Samajik Feed – News Portal from Nepal

राष्ट्रियसभाको बैठक आज बस्दैम यस्तो छ कार्यसूची

समजिक फीड जनकपुरधाम, असार २१ सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । अहिले बिहान ११: १५ बजे बस्ने आजको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक […]

प्रचण्डको अस्थिर चरित्रका कारण नै नयाँ गठबन्धन बन्यो- गगन थापा

समजिक फीड जनकपुरधाम, असार २० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको राजनीतिक घटनाक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिर चरित्रका कारण भएको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै  महामन्त्री थापाले नयाँ गठबन्धन बनेको चार महिनामा नै अर्को गठबन्धन बन्ने सम्भावना नै नरहेको बताउदै प्रचण्डको अस्थीर चरित्रका कारण नै नयाँ गठबन्धन बनेको बताएका हुन् […]

बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए 

समजिक फीड जनकपुरधाम, असार २० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुले  प्रधानमन्त्रीसँगको छलफल पछि राजीनामा नदिई फर्किएका छन् । प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिबेला सम्म साथ दिन आग्रह गरेकोले […]

रास्वपाका मन्त्रीहरुले राजीनामा दिदै

समजिक फीड जनकपुरधाम, असार २० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन लागेका हुन् ।  प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमन श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् । यस अघि बुधबार साँझ […]

मलाई पार्टी बैठकमा ह्यारेसमेन्ट गरियो- महामन्त्री ढकाल

सामाजिक फीड जनकपुरधाम, १९ असार २०८१, बुधवार काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठकमा आफुलाई ह्यारेसमेन्ट गरेको आरोप लगाएका छन् ।  पार्टीको बैठकपछि बोल्दै महामन्त्री ढकालले बैठक लाइभ नगर्ने भए आफु नबोल्ने भनेर शुरुमै भनेको अवस्थामा आफुलाई ह्यारेसमेन्ट गरेको आरोप लगाएका हुन् । उनले भने- ‘महामन्त्रीलाई हटाउन […]

एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

सामाजिक फीड जनकपुरधाम, १९ असार २०८१, बुधवार काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा बुझाएका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसंगै मन्त्रीहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजीनामा प्रधानमन्त्रीलाई बुझाएका हुन् ।  यस अघि एमालेले मंगलबार आजसम्मको समय दिएर प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो […]

एमालेका मन्त्रीले आजै राजीनामा दिने

समजिक फीड जनकपुरधाम, असार १९ नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने बताएपछि एमालेले आज सरकार छोड्ने भएको हो । यस अघि मंगलबार बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियों । कांग्रेससँग नयाँ सरकार बनाउने सहमति भएको भन्दै एमालेले आजसम्मको समय दिएर […]

काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय

समजिक फीड जनकपुरधाम, असार १८ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले नयाँ सरकार गठनको प्रक्रिया शुरु भएपछि आफुहरुले सरकारबाट राजीनामा दिने बताए । रास्वपाबाट हाल पार्टी सभापति रवि […]

एमालेका मन्त्रीहरुले राजीनामा दिदै

समजिक फीड जनकपुरधाम, असार १८ नेकपा एमालेबाट सरकारमा सहभागी रहेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाएर जाने सहमति भएपछि एमालेले सरकार छोड्न लागेको हो । मन्त्रीहरुले राजीनामा दिनुअघि एमाले अध्यक्ष केपी शर्मा ओली अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त्र गर्न […]

यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो लाग्दैन- ओली

समजिक फीड जनकपुरधाम, असार १७ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो नलागेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि संसद भवन बाहिर पत्रकारहरुको प्रश्नको जवाफ दिदै ओली यस्तो जवाफ दिएका हुन् । प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले भने– ‘यस वर्ष त त्यस्तो लाग्दैन मलाई । यो […]