मधेशमा काँग्रेसका मन्त्रीहरुलाई हटाउने मुख्यमन्त्री यादवको तयारी

सामाजिक फीड-जनकपुरधाम, चैत १ गते । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव नेपाली काँग्रेसका मन्त्रीहरुलाई सरकारबाट हटाउने तयारी गरेका छन् । काँग्रेसलाई सरकारबाट हटाएर नेकपा एमालेलाई सरकारमा लैजाने मुख्यमन्त्रीको तयारी छ । जसको लागि मुख्यमन्त्री यादवले काँग्रेसका मन्त्रीहरुलाई राजिनामा गर्न लगाउने मुख्यमन्त्री सचिवालयय स्रोतले जनाएको छ । स्रोतका अनुसार काँग्रेसलाई हटाएपनि केन्द्रमा गठबन्धनमा नरहेका लोकतान्त्रिक समाजवादी पार्टी […]
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

सामाजिक फीड-काठमाडौँ, फागुन ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सदनबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभामा आज भएको मतविभाजनमा जम्मा २६८ मध्ये विश्वासको पक्षमा १५७ मत उनले प्राप्त गरेका हुन् । विपक्षमा ११० मत परेको छ भने मत दिन्न भन्नेमा एक मत परेको छ । नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), जनता […]
गृहमन्त्री रविले प्रहरीलाई भने-अपराधीलाई कारबाही गर्न कसैको आदेश कुर्नु पर्दैन

समाजिक फीड काठमाडौं, फागुन २९ गते । गृहमन्त्री रवि लामिछानेले अपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने बताएका छन् । सार्वजनिक रुपमा अपिल गर्दै गृहमन्त्री लामिछानेले गैरकानुनी काम, कर छली, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गर्ने व्यक्ति र समूहलाई कारबाही गर्न आदेश कुर्न नपर्ने बताएका हुन् । ऐनअनुसार कारबाही गरेर कानुनी राज्य भनेको के हो […]
मधेशका स्थानीय तहमा बिजोग : सुब्बाले चलाउँछन् पालिका, अधिकृत आउनै मान्दैनन्

समाजिक फीड जनकपुरधाम, फागुन २८ गते । मधेश प्रदेशका सबैभन्दा धेरै पालिकाहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको पाइएको छ । शाखा अधिकृतको दरबन्दी रहेको ठाउँमा नायब सुब्बाले नै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिरहेका छन् । मधेश प्रदेशमा जम्मा १३६ वटा स्थानीय तह रहेका छन् । तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ वटा […]
राष्ट्रियसभा अध्यक्षमा कांग्रेसबाट शर्मा र माओवादीबाट दाहालको उम्मेदवारी, को कसको साथमा ?

समाजिक फीड जनकपुरधाम, फागुन २८ गते । राष्ट्रियसभा अध्यक्षमा नेपाली कांग्रेसका सांसद युवराज शर्मा र नेकपा माओवादीका नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन्। सोमबार बिहान संघीय संसद भवन नयाँ बानेश्वरमा शर्माले उम्मेदवारी दर्ता गरेका हुन्। कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना शर्माको प्रस्तावक हुन भने कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ समर्थक छन्। कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले […]
जनमत, जनता प्रगतिशील र तमलोपाबीच सहकार्य

सामाजिक फीड, काठमाडाैँ, २७ फागुन । जनमत पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा सहकार्य गरी अघि बढ्ने भएका छन् । आइतबार डा. सीके राउत नेतृत्वको जनमत पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तमलोपा सहकार्य गरी अघि बढ्ने निणर्य गरेका हुन् । देश र जनताको हितका लागि भन्दै उनीहरूले सातबुँदे प्राथमिकताहरू […]
महोत्तरीको सम्सीमा सडक ढलान गर्दा भ्रष्टाचार, पुर्व गाउँपालिका अध्यक्ष सहित १० जना विरुद्ध मुद्दा दायर

समाजिक फीडजनकपुरधाम , फागुन २७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सम्सी गाउँपालिकाका पूर्वअध्यक्ष शेष फारुक, निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अन्सारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाउँपालिकाको वडा नम्बर ६ मा आर्थिक वर्ष २०७७/७८ मा बनाइएको सडक ढलान योजना, पीसीसी ढलानसमेतका योजनामा स्थायी इञ्जिनियरबाट कामकाज नगराई करारको इञ्जिनियरबाट इष्टिमेट र मूल्याङ्कन […]
अगामी फागुन २९ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुने

समाजिक फीड जनकपुरधाम , फागुन २७ गते। राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गतेका लागि तोकेको जानकारी गराएकी छिन् । आज बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गर्दै अर्यालले राष्ट्रियसभा अध्यक्षको निर्वाचन मितिबारे जानकारी गराएकी हुन् । उपाध्यक्ष अर्यालले सङ्घीय संसद्को महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्षको निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्न निर्देशन समेत दिइन् । […]
जसपा अध्यक्ष उपेन्द्र यादवसहित दुई मन्त्रीले लिए शपथ

समाजिक फीड जनकपुरधाम, फागुन २७ गते । जनता समाजवादी पार्टी (जसपा) पनि नयाँ गठबन्धनको सरकारमा सहभागी भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवसहित दुई मन्त्रीले आइतबार मन्त्रीको शपथ लिएका हुन्। यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका छन्। नेता नवलकिशोर शाह वन तथा वातावरणमन्त्री नियुक्त भएका छन्। एमाले-माओवादी-रास्वपा, जसपा र नेकपा एकीकृत समाजावदी मिलेर बनेको नयाँ […]
मधेशको मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी, कांग्रेसका मन्त्रीलाई हटाएर एमालेलाई सरकारमा ल्याइने

समाजिक फिड जनकपुरधाम, फागुन २५ गते । संघमा सत्ता समिकरण फेरिए लगतै मधेश प्रदेशमा समेत मन्त्रीपरिषद हेरफेर हुने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । संघीय सरकारमा गठबन्धनबाट बाहिरिएको कांग्रेसले प्रदेश सरकारबाट नहटेपछि मुख्यमन्त्री यादवले उसलाई हटाएर नयाँ मन्त्रीमण्डल गठनको तयारी गरेका हुन् । संघमा बनेको नयाँ गठबन्धन अनुसार […]