मधेस सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामा एक रुपैयाँ पनि विकास खर्च गर्न सकेनन्

फाएजा फहमिदाजनकपुरधाम, भदौ १५ गते मधेस सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा कुल बजेटको मात्र ०.०३ प्रतिशत खर्च गरेको छ। यस आर्थिक वर्षका लागि सरकारले पूँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार रुपैयाँ र चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार रुपैयाँ विनियोजन गरी कूल ४६ अर्ब ९८ करोड […]
भ्रष्टाचारको आरोपमा पक्राउ परेका मधेशका सांसद कुशवाहाको निलम्बन फुकुवा

सामाजिक फीड-जनकपुरधाम, भदौ १३ गते । मधेस प्रदेशका प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहाको निलम्बन फुकुवा भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेशसभा सदस्य कुशवाहाको निलम्बन फुकुवा भएको मधेस प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई […]
अब १८ देखि ३५ वर्ष सम्म उमेर भएका लाई युवा मानिने

सामाजिक फीड-जनकपुरधाम, भदौ १२ गते । नेपाल सरकारले युवाको उमेर सीमा संशोधन गर्दै अब १८ वर्षदेखि ३५ वर्षसम्म कायम गर्ने निर्णय गरेको छ। हालै स्वीकृत गरिएको ‘राष्ट्रिय युवा नीति–२०८२’ अनुसार नयाँ उमेर सीमा लागू हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिएका छन्। यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ मा युवाको उमेर सीमा १६ वर्षदेखि […]
अर्थमन्त्रीको राजिनामा माग्दै मधेश प्रदेशसभा बैठक प्रतिपक्षीद्वारा अबरुद्ध

सामाजिक फीड-जनकपुरधाम, भदौ १२ गते । मधेशका अर्थमन्त्री सुनिलकुमार यादवको राजिनामा माग्दै मधेश प्रदेशसभाको छैठौं अधिवेशनको पहिलो प्रतिपक्षी दलहरुले अबरुद्ध गरेका छन् । आर्थिक वर्ष २०८२।०८३ को बजेट त्रुटिपूर्ण रहेको र प्रतिपक्षीको बहिस्कारबीच असार २६ गते बहुमतले पारित गरेको भन्दै अर्थमन्त्रीको राजिनामा माग गरिएको हो । बैठकको सुरुमै प्रमुख प्रतिपक्षी जसपा नेपालका प्रमुख सचेतक रामअशिष […]
मधेस प्रदेशसभाको छैटौँ अधिवेशन भोलिदेखि सुरु हुँदै

जनकपुरधाम भदौ ११ गते । मधेस प्रदेशसभाको छैटौँ अधिवेशन बिहीबार दिउँसो १ बजेदेखि सुरु हुँदैछ। मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले भदौ १२ गतेका लागि बैठक आह्वान गरेकी हुन्। प्रदेशसभा सचिवालयले अधिवेशन सुरु गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको र सांसदहरुलाई जानकारी गराइसकिएको जनाएको छ। तर, नयाँ अधिवेशन सुरु भए पनि […]
भुमी आयोग होईन, भु माफिया आयोग हो: प्रभु साह
सामाजिक फीड, २९ साउन।आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भूमि आयोगको नाम बदलेर ‘भूमाफिया आयोग’ राख्न सरकारलाई सुझाव दिएका छन् । सरकारले बिचौलिया, भूमाफियाका लागि भूमि विधेयक ल्याएको बताउदै उनले यस्तो सुझाव दिएका हुन् । प्रतिनिधिसभाको आज (बिहीबार) बसेको बैठकमा आजपा अध्यक्ष साहले संविधानमा भएको व्यवस्था अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र […]
संसदमा प्रधानमन्त्रीको सम्बोधन (पुर्ण पाठसहित)

सामाजिक फीड, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा बिशेष सम्बोधन गरेका छन् । तुर्केमिस्तान भ्रमण देखी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको आरोपलगायतका बिषयमा उनले सम्बोधनको क्रममा समेटेका छन् । सभामुख महोदय,म अब केही समसामयिक विषयमा चर्चा गर्ने अनुमति चाहन्छु । हामी सरकारमा आउँदा संसद्को यो रोष्ट्रममा उभिएर हामीले संकल्प […]
नेपालको जेलमा २८ हजार ७१८ कैदीबन्दी रहेका छन्ः गृह मन्त्री
सामाजिक फीड, २८ साउन । गृहमन्त्री रमेश लेखकले देशभरीमा २८ हजार सात सय १८ जना कैदीबन्दी रहेको जानकारी दिएका छन् । संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिमा बुधबार पुगेका गृहमन्त्री लेखकले कारागारको क्षमता भन्दा सात गुना बढी कैदी बन्दी रहेको जानकारी दिएका हुन् । उनका अनुसार ६५ वर्ष माथिका ६०१ तथा बालबालिका ६४ […]
प्रधानमन्त्री ओली र तुर्केमिस्तानका राष्ट्रपति बीच भेटबार्ता
सामाजिक फीड-जनकपुरधाम, साउन २१ गते l भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका राष्टपति सरदार बेरदिमुहामेदोभबीच आज दुईपक्षीय भेटवार्ता भएको छ ।
मधेशका किसानलाई तत्काल राहत दिन विपक्षी दलद्वारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र

टुडेपाटी-जनकपुरधाम, साउन १६ गते । मधेशका सुख्खाग्रस्त किसानलाई राहत दिन सरकार गम्भीर नबनेको भन्दै विपक्षी दलहरूले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन् । संयुक्त रूपमा बुझाइएको ज्ञापनपत्रमा विपक्षी दलहरूले सुख्खाको संकट झेलिरहेका किसानप्रति सरकार उदासीन रहेको आरोप लगाएका छन् ।ज्ञापनपत्रमा तत्काल सिँचाइको व्यवस्था मिलाउन, कृषि ऋणमा छुट दिन संघीय सरकारलाई सिफारिस […]