Samajik Feed – News Portal from Nepal

कांग्रेसले बोलायो संसदीय दलको बैठक

सामाजिक फीड जनकपुर, ५ साउन २०८१, शनिवार नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।  कांग्रेसले आइतबार बिहान १२ बजे बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो । बैठक संघीय संसद भवन नयाँ वानेश्वर, ल्होत्से हल नयाँ बानेश्वर काठमाडौंमा हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने तयारी गरिरहेका बेला कांग्रेसले संसदीय […]

राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण

सामाजिक फीड जनकपुरधाम, श्रावण १ राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणिकरण गरेका छन् । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेका विधेयकमा आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने […]

समाजवादी मोर्चाको बैठक बस्दै

सामाजिक फीड जनकपुरधाम, श्रावण १ समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । आज अपरान्ह ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक बस्न लागेको हो । समाजवादी मोर्चाका प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुगेपछि समाजवादी मोर्चाको बैठक बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र […]

प्रधानमन्त्री ओलीको शपथ आज 

सामाजिक फीड जनकपुरधाम, आसार ३१ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिदै छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई बिहान ११ बजे पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको छ । आजै नवनियुक्त मन्त्रीहरुले पनि शपथ दिलाउने तयारी गरिएको छ । आइतबार राष्ट्रपति पौडेलले संबिधानको […]

चुनावी र्यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार

सामाजिक फीड जनकपुरधाम, आसार ३० अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चुनावी भाषण गरिरहेको अवस्थामा गोली प्रहार भएको छ ।  पेन्सिल्भेनियाको बटलरमा ट्रम्पको र्‍यालीमा गोली चलेपछि अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले स्टेजबाट बाहिर निकालेका थिए । ट्रम्पलाई बाहिर निकाल्ने क्रममा उनको कानबाट रगत आएको देखिएको थियो । सुरक्षा निकायले जारी गरेको विज्ञप्ति अनुसार ट्रम्प सुरक्षित रहेको बताएका छन् […]

सरकारमा दाबी पेश गर्न देउवा र ओली हस्ताक्षर गरेर तयारी अवस्थामा

सामाजिक फीड जनकपुरधाम, आसार २८ जनकपुरधाम। नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले नयाँ सरकारका लागि हस्ताक्षर गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आव्हान गर्नासाथ सरकारको दाबि पेश गर्न दुवै दलका सांसदहरुले हस्ताक्षर गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आ-आफ्नो पार्टीको तर्फबाट सरकारमा दाबि पेश गर्ने निवेदनमा […]

पदमुक्त भए प्रधानमन्त्री प्रचण्ड

सामाजिक फीड जनकपुरधाम, आसार २८ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएसँगै पदमुक्त भएका हुन् । विश्वासको मतसम्बन्धि प्रस्तावको विपक्षमा १९४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा एक सांसदले मत […]

बुढानिलकण्ठमा ओली-देउवा भेटवार्ता, सरकार गठन केन्द्रित छलफल

समजिक फीड जनकपुरधाम, असार २७ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता भएको छ । बुधबार साँझ देउवा निवास बुढानिलकण्ठ पुगेका ओलीले देउवासँग दुई घण्टाभन्दा लामो छलफल गरेका हुन् । ओलीसँग महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि छलफलमा सहभागी थिए भने कांग्रेसबाट सभापति देउवासहित उनकी पत्नी आरजु राणा र रमेश […]

पार्टीमा प्रचण्डको ब्रिफिङ: ओलीले झुट बोलेर धोका दिए 

समजिक फीडजनकपुरधाम, असार २६ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झुटो बोलेर धोका दिएको ब्रिफिङ गरेका छन् । बुधबार बसेको पार्टीको संसदीय दलमा एमाले अध्यक्ष ओलीले असार १८ गतेसम्म पनि झुटो बोलेर धोका दिएको ब्रिफिङ गरेका हुन् । आफुले बामपन्थी एकता हुन्छ भने तत्काल राजीनामा दिएर ओलीलाई प्रधानमन्त्री बन्न अफर […]

रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल ढकाल

समजिक फीड जनकपुरधाम, असार २६ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका छन् ।  बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी ठगि प्रकरणमा पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । साथै ढकालले लामिछानेको दुई वटा पासपोर्टको विषयमा पनि पार्टीले उच्चस्तरीय छानबिन […]