Samajik Feed – News Portal from Nepal

संस्थापन पक्षका नेताको विरोधबीच कांग्रेसको विशेष महाधिवेशन आज देखि सुरु हुँदै

सामाजिक फीड-जनकपुरधाम, पुस २७ गते । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ। सभापति शेरबहादुर देउवा लगायत अधिकांश संस्थापन पक्षका नेताहरूको विरोधबीच ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन सुरू हुन लागेको हो। विशेष महाधिवेशन भोलिसम्म चल्नेछ। विभिन्न क्षेत्रबाट निस्केको र्‍याली भृकुटीमण्डप पुगेपछि आज दिउँसो १ […]

महोत्तरीको २५८ मध्ये १६३ वटा मतदानस्थल अतिसंवेदनशील

सामाजिक फीड-जनकपुरधाम, पुस २५ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा महोत्तरीका १६३ वटा मतदानस्थल अतिसंवेदनशील क्षेत्रमा परेका छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा २५८ वटा मतदानस्थल कायम गरिएकोमा १६३ वटा मतदानस्थललाई अतिसंवेदनशील वर्गमा राखिएको हो । यस्तै, ८९ वटा मतदानस्थल संवेदनशील वर्गमा र छ वटा मतदानस्थललाई सामान्य वर्गमा राखिएको जिल्लास्थित सुरक्षा […]

माओवादी केन्द्रका मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीद्वारा पार्टी परित्याग

सामाजिक फीड-जनकपुरधाम, पुस २४ गते । नेकपा माओवादी केन्द्रका मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीले पार्टी सदस्यताबाट राजीनामा दिएका छन् ।उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हुलाकमार्फत राजीनामा पत्र पठाएका हुन् । पूर्व अध्यक्ष माओवादी केन्द्रलाई सम्बोधन गरी लेखिएको राजीनामा पत्रमा अन्सारीले एक हिन्दी गीतको अंश उद्धृत यो गीत अब तपाईंको स्मृतिमा मात्र मात्र बाँकी रहने […]

युवा तथा खेलकुद मन्त्री गुप्ता विरुद्ध अख्तियारमा उजुरी

सामाजिक फीड-जनकपुरधाम, पुस २४ गते । अमेरिका भ्रमण प्रकरणको छानबिन गरी कारबाही गर्न माग गर्दै युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । मुलुक बचाउने नागरिक (ममुबना) अभियानका प्रमुख युवराज सफलले मन्त्री गुप्ताले फर्जी आयोजक र फर्जी निमन्त्रणा पत्रका आधारमा मन्त्रिपरिषद्बाट अमेरिका भ्रमण स्वीकृत गराइएको भन्दै अख्तियारमा […]

मधेशमा जसपाबाट तीनजनाको उम्मेदवारी, महन्थ गठबन्धनका उम्मेदवार

सामाजिक फीड-जनकपुरधाम, पुस २३ गते । मधेशमा जसपा नेपालबाट राष्ट्रिय सभा सदस्यका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ । जसपाबाट अल्पसंख्यक तर्फ शैलेश चौधरी, महिला तर्फ चन्दा साह र दलित तर्फ चमेली देवी दासको उम्मेदवारी दर्ता भएको हो । अन्यबाट भने लोसपाका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् । महन्थलाई जसपा नेपाल, नेपाली काँग्रेस […]

मधेश प्रदेशमा काँग्रेसबाट २ र एमालेबाट एकजनाको उम्मेदवारी

सामाजिक फीड-जनकपुरधाम, पुस २३ गते । मधेशमा चारजना राष्ट्रिय सभा सदस्यकाले लागि हुने निर्वाचनको लागि नेपाली काँग्रेस र नेकपा एमालेबाट एकजना उम्मेदवारी परेको छ ।नेपाली काँग्रेसबाट अल्पसंख्याक तर्फ सप्तरीका रञ्जित कर्णको उम्मेदवारी दर्ता भएको छ भने दलित तर्फ रौतहटका धर्मेन्द्र पासवानको उम्मेदवारी परेको हो । यस्तै महिला तर्फ महोत्तरीकी एमालेकी रेखा झाले उम्मेदवारी दर्ता गराएकी […]

मधेशमा नेकपाबाट चारजनाको उम्मेदवारी

सामाजिक फीड-जनकपुरधाम, पुस २३ गते । मधेश प्रदेशमा नेकपाबाट चारजनाको उम्मेदवारी दर्ता भएको छ । अल्पसंख्याक तर्फ रौतहटका रामानन्द प्रसाद, अन्य तर्फ सर्लाहीका लक्ष्मण पौडेल, दलित तर्फ सर्लाहीका सम्भु पासवान र महिला तर्फ धनुषाकी समी अग्रवालको उम्मेदवारी परेको हो । राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग गठबन्धन नभएपनि नेकपाले छुट्टै उम्मेदवारी दिएको हो । फाएजा फहमीदाफाएजा […]

कांग्रेस-एमाले र जसपाको तालमेलमा राष्ट्रिय सभाका लागि उम्मेदवारी दर्ता आज

सामाजिक फीड-जनकपुरधाम, पुस २३ गते । नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी ९जसपा० नेपालले तालमेल गर्दै राष्ट्रिय सभाका लागि संयुक्त रूपमा उम्मेदवारी दिने भएका छन्। उम्मेदवारी दर्ता आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुँदैछ। यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र जसपा नेपालबीच तालमेलको विषयमा छलफल भए पनि अन्तिम समयमा नेकपा प्रक्रियाबाट […]

कांग्रेस नेता विमलेन्द्र निधिलाई पार्टीकै कार्यकर्ताले घेरेर पार्टी कार्यालयमा गरे नाराबाजी

सामाजिक फीड-जनकपुरधाम, पुस २२ गते । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पार्टी कार्यालयमा पार्टीकै कार्यकर्ताहरुले घेरेर नारावाजी गरेका छन् । कांग्रेसमा विशेष महाधिवेशनका पक्षमा रहेका कार्यकर्ताले पूर्वउपसभापति समेत रहेका निधिले विशेष महाधिवेशनलाई अवरोध गरेको भन्दै खनिएका हुन् । त्यसपछि नेता निधिसमेत उनीहरूको प्रतिवादमा उत्रिएका थिए । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन जाँदै गरेका […]

पूर्व मन्त्री उमेश यादवले गरे जसपा नेपालमा प्रवेश

सामाजिक फीड-जनकपुरधाम, पुस २२ गते । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वमन्त्री उमेश प्रसाद यादवले जनता सामाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । सप्तरी घर भएका यादवलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन् । तत्कालीन माओवादी जनसरकार प्रमुखसमेत बनेका उनी पूर्वलडाकु हुन् । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा सप्तरी क्षेत्र […]