Samajik Feed – News Portal from Nepal

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत नलिने

सामाजिक फीडजनकपुरधाम , जेष्ठ २३ गते । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत नलिने भएका छन्। आफू बिरामी परेको भन्दै उनले विश्वासको मतसम्बन्धी कार्यसूची सार्न सभामुख रामचन्द्र मण्डलकहाँ पत्र पठाएका छन् । बुधबार बसेको जसपा नेपालको संसदीय दलको बैठकले जेठ २८ गते विश्वासको मत लिने निर्णय गरेको प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए। […]

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २३ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटक विश्वासको मत लिदै छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छोडदै समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा रहेको छ । कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार […]

एमाले सचिव भट्टराईको आरोप: मेयर बालेन्द्र साहले संयमता गुमाउँदै

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २२ गते नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको आरोप लगाउनुभएको छ। मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सचिव भट्टराईले मेयर साहलाई संयमता र सद्भावको प्रतीकका रुपमा अध्यक्ष ओलीले तबला उपहार दिए पनि प्रमुख साहले त्यसको विपरीत आचरण देखाएको बताउनुभयो। सचिव भट्टराईले मेयर साहलाई संविधानले […]

कुटपिट र तोडफोड घटनाको मधेश प्रदेशसभाले छानबिन गर्ने

सामाजिक फीड, जनकपुरधाम, २१ जेठ । कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा भएको घटना र प्रदेशसभाको बैठकमा भएको तोडफोड घटनाको मधेश प्रदेशसभाले छानबिन गर्ने भएको छ । सोमबारबाट सुरु भएको मधेश प्रदेशसभाको तेश्रो अधिवशेनको पहिलो बैठकले गत माघ ८ गते सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा भएको घटनाको मधेश प्रदेशसभाको प्रदेश मामिला समितिले छानबिन गर्ने […]

ओलीको टिप्पणी: गिरीबन्धुको बारेमा बालेनलाई सोध्नु

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-इस्टेट प्रकरणबारे काठमाडौं महानगरका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन्। सोमबार संघीय संसद भवन परिसरमा पत्रकारहरूले सोधेको प्रश्नमा ओलीले गिरीबन्धु प्रकरणबारे प्रतिक्रिया दिने क्रममा यो कुरा बताएका हुन्। पत्रकारहरूले गिरीबन्धु टी-इस्टेटबारे प्रश्न गर्दा अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “बालेनलाई सोध्नुस्।” यसअघि […]

महानगर र सडक विभागको विवाद: न्यूरोडको विकासमा अवरोध

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते काठमाडौँ महानगरपालिकाले न्यूरोडको सडकमा फुटपाथ बनाउने योजनामा सडक विभागले हस्तक्षेप गरेको छ। सोमबार बिहानदेखि सडक विभागले महानगरले बनाउन थालेको फुटपाथलाई पिच गर्न थालेपछि विवाद उत्पन्न भएको हो। सडक विभागले पिचको काम शुरु गरेपछि महानगर प्रहरी सो क्षेत्रमा गएर काम रोक्न प्रयास गरेको थियो। यस क्रममा केही स्थानीय बासिन्दा महानगरको योजनाको […]

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटलाई उच्च प्राथमिकता दियो

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २० गते सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर रिटलाई गम्भीरतापूर्वक लिँदै अग्राधिकारमा राखेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै अर्को सुनुवाइको मिति पनि तोकेको हो। सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षबीच छलफल आवश्यक रहेको भन्दै जेठ २८ गतेका लागि पेशी तोकेको […]

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता:बजेट र मधेस प्रदेशको सरकार गठनबारे छलफल

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता भइरहेको छ। प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएअनुसार, यो भेटवार्ता हाल जारी छ। भेटवार्तामा दुई नेताले बजेट र मधेस प्रदेशको सरकार गठनबारे छलफल गरेका छन्। अध्यक्ष ओलीले शनिबार बजेट निर्माणका क्रममा आफूहरूसँग कुनै परामर्श नगरेको भन्दै असन्तुष्टि व्यक्त […]

मधेश सरकार बारे निर्णय लिन लोसपा र नेकपा एसको बैठक बस्दै

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २० गते । मधेश सरकार बारे निर्णय लिन लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बैठक बसाएको छ ।दुबै दलले छुट्टा छुट्टै बैठक बसेर निर्णय लिन लागेको हो । लोसपाले मधेश सरकारको सम्बन्धमा निर्णय लिन बैठक बसेको हो । लोसपाका मधेश प्रदेश संसदीय दलका उपनेता उपेन्द्र महतोले प्रदेश सरकारको सम्बन्धमा आज […]

अबको हिसाब प्रधानमन्त्रीसँग- गगन थापा

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २० गते नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको हिसाब-किताब प्रधानमन्त्रीसँग नै हुने बताएका छन्। उनले गृहमन्त्री रवि लामिछानेले संसदमा दिएको सम्बोधनलाई लिएर अब हिसाब-किताब प्रधानमन्त्रीसँग गर्नुपर्ने स्पष्ट पारेका छन्। गृहमन्त्री लामिछानेले संसदको गरिमा नराखेको आरोप लगाउँदै थापाले सभामुखको ध्यानाकर्षण गराएका छन्। गृहमन्त्रीले संसदमा विदेशी एसेटको विषय उठाएको सम्बोधनलाई संवेदनशील बताउँदै कांग्रेसले यसलाई […]