषा-४ मा : ३१ जनाकूल ४ पदका लागि १०३ जना प्रदेश सभातर्फ१ को (क) मा : १४ जना१ को (ख) मा : १४ जना२ को (क) मा : १४ जना२ को (ख) मा : १७ जना३ को (क) मा : २० जना३ […]

प्रतिनिधिसभा सदस्यका लागि महोत्तरी क्षेत्र नं.३ बाट रामबाबु सिंहद्वारा स्वतन्त्र उम्मेद्वारी

२३ असोज, जनकपुरधाम। राम बाबु सिंह महोत्तरी जिल्लाको मनरा शिसवा–८ का निवासी हुन्।सिंह विगत ३५ वर्ष भन्दा बढी त्रिभुवन विश्वविद्यालयमा कार्यरत हुनुहुन्थ्यो । यहि मङ्सिर ४ गते हुन गईरहेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनले आफ्नो नाम मनोनयन गराउनु भएको छ। उनले आफ्नो नाम प्रतिनिधिसभाका लागि आफ्नो उमेद्वारी घोसना गरेका हुन्महोत्तरी स्थित निर्वाचन अधिकृत कहाँ […]

संजय साहले गराए प्रदेशसभाका लागि गराए मनोनयन पत्र दर्ता

२३ असोज, जनकपुरधाम। प्रदेश सभा र प्रतिनिधिसभा चुनावका लागि ५ दलीय गठबन्धन गरिएको छ। टिकट बाँडफाँड भईसके पछि नेता संजय साहले धनुषा क्षेत्र नम्बर २ (क) बाट टिकट पाएका छन्। उनले प्रदेशसभाका टिकट पाएका छन्। यसआघि उनि प्रतिनिधिसभा सदस्यका लागि आफ्नु प्रवल भएको दाबि गरेका थिए।

जनकपुरधाम महोत्सव आजदेखि सुरु

२३ असोज, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज आईतबार देखि जनकपुर महोत्सव २०७९ सुरु भएको छ। सो महोत्सव १ हफ्ता सम्ममा चल्ने भएको छ। महोत्सवमा विभिन्न पसलहरुले आ-आफ्नो पसलको स्टल लगाई प्रदर्शन गर्ने छ। जनकपुरधामको कला संस्कृति समेत मोहत्सवमा प्रदर्शनी हुने छ। मोहत्सवको स्थलमा गारिएको सजावट नै कार्यक्रमको आकर्षणको केन्द्रबिन्दु बनेको छ।

महोत्तरी जिल्लाको जलेश्वर, वल्वा, पिपरा, रामगोपालपुर र बर्दिबासमा निर्वाचन आयोगले अधिकृतको कार्यालय स्थापना गरेको छ।

२१ असोज, जनकपुरधाम। प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी जिल्लाको विभिन्न ठाउँमा निर्वाचन आयोगद्वारा अधिकृतका लागि कार्यालय स्थापना गरेको छ। यस अघिका निर्वाचनमा सदरमुकाम जलेश्वरमा मात्र मतगणना हुने भएता पनि आसन्न निर्वाचनको मतगणना चारै ठाउँमा हुने जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

भारि वर्षाका कारण मधेशको कृषि बर्बाद ; बिजोगमा परे किसान

२१ असोज, जनकपुरधाम। नेपालको विभिन्न ठाउँहरुमा केहि दिन देखि भरि वर्षा हुदैँछ। भारि वर्षाका कारण मधेश प्रदेशको कृषि क्षेत्रमा धेरै नुक्सन भएको छ। यति मेहनत गरेर रोपेको कृषि नष्ट हुदाँ किसानहरु बिजोगमा परेका छन्। सम्बन्धित निकायलाई ध्यान जायोस।

Alert: नारायणी नदीको जलसतह खतरा तह नजिक पुग्दै

२१ असोज, जनकपुरधाम। नारायणी नदीको जलसतह खतरा तह नजिक पुगेको छ र बढ्दो छ, चितवन र नवलपरासीको तटिय क्षेत्रमा हुनेहरू आज राती सम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहोला ।

महोत्तरीमा दुई मोटरसाइकल बीच ठकर लाग्दा १ जना को मृत्यु

२० असोज, जनकपुरधाम। महोत्तरी जिल्ला स्थित लोहरपट्टी नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ४८को शलेन्द्र यादव सवार ज २ प ३८९४ मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको सोही ठाँउ बस्ने मुदिन नदाफको छोरा वर्ष २६ को नसिब नदाफ सबार प्रदेश–२–०२–००५प ५८०० नम्बरको अपाचे मोटरसाईकल एक आपसमा ठकर भएको थियो। सो दुर्घटनामा परेर दुवै मोटरसाइकल चालकको […]