Samajik Feed – News Portal from Nepal

मेयर बालेनको प्रधानमन्त्री ओलीलाई कटाक्ष: “मलाई हराउने ताकमा, देशलाई नडुबाउनु होला!”

सामाजिक फीड-जनकपुरधाम, फागुन १६  गते । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पुनः प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै बालेनले प्रधानमन्त्री ओलीलाई आफुलाई पराजित गर्ने प्रयासमा देशलाई संकटमा नपुर्‍याउन आग्रह गरेका छन्। उनले लेखेका छन्, “प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ, हामी त तपाईंकै मदन […]

योजना टुक्र्याउन नमानेपछि मधशको उर्जा मन्त्रालयका सचिव कानुन विपरीत हटाइयो

सामाजिक फीड– जनकपुरधाम, फागुन १२ गते । मधेश सरकारले उर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमद अंसारीलाई कानुन विपरीत पदबाट हटाएको छ । फागुन १ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मन्त्रालयको जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री कार्यालयमा तान्ने निर्णय गरेको हो। नेपाल सरकारको मन्त्रिपरिषद्ले तोकेको मन्त्रालयमा कार्यरत सचिवलाई मधेश सरकारले मन्त्रिपरिषद्कै निर्णयबाट हटाएको यो पहिलो घटना […]

मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने अर्थको तयारी

सामाजिक फीडजनकपुरधाम, फागुन २ गते । मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले बजेट रोक्का गर्ने तयारी गरेको छ । मन्त्रालयसहितका निकायमा बिहीबार पत्र पठाउँदै अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८१÷८२ अनुमानित लक्ष्य अनुसार राजश्व संकलन नभएको कारण देखाउँदै बजेट रोक्ने चेतावनी दिएको छ ।  पत्रमा चालु आर्थिक वर्ष २०८१÷८२ अनुमानित लक्ष्य अनुसार माघ मसान्तसम्म आन्तरिक स्रोततर्फ […]

माओवादी केन्द्र ‘जनयुद्ध’ दिवस मनाउँदै, सबैला नगरपालिकामा आज सार्वजनिक बिदा

सामाजिक फीड–जनकपुरधाम, फागुन १ गते । तत्कालीन १० वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीले आज ३०औं ‘जनयुद्ध दिवस’ मनाउँदै छन् । २०५२ फागुन १ गते माओवादीले देशभर विद्रोह सुरु गरेको दिनको सम्झनामा माओवादी धारले ‘जनयुद्ध दिवस’ मनाउँदै आएका छन् ।जनयुद्ध दिवसको अवसरमा विगतका वर्षमा सरकारले दिँदै आएको सार्वजनिक बिदा यसवर्षदेखि हटाइएको छ । सर्वोच्च […]

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

२७ माघ, काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरूद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।  अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार पदको दुरुपयोग गरी करोडौं भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।  बस्नेतसँग ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ […]

राउतको प्रस्ताव: ‘धोती, बिहारी, मर्स्या’ शब्द बोल्नेलाई कानुनी कारबाही गरियोस्

सामाजिक फीड, जनकपुरधाम, माघ २० सांसद डा. सीके राउतले जातीय, भाषिक तथा क्षेत्रीय पहिचानमाथि हुने अपमानजनक व्यवहारलाई रोक्न कानुनी प्रावधान आवश्यक रहेको भन्दै संघीय संसद सचिवालयमा विधेयक दर्ता गरेका छन्। विधेयकमा ‘धोती, बिहारी, मर्स्या’ जस्ता शब्द प्रयोग गरी अपमान गर्नेहरूलाई कारबाही गर्नुपर्ने प्रस्ताव राखिएको छ। samajik_feedsamajikfeed.com

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक माघ १६ गते बस्ने

सामाजिक फीड-माघ १४ गते – जनकपुरधाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक माघ १६ गते बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने भएको छ। पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार बैठकमा संसद्को हिउँदे अधिवेशनका तयारीसम्बन्धी विषयमा छलफल हुनेछ। श्रेष्ठले रातोपाटीसँग कुराकानी गर्दै बैठकका लागि तयारी पूरा भएको जानकारी दिएका छन्। उनका अनुसार बैठकमा हिउँदे […]

ज्ञानेन्द्र शाही: प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको आवश्यकता

सामाजिक फीड-माघ १३ गते – जनकपुरधाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको आवश्यकता रहेको बताएका छन्। उनले वर्तमान व्यवस्थाले देशलाई अगाडि बढाउन नसक्ने भन्दै संविधान संशोधन गरी जनताबाट प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्ने तर्क राखेका छन्। शाहीका अनुसार, संसदबाट चयन हुने प्रधानमन्त्री र मन्त्रीहरू प्रभावकारी हुन नसकेकोले प्रत्यक्ष […]

अखिल क्रान्तिकारीको मतगणना रोकियो

सामाजिक फीड-माघ १३ गते – जनकपुरधाम अखिल क्रान्तिकारीको मत गणनामा विवाद सुरू भएको छ। जसका कारण जारी मतगणना मधेस प्रदेशमा पुगे पछि रोकिन पुगेको छ । शनिबार सम्पन्न निर्वाचनमा कालो मसीले मतदान गराएको भन्दै केही उम्मेदवारका प्रतिनिधिले विरोध गरे  पछि अहिले मतदान रोकिएको छ । र, निर्वाचन समितिका अनुसार बिबाद मिलाउने प्रयास जारी राखिएको छ […]

मधेश सरकार र मधेश केन्द्रीत दल आज बलिदानी दिवस मनाउँदै

सामाजिक फीड-जनकपुरधाम, माघ ५ गते । प्रथम मधेश आन्दोलनको आज १८ वर्ष पूरा भएको छ । यस अवसरमा मधेश केन्द्रीत दल र मधेश सरकारले आज विविध कार्यक्रमहरूसहित बलिदानी दिवस मनाउँदैछन् । सिरहाको लहानमा २०६३ साल माघ ५ गते रमेश महतोको सहादत भएको दिनलाई सम्झना गर्दै यो दिवस मनाइने गरिएको छ। माघ ५, २०६३ मा सिरहाको […]